प्याव्सन घोराही रनिङ शिल्डको उपाधि गोरखालाई

  •   
  •  

घोराही,१७ मंसिर । गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलले प्याव्सन घोराही रनिङ शिल्डको उपाधि जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घोराही नगरसमितिको आयोजनामा मंसिर १५–१७ गतेसम्म घोराहीको भरतपुर मैदानमा भएको प्रतियोगिताको उपाधि गोर्खाले हात पारेको हो ।

गोरखाले प्रतियोगितामा १६ स्वर्ण पदक, १ रजत पदक र ३ कास्य पदकसहित रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा मेचीकाली आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएको छ । स्टार आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा घोराहीको ज्योतिपुञ्ज आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक, जनज्योति विद्याश्रमले १ स्वर्ण, १ रजत र १ कास्य पदक, राप्ती आवासीय माविले १ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेका छन् । त्यसैगरी दिपशीखा माविले २ रजत पदक, ग्रेट बुद्ध एकेडेमी नारायणपुरले १ स्वर्ण पदक, आर्वर राइजिङले १ स्वर्ण पदक, शान्ति निकेतनले २ स्वर्ण र अरनिको माविले १ स्वर्ण पदक प्राप्त गरेका छन् ।

त्यस्तै लिटल एञ्जल माविले १ स्वर्ण, ४ रजत र ४ कास्य पदक, युनिक मिडवेस्टर्नले १ रजत र १ कास्य पदक, ज्ञानज्योति एजुकेसनल एकेडेमीले २ रजत र ३ कास्य पदक, लाली गुराँस माविले १रजत र २ कास्य, नवचेतनाले १ रजत र १ कास्य, अल्फा मावि २ रजत, मनकामना आवासीय माविले १ रजत, रमना पाठशाला १ रजत, डिभाइन एकेडेमी २ रजत, शान्ति सुधा मावि १ कास्य, सनराइज एकेडेमी ४ कास्य र मेरिल्यान्ड माविले १ कास्य पदक प्राप्त गरेका छन् ।

कबड्डीमा उत्कृष्ट खेलाडी रमना पाठशालाका दुर्गादेवी घर्ती मगर र भलिवलमा उत्कृष्ट खेलाडी ज्ञानज्योति एजुकेसनल एकेडेमीका प्रमिसन बुढा घोषित भएका थिए । एथलेटिक्स उत्कृष्टमा गोरखा माविका अन्जु विष्ट (छात्रा) र निर्मल बिएम (छात्र) उत्कृष्ट घोषित भए ।

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमको अध्ययन जतिकै आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भने,‘संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घोराहीले आयोजनाको गरेको प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्य खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख चौधरीले आभार प्रकट गरे । कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीले विद्यार्थीहरुलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा समुद्घाटन कार्यक्रममा ¥यालीमा तथा खेलकुदमा सहभागी विद्यालयहरूलाई पनि प्रमाणपत्र उपलब्ध गराईएको थियो । प्याब्सन घोराहीका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।