calander

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

Goraksha

National Daily

दाङमा ६४ उम्मेदवारको जमानत जफत

दाङ, १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका मध्य दाङमा ६४ जना उम्मेदवारको जमानत जफत भएको छ । दाङमा प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका छ क्षेत्रमा उम्मेदवार बनेका ८९ जना उम्मेदवारहरुम मध्य २५ जनाले मात्र जमानत बचाउन सफल भएका हुन ।

दाङ निर्वाचन क्षेत्र–१ मा प्रतिनिधि सभातर्फका ४ महिला र ४ जना पुरुष गरी आठ जना उम्मेदवार, क्षेत्र नं. २ मा १ महिला र ११ पुरुष गरेर १२ जना र क्षेत्र नं. ३ मा १३ जना पुरुष गरेर जम्मा ३३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । त्यसैगरी प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रदेशसभासहित क्षेत्र नं. १मा ४ महिला र १३ पुरुष गरेर १७ जना, प्रदेशसभासहित क्षेत्र नं. २ मा २ महिला र १८ जना पुरुष गरेर २० जना र क्षेत्र नं. २ मा १ महिला र २६ पुरुष गरेर २७ जना उम्मेदवारहरु रहेका छन् ।

निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभातर्फ उम्मेदवार बनेका गठबन्धनबाट निर्वाचन जितेका ९ जना, नेकपा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका ९ जना, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका ३ जना, नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १(क) र १(ख)बाट प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवारसहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. २ (क)मा उम्मेदवार बनेका एक जना उम्मेदवारले मात्र जमानत बचाउन सफल भएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् जमानत जफत हुनेमा प्रतिनिधिसभाका २८ जना र प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरु रहेका छन् ।

जसअन्तर्गत क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हाम्रो नेपाली पार्टीका उम्मेदवार पूर्व सांसद गंगा सत्गौवा थारु, संघीय लोकतान्त्रिक थारुहट मंन्चका उम्मेदवार पूर्व सांसद रुक्मिना चौधरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका लिली बुढाथोकी,मंगल नेशनल अर्गनाइजेशनका शोभाराम बुढा,नेपाली कांग्रेस बिपीका अशोक खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिभा बुढामगर,नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्वुजा र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेसहित ८ जना उम्मेदवारहरु रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी दाङ क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोलानाथ योगी,मंगोल नेशनल अर्गनाइजेशनका खड्गबहादुर बुढामगर,नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी,हाम्रो नेपाली पार्टीका शशीराम चौधरी,नेपाल आमा पार्टीका गीता रावत,नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा,मौलिक जरोकिलो पार्टीका रामचन्द्र खड्का,नेपाल मजदुर किसान पार्टीका आशाराम बैध्य र स्वतन्त्र उम्मेदार कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेजगरी १२ जना उम्मेदवार रहेका छन् ।

त्यसैगरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ओजबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी)का शालिकराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी,मंगल नेशनल पार्टीका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी,राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णविर नेपाली,नेपाल मजदुर किसान पार्टीका बीरबहादुर चौधरी र स्वतन्त्र उम्मेदवारहरु हेमन्तबहादुर मल्ल,भुपबहादुर भण्डारी,तिलक खड्का,लीलाधर न्यौपाने, घनश्याम डाँगी र टोपेन्द्र बस्नेत गरी १३ जना उम्मेदवारको जमानत जफत भएको छ ।