घोराही, ८ मंसिर । दाङ निर्वाचन क्षेत्र नं ३ (क) मा नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी बिजयी हुनुभएको छ ।
गठवन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्य १९ हजार ८ सय ५० मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ ।
बिजयी नेपाली कांग्रेसका नेता चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।
२०७४ सालको निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादीविच बनेको गठबन्धनले दाङका ३ प्रतिनिधिसभा सदस्यसहित ८ वटा प्रदेशसभा सदस्य जित्दा कांग्रेसबाट चौधरी मात्रै बिजयी हुनुभएको थियो ।
–