रुकुम पश्चिम,४ मंसिर । रुकुमपश्चिममा ५८.०४ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लामा रहेका एक लाख चार हजार २८० मतदाता मध्य ६० हजार ५२६ मत खसेको हो ।
जिल्लामा १३९ मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको थियो । सामान्य बाहेक शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।