दाङमा प्रतिनिधिसभाका ३ र प्रदेशका ६ सांसद चुन्नका लागि आज मतदान

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ४ मंसिर । दाङ सहित देशभरका मतदाताले पाँच वर्षका लागि प्रतिनिधि तथा प्रदेशसभामा आप्mनो जनप्रतिनिधि चुन्नका लागि मतदान गर्दैछन् । मतदानको लागि निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय निर्धाण गरेको छ । दाङमा ३ प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ४३ जना र ६ जना प्रदेशसभा सदस्यका लागि ४६ जना उम्मेदवार परीक्षणका क्रममा छन् । उनीहरूलाई मतदानका लागि जिल्लाका १ सय ५३ मतदान स्थलका ४ सय ६५ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्नेछन् ।

मतदानका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । मुख्य निर्वाचन अधिकृत कार्कीकाअनुसार ४ सय ६५ वटै मतदान केन्द्रहरूमा मतदानका लागि डोरी लगाएर बार निर्माणदेखि मतपत्र खसाल्नका लागि बाकस समेत तयार गरिएको छ । मतदान केन्द्र व्यवस्थापनका लागि कर्मचारी तथा सुरक्षाकर्मीले काम गरेका थिए ।

जिल्लामा निर्वाचनका लागि ३ हजार ७ सय २० कर्मचारीहरू परिचालन भएका छन् । त्यसमा निजामति कर्मचारी र शिक्षकहरू छन् । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेका लागि यस पटक निर्वाचनमा ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रसँगै बाहिरी सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका छन् । दाङका १ सय ५३ मतदानस्थलमध्ये १२ वटा अतिसंवेदनशील, १ सय ३० वटा संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

दाङमा कुन क्षेत्रमा कति मतदाता ?

यसैबीच दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ४ लाख १४ हजार ९ सय ५६ मतदाता छन् । क्षेत्र नं दशमलव १ मा १ लाख ३४ हजार ७ सय ३३ मतदाता छन् । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार क्षेत्र नं दशमलव १ (१) मा ७० हजार २ सय ६७ मतदाता छन् । ३५ हजार ३ सय ७९ पुरुष तथा ३४ हजार ८ सय ७ महिला मतदाता छन् । यो निर्वाचन क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकासँगै राजपुर गाउँपालिका वडा नं दशमलव १, २ र ३ नं दशमलव पर्ने गर्दछन् । यस क्षेत्रमा २४ वटा निर्वाचनस्थल र ७ वटा निर्वाचन केन्द्र छन् ।

निर्वाचन क्षेत्र नं दशमलव १ (ख) मा ६४ हजार ४ सय ६६ मतदाता रहेका छन् । तीमध्ये ३२ हजार २ सय ६२ पुरुष र ३२ हजार २ सय ४ जना महिला मतदाता छन् । यस निर्वाचन क्षेत्रमा २७ मतदानस्थल र ७४ मतदान केन्द्र छन् । यो प्रदेशसभा निर्वाचन क्षेत्र लमही नगरपालिका, राजपुर गाउँपालिका वडा नं दशमलव ४, ५, ६ र ७ सँगै घोराही उपमहानगरपालिका वडा नं दशमलव १, २, ३ र ५ पर्ने गर्दछन् । क्षेत्र नं दशमलव २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता छन् । यो क्षेत्र सबैभन्दा कम मतदाता भएको निर्वाचन क्षेत्र हो ।

निर्वाचन क्षेत्र नं दशमलव २ (१) मा ३० हजार ५ सय ५३ पुरुष र ३२ हजार ७ सय ६९ जना महिला मतदाता गरी यस क्षेत्रमा ६३ हजार ३ सय २२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा २५ मतदानस्थल र ६८ मतदान केन्द्र रहेका छन् । यो निर्वाचन क्षेत्र बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिका वडा नं दशमलव ४, १३, १४, १५, १७, १८ र १९ पर्छन् । निर्वाचन क्षेत्र २(२) मा ७० हजार ४ सय २६ मतदाता रहेका छन् । जसमध्ये पुरुष ३४ हजार ४१ र महिला ३६ हजार ३ सय ५ रहेका छन् । यस निर्वाचन क्षेत्रमा २३ मतदान स्थाल र ७ मतदान केन्द्र छन् । यस क्षेत्रमा घोराही उपमहानगरपालिका वडा नं दशमलव ६, ७, ९, १०, ११, १२ र १६ तथा तुलसीपुर उपमहानगरपालिका वडा नं दशमलव १६, १७, १ र १९ नम्बर पर्छन् ।

क्षेत्र नं दशमलव ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नं दशमलव ३ (१) मा ६६ हजार ४ सय ८६ मतदाता रहेका छन् । जसमा ३२ हजार १ सय ६६ पुरुष र ३४ हजार ३ सय २० महिला मतदाता छन् । यस क्षेत्रमा २१ मतदान स्थल र ७४ मतदान केन्द्र छन् । यो क्षेत्रअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं दशमलव ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ पर्दछन् ।

यसैगरी निर्वाचन क्षेत्र नं दशमलव ३ (२) ७९ हजार ९ सय ८९ मतदाता रहेका छन् । जसमध्ये ३९ हजार ५ सय ९ पुरुष र ४० हजार ४ सय ८१ महिला मतदाता छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्र पश्चिम दाङका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं दशमलव १, २, १० र ११ पर्दछन् । यस निर्वाचन क्षेत्रमा ३३ वटा मतदानस्थल र ९३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

धेरै मतदाता पद्मोदया, चाक्लीघाटमा कम

दाङ जिल्लामा सबैभन्दा धेरै र कम मतदाता रहेका मतदानस्थल घोराही उपमहानगरपालिकामा रहेका छन् । जिल्लाभर कायम गरिएका १ सय ५३ मतदानस्थलमध्ये सबैभन्दा धेरै मतदाता रहेको मतदानस्थल घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा रहेको पद्मोदय नमुना माध्यमिक विद्यालय र कम मतदाता रहेको मतदानस्थल घोराही उपमहानगरपालिका–२ स्थित आधारभूत विद्यालय चाक्लीघाट हुन् ।

जिल्लामा सबैभन्दा बढी मतदाता रहेको मतदानस्थल भरतपुरस्थित पपनमाविमा रहेको मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार उक्त मतदान केन्द्रमा दश वटा मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त मतदानस्थलमा करिब ८० बढी कर्मचारी खटिएका छन् । उक्त मतदानस्थलमा १० हजार ३६ मतदाता रहेका छन् ।

यसैगरी जिल्लाको सबैभन्दा कम मतदाता रहेको मतदानस्थल घोराही उपमहानगरपालिका–२ को चाक्लीघाट रहेको छ । चाक्लीघाटस्थित आधारभूत विद्यालय चाक्लीघाटमा ३ सय २७ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी भण्डारीले जानकारी दिएका छन् । उक्त मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी गरेर १५÷१६ जना परिचालन गरिएको छ । घोराही उपमहानगरपालिकाको भौगोलिक रूपमा विकट क्षेत्रमा पर्ने उक्त मतदानस्थल स्थानीय तह निर्वाचनका क्रममा तोकिएको थियो ।

प्रदेशमा ४२ हजार सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि लुम्बिनी प्रदेशमा ४२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेशका १२ जिल्लाका १ हजार ६ सय ४९ मतदानस्थल र ३ हजार ६१ वटा मतदान केन्द्रमा सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार आइतवार हुने निर्वाचन सुरक्षाका लागि लुम्बिनी प्रदेशमा १० हजार २ सय नेपाल प्रहरी, १ हजार ६ सय म्यादी प्रहरी, ५ हजार २ सय सशस्त्र प्रहरी र ८ हजार नेपाली सेना रहेका छन् । यसैगरी सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै पूर्व रुकुम जिल्लाका ३ वटा मतदान स्थालमा स्याटलाइन फोन प्रयोग गरिने भएको छ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयका एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । लम्बिनी प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६ सय ३७ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उनकाअनुसार प्रदेशमा १६ लाख १२ हजार ४ सय ७१ जना महिला र १६ लाख ३७ हजार १ सय ३२ जना पुरुष मतदाता रहेका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा ५२ प्रदेशसभा सदस्य र २६ प्रतिनिधिसभाका सदस्यका लागि निर्वाचन हुन लागेको छ ।

मतदान गर्न ‘बास’

यसैवी नेपाल–भारत सीमा क्षेत्रका नागरिक आज (आइतवार) हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिवार साँझ नै देउखुरी आइपुगेका छन् । देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेका भौवानाका, भैसाही, सुनपत्री, खंग्रा, पटौली, गरुङ नाकालगायतका विभिन्न बस्तीबाट मतदानका लागि शनिवार साँझ नै मतदाता देउखुरी आइपुगेका हुन् । पाँच वर्षपछि हुन लागेको निर्वाचनमा आपूmलाई मन परेको उम्मेदवार चुन्नका लागि एक दिन अघि नै मतदानस्थल नाकाका मतदाता आइपुगेका हुन् ।

आइतवार आउँदा मतदान गर्न ढिला हुने भएकाले शनिवार साँझ नै मतदानस्थल आइपुगेको राजपुर गाउँपालिका–७ भौकाका मतदाता पूर्ण रोकाले बताएका छन् । ‘आइतवार मतदानका लागि आउँदा मतदान गर्न ढिला हुन्छ’, नाका निवासी रोकाले टेलिफोनमा भने, ‘त्यसैले आइतवार हुने निर्वाचनका लागि शनिवार नै हिडेका छौँ ।’ रोकाकाअनुसार मतदानका लागि उनीहरू शनिवार दिउँसो नै कोही पैदल त कोही टेक्टर चढेर आएका थिए ।

गढवा गाउँपालिकको वडा नं. ८ कोइलाबास बाहेक अन्यत्र मतदान केन्द्र नहुँदा नाका क्षेत्रका अधिकांश मतदाता मतदानका लागि एक दिन अघि नै देउखुरी झर्ने गरेका छन् । देउखुरीको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यमिक विद्यालय सिक्टा, वडा नं. ६ को माध्यमिक विद्यालय गंगदी र वडा नं. १ को आधारभूत विद्यालय गुरुङखोला स्थित मतदान केन्द्रमा मतदान गर्ने गरेका छन् । राजपुर गाउँपालिका विभिन्न नाकाहरुमा करिव चार हजार बढी मतदाता छन् ।

दाङमा तीन ठाउँमा मत गनिने

त्यसैगरी दाङ जिल्लाको तीन स्थानमा मतगणना गरिने भएको छ । अहिले निर्वाचन अधिकृतको कार्यालय मतगणना स्थलको तयारीमा जुटेको छ । मतदान सकिएलगत्तै मतपेटिका संकलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको दाङ क्षेत्र नम्बर १ का मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए । मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन तारजाली लगाउने समेत काम भएको छ ।

‘कुनै अप्रिय घटना नहोस् भनेर तारजालीको घेरा लगाउने काम भएको छ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको दुई ठाउँमा एकैसाथ गणनाको व्यवस्थापन गरेका छौँ’, उनले भने । क्षेत्र नं दशमलव १ लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा मत गणनाको काम हुनेछ । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिने समेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ ।

दाङ जिल्लामा १ सय ५३ मतदान स्थल, ४ सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । ४ लाख १४ हजार ९ सय ५६ मतदाताले निर्वाचनमा भाग लिँदैछन् ।