दाङ,२९ कार्तिक । राप्ती नदीमा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका-१ बडहराका निश्चल यादव मृत भेटिएका छन। यादव शनिबार दिउसो सवा बाह्र बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए।
शनिबारदेखि बेपत्ता यादव मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनकारी दिएका छन्। १६ वर्षीय यादव बुद्दज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत थिए।
यहि कार्तिक २६ गते दिउँसो कपाल काटेर साथीसँग नदीमा नुहाउन गएका यादव नुहाउने क्रममा राप्ती नदीमा डुवेर वेपत्ता भएका थिए । कपडा धुन गएका महिलाहरुले डुब्दै गरेको देखेर स्थानीयलाई खबर गरेका थिए ।
यादव नदीमा डुबेको सुचना पाए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना र स्थानीयहरुले निरन्तर खोजीकार्य गर्दै आएका थिए ।