पूर्व मेयरका गतिविधिमा बेखबर छन् नगरबासी : तुलसीपुर मेट्रो कलेज एनजिओ, सरकारी वा एमालेको भ्रातृ संस्था

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, २८ कार्तिक । निर्वाचन नजिकिँदै गर्दा तुलसीपुर बहुप्राविधिक शिक्षालयको निकै चर्चा भएको छ । यो शिक्षालय पूर्व मेयर घनश्याम पाण्डेको लगानीको हो कि प्रदेश सरकारको स्वामित्वको हो वा तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वको हो भन्ने कतै पनि संकेत देखिँदैन ।

यही अवस्थामा तुलसीपुर मेट्रो कलेजका सन्दर्भमा निकै टीकाटिप्पणीहरू हुनथालेका छन् । विधि र विधानमा तुलसीपुर बहुप्राविधिक शिक्षालय चलेको छैन । मेट्रो कलेजका लेटरप्याडदेखि सो कलेजका विद्यार्थी बोक्ने सवारी साधन र प्राचार्यका लागि खरिद गरिएको गाडीमा राखिएको नम्बर प्लेटले पनि यो कलेजलाई नीतिजस्तै झल्को दिन्छ । विद्यार्थीबाट शुल्क लिइएको छ, नलिइएका केही विद्यार्थीका शुल्क तुलसीपुर उपमहानगरपालिकाले भुक्तानी गर्दै आएको बुझिन्छ तर खासमा यो संस्था के हो ? आम नगरबासीले यहि प्रश्न गरिरहेका छन् ।

खासमा तुलसीपुर बहुप्राविधिक शिक्षालय तात्कालीन नगर प्रमुख घनश्याम पाण्डेका आसेपासेलाई जागिर व्यवस्थापनका लागि स्थापना भएको पनि नगरबासीले विभिन्न सामाजिक सञ्जालमा लेखेका छन् । मेट्रो कलेजमा जागिरे कसरी राखिएको छ, क–कसलाई जागिरे बनाइएको छ ? जस्ता विषयवस्तुले चर्चा पाइरहँदा एउटा विद्यालयको जग्गा उपमहानगरपालिकाले हडपिरहँदा भाडा समेत नतिरेको देखिन्छ, ताकि सेण्टर माविको जग्गामा फलफूल तथा तरकारी बजार व्यवस्थापन गर्दा सो विद्यालयलाई तुलसीपुर उपमहानगरपालिकाले भाडा समेत तिरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको भनिएका तुलसीपुर बहुप्राविधिक शिक्षालय तथा तुलसीपुर मेट्रो कलेजमा प्रदेश सरकारको १६ करोड ८० लाख रूपैयाँ लगानी देखिएको छ । तत्कालीन सामाजिक विकास मन्त्रालय र अहिलेको युवा खेलकुद तथा शिक्षा मन्त्रालयमार्फत् प्रदेश सरकारले तीन आर्थिक वर्षमा १६ करोड ८० लाख रूपैयाँ लगानी गरेको हो ।

प्रदेश सरकारको उक्त रकम सही रूपमा सदुपयोग भएको छ कि छैन ? भन्ने विषयमा विभिन्न आशंका समेत उब्जन थालेका छन् । कलेजमा कर्मचारी भर्नमा पार्टीको भर्तीकेन्द्र बनाएका तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर तथा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार घनश्याम पाण्डे र मेट्रो कलेजमाथि छानविन गर्नुेपर्ने अवस्था आएको सत्ता गठबन्धनका उम्मेदवारहरूले बताएका छन् ।

तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को नाममा प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा ८ करोड आव ०७८÷०७९ मा ८ करोड र चालु आर्थिक वर्षमा ८० लाख रूपैया बजेट आएको छ ।
दाङ क्षेत्र नं. ३(१) प्रदेश सभा सदस्यका गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले मेट्रो कलेजमा व्यापक अनियमितता भएको आशंका गरेका छन् । उनले एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेबाट प्रदेश सरकारले दिएको बजेटको हिसाबकिताब खोज्न बाँकी रहेको बताए ।

‘कलेज स्थापनाको लागि प्रदेश सरकारले दिएको १६ करोड बजेट खोइ, हिसाबकिताब दिनुपर्दैन ?’, उनले भने, ‘घनश्याम पाण्डेले मेट्रो कलेज बनाउने बहानामा कमाउने धन्दा गरेको आरोप लगाए ।’ मेट्रो कलेज स्थापना गर्नु राम्रो भए पनि कलेजमा बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्ति गलत भएको बताए । ‘कलेज होइन्, पार्टीको भर्तीकेन्द्र बनाइएको छ’, उनले भने, ‘यसको पनि हिसाबकिताब अब हुन्छ ?’ उनले मेट्रो कलेजको नाममा सुकुम्बासीलाई उठिबास लगाएको आरोप लगाए ।

‘विद्यालयको जग्गा कब्जा गरेर कलेज स्थापना गर्ने, मेट्रो कलेज बनाउने नाममा भूमिहीन सुकम्बासीलाई उठिबास लगाउने उनैले ठूला कुरा गर्ने’, चौधरी भने, ‘हरिपौरा विद्यालयको जग्गाबाट सुकुमबासीलाई लखेट्ने अधिकार तपाईँलाई कसले दियो ?’ उनले तुलसीपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै स्कूलको जग्गा कब्जा गर्ने, अर्काे संस्थालाई जग्गा दिनेहरू जग्गा दलाल भएको बताए । ‘कसैलाई रुवाएर गर्ने राजनीति यो कस्तो राजनीति हो ?’, चौधरीको प्रश्न थियो ।

कुरा मात्रै गरे पुग्छ, काम गर्नुपर्दैन, काम आफूहरूले गरेको र त्यसैलाई भँजाउने गरेको एमालेका उम्मेदवारहरूप्रति चौधरीको आरोप थियो । ‘जनतालाई झुक्याउन ठूला–ठूला सपना बाँड्ने तर पूरा नगर्नेलाई जनताले राम्रोसँग चिनेका छन्’, उनले भने, ‘सामान्य आधारभूत आवश्यकता पनि पाउन नसक्ने तपाईँहरूको कस्तो मेट्रोसिटी हो ?’ नागरिकका सामान्य आधारभूत आवश्यकता पूरा गर्न छोडेर ठूला सपनाको खेती नगर्न उनले अनुरोध गरेका छन् ।

‘बसपार्कको पातुखोला छेउका नागरिक रातभर जाग्राम बस्नुपर्ने अवस्थाको अन्त्य कसले गरेको हो, त्यो पनि हामीले गरेका हौँ भन्नुहोला फेरि’, उनले भने, ‘पातुखोला छेउको तटबन्धन मेरो पहलमा भएको हो, हामीले पूरा गर्ने भनेको यही हो, सडक कालोपत्रे गर्छौँ, खानेपानी खुवाउँछौँ, किसानका खेतमा पानी पु¥याउँछौँ, बस्ती जोगाउन तटबन्ध गर्छौँ तर त्यो भन्दा ठूलो सपना बाँड्दैनौँ ।’ उनले आधुनिक बसपार्कको योजना कांग्रेसले ल्याए पनि एमालेले आफ्नो पहलमा भएको भनेर जनतालाई ढाँटेको बताए ।

‘बसपार्कको शिलान्यास तत्कालीन कार्यकारी अधिकृत टोपेनद्र केसीले गर्नुेभएको हो, त्यतिबेला घनश्यामजी कहाँ हुनुहुन्थ्यो ? कसले गरेको हो भन्ने जनतालाई प्रष्ट थाहा छ त तर शंकर पोखरेललाई ल्याएर उद्घाटन गरियो’, उनले भने, ‘झुठको राजनीति धेरै टिक्दैन, सत्य बोल्नुस्, साँचो बोल्नुस्, जनताले के गलत, के सही भन्ने छुट्याउन जानेका छन् ।’ उनले यस अघि सुकुम्बासीबाट रकम उठाएर नीतिगतरूपमा भ्रष्टाचार गरेको बताए । ‘भूमिहिन सुकुम्बासीको नाममा उठाएको रकम खोई ।’ उनले भने, ‘कि लालपुर्जा वितरण गरिसक्नुभयो र ?