दाङ, २६ कार्तिक । घोराही उपमहानगरपालिका जनप्रतिनिधि योजनासँग भोट साट्ने अभियानमा लोगेको गठबन्धन दलका नेताहरुले आपत्ति जनाएका छन् ।
पहिले योजना परेका ठाउँमा त्यही योजना देखाउने र नयाँ ठाउँमा चुनावपछि बजेट दिने आश्वासनमा स्थानीयवासीसँग सम्झौता गर्ने गरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहितको वस्ती वस्तीमा पुगेको जानकारी पाएको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।
‘आज विहान घोराही १३ लम्मेडाँडामा एउटा भवनका लागि चार लिने सम्झौता गर्न थालेको अवस्थामा हाम्रा साथीहरुले रोकेको रिपोर्ट आएको छ’– उहाँले भन्नुभयो– ‘यसरी सत्ताको दुरुपयोग गरेर योजनासँग भोट माग्न जनप्रतिनिधि गाउँगाउँमा पुगेको देखिएका सबै साथीहरु सचेत हुनुपर्ने देखिएको छ ।
‘बार्षिक बाजेटमा जनताले पाउन पर्ने विकासको अधिकार कटौती गरेर चुनाबको मुखमा योजनासँग भोट साट्ने सर्त गर्दै मेयर गाउँगाउँ गएको सूचना प्राप्त भयको छ । जनतालाई बिपत पर्दा हेर्ननसक्नेउपमहानगर पालिका ले भोट प्रभाबित गर्ने कुत्सित मनसयले दिन्छु भनेको झुटा आस्बासनमा कोहि टोल र जनसमुदाय नपर्नु हुन अनुरोध गर्दछु’– उहाँले भन्नुभयो ।