सहकारीबाट महिलाहरुलाई उद्यमी बनाउन सफल देबीमाया

पार्वती बस्नेत
दाङ, २५ कार्तिक । एकतले पक्की घर,अल्लि पर छेउमा करिब ५०बढी बाख्रा अट्ने बाख्रा संकलन केन्द्र, दिनहुँ बित्तिय कारोबार सँगै अन्य कृषि सेवा सुबिधाका लागी महिला दिदिबहिनीहरुको आवतजावत सपना जस्तो लाग्छ भन्छिन कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लमही-९ रिहारकी अध्यक्ष देबिमाया थापा । करोडौको लगानी गर्न सक्षम भईसेको उक्त सहकारीमा अहिले १५सय बढी दिदिबहिनीहरु शेयर सदस्य बनिसकेका छन् ।

एकले थुकी सुकि सय थुकि नदी भनेजस्तै आट्यो र ईच्छाशक्ति हुने हो भने समाज रुपान्तरण तथा परिबर्तन गर्नका लागी असम्भब भन्ने कुरा केहि नहुने रहेछ भन्ने कुराको गत्तिलो उदाहरण हो कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था । त्यस क्षेत्रमा रहेका महिलाहरुलाई उद्यमी बनाउनका लागी उनिहरुले गर्नसक्ने क्षमता अनुसारको काम जस्तैः बाख्रापालन,तरकारी खेती,लोकल कुखुरा उत्पादनलगायतका क्षेत्रमा रकम लगानी गर्दै आईरहेको संस्थाले सहकारी क्षेत्रबाटै तौलेर बर्षेनी २हजार बढी खसीबोका बजारीकरण गर्दै आइरहेको छ । वरपर अधिकांश चिन्ने जत्ति धेरैले आफुहरुलाई महिलाहरुले बाख्रा बेच्ने सहकारीका नामले चिन्ने गरेको अध्यक्ष थापा बताउछिन् ।

सहकारीका अध्यक्ष थापा उमेरले ७६ बर्ष पुगेकी छन् तर उनमा अझैपनि १६बर्षे उमेरकै जस्तो काम गर्ने जोश र जाँगर छ । यो जोश र जाँगर जगाउने काम ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आशमानी चौधरीले आजभन्दा ११ बर्ष अगाडी महिलाहरुले पनि आर्थिक,सामाजिक रुपान्तरण का लागी समाजमा केहि गर्नुपर्छ भन्ने उत्साह,उत्प्रेरणा दिएर आफुलाई जगाएको अध्यक्ष थापाले बताईन् ।

हास्दै अध्यक्ष थापाले भनिन् त्यो दिन समझिदा आफैलाई पनि लाज लाग्छ। `जाडोको समय थियो तर साल ठ्याक्कै याद भएन,त्यो समय महिला समुह बनाउनका लागी आशमानि चौधरीको नेतृत्वमा उहाँहरु ३पटक म काहाँ धाउनुभएको हो,महिला समुह बनेर के हुन्छ र ? भनेर सबैभन्दा बिरोध गर्ने त्यो ठाँउको महिला म नै थिए´,उनी बिगत सम्झिदै भन्छिन,`तर आजभोलि सोच्छु सायद आशमानि चौधरी ज्यु नआएको भए, आज एकैघरमा १५सय बढी महिला दिदिबहिनीहरु अट्ने नै थिएनौ होला। सहकारी स्थापना नै हुदैन् थियो होला ।´

त्यत्ति मात्रै होईन् महिला दिदि बहिनीलाई मुख्य केन्द्रबिन्दुमा राखेर काम गरेतापनि पारिवारिक आर्थिक स्थिीतिमा समेत सुधार आउने थिएन होला। आशमानि चौधरीले महिला शसक्तिकरणका लागी भनेर जुन ठुलो सपना देखेरै हाम्रो महिला समुह बनाउन मिहनेत गर्नुभयो त्यसका लागी उहाँलाई हृदय देखी नै धन्यबाद दिन चाहन्छु र आजसम्म आईपुग्दा पनि ग्रामीण महिला उत्थान केन्द्र दाङले आमाले छोराछोरी स्याहार गरे जसरी (सहकारी) आफुहरुलाई स्याह्रदै आईरहेको अध्यक्ष थापाले बताईन् ।

हेफर ईन्टरनेश्नल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दागंले परियोजना अन्र्तगत बि.स.२०६८सालमा लमही नगरपालिका वार्ड नं ८ र ९ साबिकको सतबरिया गा.बि.स.६,७,८ र ९ क्षेत्रमा बसोबास गरिरहेका ग्रामीण समुदायका महिलाहरुलाई लक्षित गरेर महिला समुह गठन गरी उनिहरुको बास्तबिक आवश्यक्तालाई मध्यनजर गर्दै बाख्रा उपहार प्रदान कार्यक्रम संचालन गरेको थियो भने तत्कालिन सतबरिया गाँउ बिकास समितिको कार्यालय अन्र्तगत गठन भएका ५वटा समुहहरुले मासिक रुपमा २०रुपैया का दरले बचत गर्दै आएका थिए ।

बाख्रा उपहार दिने कार्यक्रम अहिले सहकारी सम्म आईपुग्दा पनि अझै त्यो रफतारमा चलि नै रहेको छ,उपहार लगेको १८महिना पुगेपछि कि सहकारीमा कि अन्य बहिनि समुहलाई दिदि समुहले उपहार स्वरुप बाख्रा फिर्ता गर्नुपर्ने हुन्छ।

बि.स.२०६८सालमा समुह बनेको,सहकारी २०७०कार्तिक १४गतेका दिन २५जना महिलाहरुको सहभागितामा सहकारी डिभिजन कार्यालय दाङमा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको लि.को नाममा बैधानिक रुपमा दर्ता भएको हो । यस सहकारीलाई ग्रामीण महिला उत्थान केन्द्र दागं र हेफर ईन्टरनेशनल नेपालले परियोजना मार्फत खसी बाख्रापालन सम्बन्धि बिभिन्न तालिम,मौसमी तथा बेमौसमी तरकारी उत्पादन तालिम,घाँस,नर्सरी तथा बिउबिजन सहयोग तथा उत्पादित सामाग्री बजारीकरणका सवालमा समेत सहयोग गर्दै आईरहेको छ। समुदायमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी कृषि तथा साना उद्यम ब्यावसाय संचालन गर्दै आईरहेका महिला कृषकहरुलाई एकबद्ध गराई सहकारीका माध्यमबाट ब्यावसायिक गतिबिधी अगाडी बढाउदा कृषकहरु बिचौलियाको फन्दामा नपर्ने उद्देष्यले सहकारीले काम गर्दै आईरहको छ। यसरी सरकारले गर्ने काममा हातेमालो गर्दै समाज रुपान्तरणका लागी काम गरिरहदा समाजका केहि भद्र भलाद्मी पुरुषहरुले महिलाहरुले पनि बाख्रा बेच्ने कस्तो काम गर्लान् र ?

भन्दै सहकारीका टेक्टर चालकलाई समेत महिलाहरुले नै संचालन गरेको सहकारीको टेक्टर किन चलाउन पर्यो भनेर चालकलाई हेप्ने गरेको अध्यक्ष थापाले बताईन् । मैदानमा उत्रियपछि मात्रै बाधा ब्यवधान आउछ अनि अबसर पनि आउछ भन्ने सिकाई आफुहरुले काम गर्दै जादा सिकेको अध्यक्ष थापाले बताईन् ।

हरेक क्रियाक्लाप संचालन गर्नका लागी आर्थिक पुँजीको आवश्यक्तता पर्ने हुदा हेफर ईन्टरनेशनल नेपाल तथा ग्रामीण महिला उत्थान केन्द्र दाङको सहयोगमा अन्य निकायहरु सँग समन्वय तथा सहकार्य गरेर सस्तो ब्याजदरमा आफना शेयर सदस्यहरुलाई कर्जा सेवा उपलब्ध गराउदै आएको संस्थाका लेखापाल बेगम घर्तिले बताए । सहकारीले आफना शेयर सदस्यहरुको जिबनस्तरमा सुधार ल्याउनका लागी आयमुलक क्षेत्रमा कर्जा लगानी,कृषि उपजको खरिद बिक्री,सुपथ मुल्यमा गुणस्तरिय रासायनिक मल,बिउ बिजन र उन्नत प्रबिधिका कृषि औजारहरु समेत आफना उद्यमी (किसानहरुलाई ) उपलब्ध गराउदै आएको लेखापाल घर्तिले बताए ।

२०रुपैया बचतबाट शुरु गरेको यस सहकारीका दिदिबहिनीहरुले अहिले मासिक रुपमा २हजार रुपैया बचत गर्न थालेका छन् । ६जना कर्मचारी रहेको उक्त सहकारी संस्थामा अहिले प्रदेश सरकारको अनुदान कार्यक्रम र परियोजनाको सहयोगमा खसीबोका बजारीकरणको लागी १वटा पिकअप भ्यान छ भने कृषि आधुनिकिकरण सुुपरजोन कार्यक्रम अन्र्तगत ५०प्रतिशत अनुदानमा कृषि औजारहरुका साथै १वटा टेकटर पनि सहकारीले खरिद गरेको छ । समुह जमानिका आधारमा कर्जा सेवा उपलब्ध गराउदै आएको सहकारी संस्थाले आफना शेयर सदस्य दिदिबहिनीहरुलाई आर्थिक रुपमा शसक्त गराउदै सहकारीलाई अब्बल दर्जाको सहकारीका रुपमा बित्तिय सेवा तथा बाख्रा स्रोत केन्द्र कै रुपमा प्रदेशस्तर मै स्थापित गराउनका लागी काम गर्दै आईरहेको सहकारी संस्थाका बजार ब्यवस्थापक हेमनारायण चौधरीले बताए ।

हजारौ माईलको यात्रा जिरो बाटै शुरुवात गर्नुपर्छ भनेजस्तै ग्रामीाणस्तरमा रहेका महिला दिदिबहिनीहरुलाई आज सहकारीमा आवद्ध गराएर यहाँसम्म उभ्याउन (जन्माउन)
ग्रामीण महिला उत्थान केन्द्र दाङसफल भएको छ अब आगामी दिनमा पनि यस्तै साथ र सहयोग भईरहे आफुहरुले आर्थिक शसक्तीकरणका सवालमा ठुलो क्रान्ति नै ल्याउन सक्नेमा कुनै मतभेद नै नरहेको अध्यक्ष थापाले बताईन् ।