Goraksha

National Daily

बंगलाचुलीमा ४६ जनाले एमाले परित्याग, गठबन्धनका उम्मेदवार शर्मा र खनालद्वारा स्वागत

घाेराही, २२ कार्तिक । बंगलाचुली एमाले परित्याग गरि ४६ जना गठबन्धनमा प्रवेश गरेका छन् ।

बंगलाचुली गाँउपालिकाकमे लमिे, धाेते, घरिचाेरलगायत विभिन्न स्थानबाट एमाले पार्टी परित्यमग गरि गठबन्धनमा प्रवेश गरेका हुन् ।

लापेबाट लालबहादुर सारू र रोशन बुढाको नेतृत्वमा ४२ जना, धोतेबाट रिम बहादुर सारू सहित ३ जना र घरीचोरबाट प्रेम बहादुर अधिकारीलाई प्रतिनिधी सभा सदस्य पदका उमेद्वार रेखा शर्मा, प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनाल लगायत नेताहरूले पार्टी प्रवेश गराउनुभएकाे थियाे ।

पार्टी प्रवेश गर्नेहरूले एमालेले जनताकाे हितमा काम गर्न नसकेकाे र ठुला ठुला आश्वासनमात्र बाढ्ने गरेकाले परित्याग गरेकाे बताएका थिए ।