Goraksha

National Daily

नेपका एमालेका पूर्व नगर अध्यक्ष सापकोटा कांग्रेसमा प्रवेश

दाङ,१८ कार्तिक । नेकपा एमालेका पूर्व नगर कमिटी अध्यक्ष केशब सापकोटा नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।

पूर्व नगर कमिटी अध्यक्ष सापकोटालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले स्वागत गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा सापकोटासँगै विभिन्न पार्टी परित्याग गरेर तुलसीपुर क्षेत्रका ६० जना युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका थिए ।सापकोटा पश्चिम दाङमा जनमत भएका नेता हुन । ३५ बर्षदेखि एमालेको राजनीतिमा सक्रिय सापकोटा केही महिनाअघि नेकपा एमाले परित्याग गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं लुम्बिनि प्रदेशका पर्यटन ग्रामीण तथा सहकारी बिकास मन्त्री डिल्लीबहादुर चौधरी,लुम्बिनि प्रदेशका निवर्तमान सांसद शंकर गिरी, कांग्रेसका नगर सभापति सुरेश हमाल, क्षेत्रीय सभापतिहरु जगतबहादुर खडका,देबेन्द्र रिजाल,तरुण दल दाङका अध्यक्ष टिका घर्ति,महाधिबेशन प्रतिनिधिहरु बिमल रिजाल,केशब आचार्य ,देबिका नेपाली ,अरुण लहरेलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिब शोभाकर सापकोटाले गरेका थिए ।