सिमेन्ट उद्योगको खानी उत्खनन् बन्द हुदा समस्यामा कामदार
दाङ, १८ कार्तिक । सिमेन्ट उद्योगको खानीमा उत्खनन वन्द हुदा कामदारहरु समस्या परेको बताएका छन् । खानी क्षेत्रमा काम गदै आएका वंगलाचुली गाउपालिका भोजराज पन्तले गाउपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएपछि खानी उत्खनन् वन्द भएपछि आफुहरु वेरोजगार भएको बताए ।
खानीमा २०६६ सालदेखि काम गदै आएको उनले बताए । ‘अहिले हामी वेरोजगार भएर वस्नु परेको छ’ उनले भने । खानी कहिले सञ्चालनमा आउछ भन्ने आशामा वसेको उनी बताउछन् । गाउपालिकामा यसका वारेमा पटक पटक जानकारी गराउदा समेत आफुहरुको मागको सुनाइ हुन नसकेको उनको भनाइ रहेको छ । उद्योग र गाउपालिकाले सहमती गरेर सञ्चालनमा ल्याउनु पर्ने उनले बताए । खानी क्षेत्रमा आफुसंगै ६५ देखि ७० जनाले काम गदै आएको उनको भनाइ रहेको छ । प्रत्यक्ष रुपमा खानीमा काम गर्ने यही भएपनि अपत्यक्ष रुपमा धेरै रहेको उनले बताए । ‘पहिले स्वीकृती नदिनु पर्ने हो दिइ सकेपछि दुवै पक्षले सहमती गरेर सञ्चालनमा ल्याउनु पर्दछ’ पन्तले भने । खानी सञ्चालन हुदा दैनिक २ सय देखि २ सय ५० सम्म टिप्पर सञ्चालन हुने गरेको उनको भनाइ रहेको छ ।
बंगलाचुली कै खानीमा काम गदै आएका यज्ञवहादुर थापाले खानी वन्द हुदा धेरै समस्या भएको बताए । ‘काम गरेर खानेहरुको घरमा चुलो वोल्न समेत समस्या भएको छ’ थापाले भने । आज खुल्ला भोली खुल्ला भन्दा भन्दै एक वर्ष वित्न थालेको उनले बताए । खानीमा काम गर्नेहरु अहिले रोजगारीका लागि भारत गएको उनको भनाइ रहेको छ । ‘काम गर्ने खानी वन्द भएपछि के गर्नु वाध्य भएर भारत जानु परेको छ ’ थापाले भने ।
दाङको घोराही सिमेन्ट उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरेको छ । उद्योगले आफनो कच्चा पदार्थ चुन चुङगा उत्खनन् स्थलबाट उद्योगसम्म ल्याउन नपाउदा उत्पादनमा कटौती गरेको उद्योगले जनाएको छ । उद्योगले अहिले ३० प्रतिशत मात्र उत्पादन गरेको घोराही सिमेन्ट उद्योगका जनसम्पर्क म्यानेजर अमर सुवेदीले जानकारी दिए । ‘हामीले कच्चा पदार्थ ल्याउन नपाउदा उत्पादन घटाएका छौ’ जन सम्पर्क म्यानेजर सुवेदीले भने । कच्चा पदार्थ ल्याउन नपाउदा उद्योग सञ्चालनका लागि समेत समस्या भएको छ । उद्योगको अवस्था दैनिय वन्दै गएको उनी बताउछन् । उद्योगको खानी बंगलाचुली गाउपालिका तापामा रहेको छ । बंगलाचुली गाउपालिकाले गत वर्षको पुष १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाएको छ । गत वर्ष लगाइएको रोक हालसम्म पनि खोलिएको छैन ।
गाउपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएपछि खानी क्षेत्रमा उत्खनन्को काम समेत रोकिएको छ । अहिले चुन ढुङगा उत्खनन् हुन नसक्दा उद्योग तथा खानीमा काम गर्नेहरुको समेत रोजगार समेत गुमेको छ । उद्योगमा करिव १ हजार र खानी क्षेत्रमा करिव ७० जनाले अहिले रोजगारी गुमाएका छन् । ‘हामीले कामदारहरुलाई बाध्य भएर घर वस्नुस भन्नु परेको छ’ उनले भने । यसको असर धेरै क्षेत्रमा देखिएको उनले बताए । देशमा राजस्व, रोजगारी क्षेत्रमा, टिप्पर व्यावसय, तथा अन्य व्यावसायमा समेत यसले असर पुगेको उनी बताउछन् ।
टिप्पर सञ्चालनका लागि पटक पटक पहल गरे पनि निकास निस्कन नसकेको उनले बताए ।
उद्योगको दैनिक ५ हजार टन क्लिीङकर र ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सुवेदीले बताए । उद्योगमा करिव ३२ अर्वको लगानी रहेको छ । उद्योग सञ्चालनका लागि राज्यले उचित वातावरण सृजना गर्नु पर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ रहेको छ ।
देशमा रोजगारको सृजना तथा उत्पादन वृद्धिका लागि उद्योग स्थापना तथा सञ्चालनमा ल्याउनु पर्ने उनले बताए । गाउपालिकाले अदालतले दिएको स्टेअडर समेत नमानेको सुवेदीले बताए । अदालतले वाटो वनाएर सञ्चालन हुन दिनु भनेर भनेको र आफुहरुले करिव ९० प्रतिशत वाटोको काम सकिसक्दा समेत गाउपालिकाले रोक लगाइ रहेको उनको भनाइ रहेको छ । तापा चोकदेखि खानी सम्म करिव ३ किलो मिटर वाटोको वेसको काम सम्मन भएको र पिचको लागि तयारी रहेको उनी बताउछन् । वर्षात तथा विभिन्न समस्याले पिच हुन नसकेको उनले बताए ।
