‘गठबन्धन अहिलेको आवश्यकता’

दाङ,२९ असोज । देशमा प्राप्त उपलब्धि रक्षासंगै समृद्धिका लागि बाम–लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको उम्मेदवारहरुले बताएका छन् । गठबन्धनको घोराही उपमहानगरपालिका–१७ चौघेरामा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले देशको बिकास, उपलब्धि रक्षासंगै नागरिकका हकअधिकार सुनिश्चितताका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गरि जिताउनका लागि जनताको घरदैलोमा सवै पुग्नुपर्ने बताएका थिए ।

घोराही उपमहानगरपालिका–१७ का गठबन्धनका संयोजकका निमबहादुर घर्तीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्माको प्रमुख आतिथ्यता एवं क्षेत्र न २ (१) का उम्मेदवार राजु खनालको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको बिकाससंगै देशलाई प्रतिगमनको खतराबाट बचाउनका लागि गठबन्धनका उम्मेदवारलाई आउने मसिर ४ गते मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य रेखा शर्माले देशलाई संकटबाट बचाउनका लागि राष्ट्रिय आवश्यकता अनुसार अहिलेको गठबन्धन निर्माण भएको बताइन । सतापक्षिय दलहरूको गठबन्धन संविधान,लोकतन्त्रलगायतका उपलब्धि रक्षाका लागि भएको भन्दै उनले अहिलेको निर्वाचन उपलब्धिको रक्षा गर्ने र नगर्नेबिचको लडाइँ भएको बताए । उनले त्यसको पुष्ठि गठबन्धनले गरेको बताइन ।

दमनकारीसंगको एमाले गठबन्धनले निर्वाचनपछि देशमा भएका उपलब्धिको अवस्था के हुने भन्ने अबस्था रहेकाले उपलब्धि रक्षाका लागि अग्रगमनका पक्षधर र परिवर्तनका सहयात्री कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनलाई मतदान गर्न मतदातालाई शर्माले आग्रह गरिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा उम्मेदवार राजु खनालले देशलाई संकटबाट बचाउनका लागि निर्माण भएको गठबन्धनले ब्यवस्थाको रक्षा, हकअधिकारको सुनिश्चिततासंगै देशलाई राजनैनिक स्थिरता दिनका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले सबैको सहमतिमा देशको बिकाससंगै राजनीति स्थायित्वका लागि जित्न आवश्यक छ ।

नेपाली कांगं्रेस लुम्विनी प्रदेश उपसभापति समेत रहेका नेता खनालले आफ्नो क्षेत्रको अबस्था बारेमाआफुलाई थाहा भएको भन्दै त्यी समस्या समाधानका लागि गठबन्धनको आवश्यकता रहेकोे बताए । साथै उनले निर्वाचनमा मतखेर जान नदिनका लागी गाम्रीण क्षेत्रमा निर्वाचन साक्षरता बारेमा जानकारीसंगै आवश्यकता र औचित्यको बारेमा जनतालाई जानकारी दिन आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्थानीय जनताले वडा नं. १७ का विभिन्न समस्याहरुका बारेमा पहल गरिदिन नेताहरुसँग आग्रह गरेका थिए । राष्ट्रिय जनमोर्चाका नगर उपाध्यक्ष मनिराम खनालको स्वागत मन्तव्य सुरुभएको कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका खुशीराम चौधरीले गरेका थिए । त्यसैगरी गठबन्धनका उम्मेदवारी शनिवार घोराही उपमहानगरपालिका वडा नं. ४, १५ लगायतका विभिन्न स्थानमा भएका कार्यक्रमहरुलाई सम्वोधन गरेका थिए ।