मौसम र राजनीतिको चपेटामा पर्वहरु

भुपेन्द्र सुवेदी

फुल्दैछौ तिमी के दिम म तिमीलाई शुभकामना मैले
बगैचाको अबस्था रुखो र अँध्यारो भएको छ एैले ।
तिमीले देखिरहेकी छौ तिम्रो संरक्षकको अबस्था ।
मालीहरु घरमै नमिलेर लडेका छन् उजाड्दैछन् बगैचा ।
३६ बर्णकी फुलबारी तिमी फुल्न किन ढिला ग¥यौ ।
दिवाली आयो मखमली तिमी लुक्यौ तिमी कता ?
तिम्रा मालीहरु खाली झिड्गाको संगत गर्नैपर्ने ।
कसरी सुन्दर र रमणीय हुन्छेउ फुलबारी तिमी अब त
मालीले फुलहरु गोडेकै छ, नियमकले नियम तोडेकै छ ।
बिचरा बगरको पनि के लाग्छ र ?
नदीले नै किनाराको साथ छोडेपछि

२०७९ को बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा हामी सबैको उज्यालो, अँध्यारो, के देखेर गईन होला नौ दुर्गा माता ? देशको अबस्था नेपाली नागरिकको आजको सबै भन्दा आवश्यकता यो बिजया दशमीले कस्तो सन्देश लिएर गइन् होला ? यो हामीमा आ–आफै म…म गरौँ, बर्ष दिनमा एकपटक आएको पर्ब मनाउन स्वदेशमा बसेर घरको व्यवस्था गर्नै नसकेर बिदेशमा पुगेर आफ्नो घर खर्च चलाउन, बालबच्चाहरुको लेखाई–पढाईको लागि आफ्नो देशको सरकारले उनी दीन–दुखीहरुको लागि केही गरिदिएको भए त स्वदेशमै बसेर आफ्नो देशको बिकासको कामहरुमा लगनशील भएर ज्याला–मजदुरी गर्नेसम्मको ब्यबस्था नपाएरै बिदेशमा जान बध्य भएको होला ?

नेपाल सरकारको अबस्था जनताले बर्षामा एकपटक आउने दसै–तिहारको खर्च जुटाउन नजिकको भारत र अन्य मुलुकमा पुगेका नागरिकहरु आ–आफ्नो घर परिवारसँग रमाउन आएका छन् भने यहाँका नेताहरुलाई दसैको, तिहारको महत्वभन्दा आफ्नै राजनीतिको चटारोले रातदिन एकले अर्कोलाई त भन्दा म के कम ? तैले महाकाली एतिमा बेचेको होस्, फलानाले गण्डक बेचेको हो, फलानाले कोसी बेचेको हो गण्डकी बेचेको हो, कर्णाली बेचेको हो मेरै आँखाले देखेको छु एति करोडमा सम्झौता गरेको हो भन्नमै नेताहरुलाई दसै आएको पनि पत्तै भएन, तिहार आउँदा पनि पत्तै पाउनेवाला छैनन् ।

किनभने गठबन्धनको गाँठोले निकै सताएको छ, यो कस्तो के–को डारीले बाँध्न लागेको गाँठो हो नकसिदै फुस्किन्छ । कतै ल मलाई यो यो जिल्ला यो, यो प्रदेश, यो यो संघमा दिन्छौ भने बस्छु नत्र यो गठबन्धन छोडेर अर्को गठबन्धनसँग कुरा भइसकेको छ भन्छन् । देश, राष्ट्र, जनता जहाँसुकै जाओस् सिंगो नेपाल अंग्रेज र चिन, भारतको जुवाको दाउमा राखेर भए पनि आफू राजनीतिक नेतृत्वमा आउनै परयो । जतिपटक निर्बाचन भए पनि मबाहेक अरुले सरकारको नेतृत्व पाउनै हुन्न भन्नेमा रस्साकस्सी चलेको छ । अन्ने देशका राज्य सञ्चालकहरुमा आफ्नो देशको बारेमा कोही नकारात्मक कुरा गरेको सुन चाहदैनन्, गरीहालै तत्कालै प्रतिकार गरेका हुन्छन् । तर हाम्रो देशका नेतृत्वले आफूलाई नेतृवमा पुग्नकै लागि अन्य देशका सरकार प्रमुखसँग हार–गुहार गर्न पुगेका छन् ।

आजको राजनीति दलहरुको पार्टीको सिद्धान्त र नैतिकताको वास्तै छैन कसरी कुन जुगाड लगाएर सरकारको नेतृत्वमा पुग्न सकिन्छ र कोसँग मिल्दा धेरै लाभ लिन सकिन्छ त्यो क्रियाकलापमा तल्लीन रहेको अवस्थामा देश र जनताको समस्याको बारेमा कुनै बोलेको सुनिँदैन । सानोभन्दा सानो पार्टी पनि एउटा सिटको लागि आफ्नो पार्टीको नीति सिद्धान्त जहाँसुकै जाओस् मौका अब आउनेवाला छैन याने मौका चुकाउन हुँदैन भन्ने ध्यावन्नमा छन् सबै पार्टीका नेताहरु ।

कुनै एक राष्ट्रको बफादारी रहेको देखिँदैन, बरु आफू आफ्नो देशको प्रवाह नगरी कसले के इच्छा जाहेर गर्दछ नेपालको नेताहरुले उही इच्छा अनुसार चलेको कारण आजको अबस्था आएको हो भन्ने कुरामा आम नागरिकहरुले बुझेका छन् । अब कुन पार्टीको कुन नेता कस्तो र कसको पार्टीको सिद्धान्त के नैतिकता के भन्ने बिषयमा आम नागरिकले बुझिसकेको स्थानीय निर्वाचनको स्वतन्त्र उम्मेदवारहरुको पक्षमा उठेको जनमतले खुलाएको छ ।

अबको आउने मंसिर ४ गतेको निर्बाचनले ईबिगत ३०–३५ बर्ष अघिबाट सधै आफूमात्र अगाडि आइराख्न खोज्ने नेताहरुको ल्याकत र तागत देखिसकेका छन्, अब पनि जनता ढाँटेर पार्टीका नक्कली झोलेको अफबाफमा लाग्ने र विश्वास लिनेवाला पक्कै छैनन् । किनभने बुझिसकियो हिजो एउटो पार्टीमा थियो आज उसले टिकट दिएन भनेर तुरुन्त पार्टी परिवर्तन गरी अर्को पार्टीमा प्रवेश गर्ने नेता हो वा लेबर, पल्लेदार हो त्यो हामी छुट्याउनु जरुरी छ ।

लामो समयसम्म पार्टीमा आफ्नो जीवनको परिपक्व उमेर बिताएका पार्टीको बिरुद्धमा कोही बोल्यो कि मारपिट गर्न पछि नपर्ने र कतै पनि संकटको अवस्थामा निरुत्साहित नभई निरन्तरता दिएका इमानदार कटिबद्धता रहेका पार्टीका सिपाहीहरुको बिरुद्धमा अनर्गल ब्यबहार गर्ने नेतृत्वहरुलाई सबै पार्टीका सबै कार्यकर्ताहरुले टिक लगाएरै बसेका छन् ।

अब उनीहरुलाई कुनै हालतमा त्यो मैदानमा आउन दिनु नै राष्ट्र, राष्ट्रियता, सार्बभौम, अखण्डताको अपमान गर्नु नै हो यसैले बिजया दशमी र नौदुर्गा देबीमाताले उनीहरुलाई आफूले गरेको राष्ट्रप्रतिको घातक क्रियाकलापको मूल्यांकन पक्कै गर्नेछन् र उनीहरु त्यो सजायको भागी भएकोले नेपाली जनताले इमानदारीका साथ सत्य–तथ्य छानबिन गर्नेछन् ।

यसैमा केही माहामानब बिपी कोइरालाको भारत र छिमेकीहरुको बारेमा २०३८ सालतिरको ओहाको छिमेकीप्रतिको सशंकित अबस्थाबारे केही उदाहरणहरु राख्नको लागि पाठकज्यूहरुमा पस्कने जमर्काे गर्दैछु । त्यति बेला नै भनेका छन् अब नेपालको पनि त्यै समस्या छ । पहिला उनीहरुले तिब्बतमा चिनिया प्रभुत्वलाई स्वीकार गरे । मैले त त्यस बिषयमा दुईपटक जवाहरलालजीसँग झगडा गरेको छु । तब तिब्बतमा उनीहरु आइसकेका थिए । सोसोलिष्टहरु त्यसलाई तिब्बतको कब्जा भन्थे । मत सोसोलिष्ट बिचार धाराको थिए ।

लोहियाले चिनियाहरुको त्यस कारबाहीलाई शिशु हत्या भनेको थियो । मलाई पनि लाग्थ्यो कि जस्तोसुकै ऐतिहासिक दर्जा भए तापनि एउटा नयाँ उथलपुथलमा त्यसको स्वतन्त्र दर्जा कायम रहनुपर्दछ र कुनै बिदेशी शक्तिले आएर कब्जा गर्नु हँुदैन । त्यही कुरालाई लिएर जवाहरलालजीसँग मेरो बहस पथ्र्याे । जवाहरलालजीले मलाई के भने भने तो क्याहाम पल्टन भेजेकरके दलाई लामाको उसकी गद्धीपर रखे ? मैले भने ओतो मईनैकहता ।

लेकिन आफ्ने ईनके आधिपत्यको प्रतिष्ठा प्रधान करदी । जब आफने काहा की ओता चिन काही हिस्सा है, आपने तिब्बतको चाँदीके तस्बिरमे डालकर देदीया पिकिङको । आपकोतो स्टेन्ड लिना चाहिए था की हम उससे स्वीकार नही कर्ते । आपको सेना भेजके कोही जरुर तनही । आफ् संयुक्त राष्ट्र संद्धमे जगह जगहके बारेमे अपनी राय देती रहतेहै, हर जगह तो आफ सेनानै भेजतेहै । आफ् नैतिक स्टेन्ड लेतेहै जगह । लेकिन तिब्बतके बारेमेतो आप्ने नैतिक स्टेन्ड नैलिया ।

अर्काे एकपटक प्रश्न उठेको थियो टंकप्रसादको पालामा । हामीहरुको तिब्बतसँग एउटा अपर देसिय सन्धि थियो । दलाई लामाले २० हजार रुपैयाँ हरेक बर्ष हामीहरुलाई दिन्थे । घोडा, बख्खु, ईत्यादि केके दिन्थे । यो एक प्रकारको अर्धराज्य (सुजरेन्टी)को चिनोको रुप मात्र थियो, त्यस देशमा नेपालको सम्प्रभुताको चिन्ह । कानुनी स्थिति के थियो भने तिब्बतमा कसुर गरे तापनि कुनै नेपालीमाथि त्यहाँको कानुनअन्तर्गत तिब्बतको अदालतमा मुद्दा चल्न सक्दैनथ्यो ।

यो दुईवटा अधिकार नेपालको थियो तिब्बतमा । टंकप्रसादको पालामा त्यो कुरा उठ्यो यसलाई हटाउने भनेर । मलाई टंकप्रसादले सेधे, यसका तपाईको के राय छ भने र मैले भने यसमा तपाई अहिले नै किन क्यै कुरा गर्नुहुन्छ ? पछि हामीहरुको चिनसँग सिमाना काटकै कुरा हुँदा हामीले छोड्ने कुरा यही न हो । हामीहरुको तर्फबाट हामी यो छोड्छौ तिमीहरु यसमा यसो गर भन्न सक्नुहुन्छ । एैले नै किन एकतर्फी छोड्नु र आफ्नो दाबा ।

ऊ बेलाको बिपीको अडान र आजको नेका, नेकपाका बाह््रारहागेहरुको सहमतिमा एमसीसी र एसपीपीको बारेमा ठ्याक्कै नेपालमा अमेरिकी सेना आएमा यहाँ कुनै अपराध गरेमा उसलाई नेपालको कानुन् नलाग्ने भन्ने नेताहरुको प्रिजन्नटेसनको फरमुला र ऊ बेलाको नेपाल तिब्बतबीचको फरमुलामा तिब्बतमा नेपालीहरुले केही अपराध गरे भने तिब्बतको कानुनले तिब्बतको अदालतले कारबाही गर्न सक्थेन भन्ने बिषयमा उतिबेला नेपालको कानुन र नेपालको मान्यता कस्तो रहेछ भन्ने कुराको बारेमा बिपीले लेखेको भारत र छिमेकीहरु भन्ने ११९ पेज हेर्दा समय सान्दर्भिक आजको नेपाललाई चारैतिरबाट घेरिएको स्थितिको बारेमा हिजोको नेपालको स्टैन्डको बारेमा बुझ्न सकिन्छ । आजको अबस्था र बिदाई हँुदै गरेको बिजयादशमी नेताहरुले जनताले कसरी मनाए तो ? जिज्ञासाको रुपमा राखियो ।