दाङ, १७ असाेज । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाकाे समानुपातिक सुचिबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाएकाे छ ।
नेता महराकै आग्रहमा माओवादीले समानुपातिक सुचिबाट नाम हटाएकाे हाे । माओवादीले निर्वाचन आयाेगमा समानुपातिककाे सुचिमा महराकाे नाम १ नं मा राखेर सिफारिस गरेकाे थियाे ।
राेल्पा, दाङ क्षेत्र नं १ र क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पनि महराकाे नाम पहिलाे नम्बरमै सिफारिस भएकाे थियाे ।`मैले संसदीय निर्वाचनमा धेरै पटक जितिसकेकाे छु, अब नयाँलाई अवसर दिनुपर्छ भनेर त्याग गरे´, महराले भने,´अब नयाँलाई अवसर दिनुपर्छ भनेर मैले त्याग गरेकाे हुँ, हामीले अहिले त्याग नगर्ने हाे भने नयाँले कहिले अवसर पाउने ?´
उनी २०७४ सालमा दाङ निर्वाचन क्षेत्र न २ बाट निर्वाचित भएका थिए । माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन् । महरा २०४८ , २०७० सालमा रोल्पा र २०७४ मा दाङबाट निर्वाचित भएका थिए ।