सहमतिको त्यो राजनीति

  •   
  •  

भूपेन्द्र सुवेदी

नेपाली राजनीतिमा धेरै अञ्जान छौँ र अन्योलता सँगसँगै दौडेका छौँ तर वीपीले भनेजस्तो राजनीतिक संस्कार बुझेकै रहेनछौँ र छैनौै पनि । हामीसँग एक राजनीतिक संस्कार, संद्धान्तिक, निष्टता, पार्टी–पार्टी भित्रको विधिविधान अनुशासनको बारेमा आजका नौला नेताहरुलाई करिब २० प्रतिशत जानकारी पनि छैन होला ।

त्योसँगै पार्टीको विधि मान्नुपर्ने, अग्रज नेताहरुको अनुभव अनुशरण गर्नुपर्ने र सैद्धान्तिक तवरले पार्टीको अनुशासनमा चल्नुपर्ने भन्ने अनुशासित नेताहरुको खडेरी नै छ । जसका कारण आज कांग्रेस पटक–पटक फुटको दलदलमा फस्दै आएको छ भने कम्युनिस्ट पार्टी विभाजित भइसकेको अवस्था छ । नेपाली राजनीतिक यो अवस्था देखेर छिमेकी राष्ट्र भारत र चीनले रमिता हेरिरहेको अवस्था छ । सबैभन्दा ठूलो भनाउँदो अमेरिकाले हाम्रा नेताहरुको चरित्र देखेर नै होला घरि–घरि खबरदारीको डम्फु बजाइरहेकै अवस्था छ ।

हाम्रा नेता सबै त्वम् शरणमको भाषामा आप्mनो हैसियत के हो, मेरो प्रोटोकल के हो, आफूलाई आफै नचिनेको अवस्था छ । अब आ–आफूको बीचमा गालीगलौजको ओइरो भने चलेकै छ । देशको विकास राष्ट्रिय समस्या, नेपाली नागरिकको कहाली लाग्दो अवस्था बझ्नुपर्छ भन्ने मतलव नै छैन । अलि आशलाग्दा युवा जमात समेत उनै बूढोगोरुको ग्वालोको रुपमा प्रस्तुत हुन्छन् । विचराहरु ! किन कसम खान नहुने कुरामा मलाई चारपाटे मुडेर थानकोट कटाइयोस् भनेर कसले बाध्य पारे, गगन थापालाई ? के यस्तै शिक्षा दिएका थिए, वीपी कोइरालाले कांग्रेसी नेताहरुलाई ?

वीपीले भनेका छन्, ‘यता समयमै सहमतिको राजनीतिको विश्वास लिएर नेपालमा नयाँ राजनीतिक विकास भएको छ ।’ जे यहाँ हाल हुँदै आएको छ, त्यसलाई त्यस कुराको जानकारी पनि छ । जनमत संग्रह एउटा ठूलो प्रजातान्त्रिक अभ्यास भएको छ । हामी हार्न त हा¥यौँ तर हारेर पनि कस्तो परिस्थितिमा हा¥यौँ ? सरकार एक कदम प्रतिकूल, हामीलाई टुर गर्न जाँदा त्यत्रो अप्ठेरो पर्ने । स्यङ्जामा त फायरिङ नै भयो ।

मेरा १६ जना साथीहरुलाई गोली लाग्यो । त्यस्तो परिस्थितिमा हामीले प्रचारको अभियान सञ्चालन गरेका थियौँ । उनीहरुले जित्न त जिते तर यो २० लाख भोट जो हामीले पायौँ त्यो बडो प्रतिबद्धताको भोट हो । त्यो भोट त्यस्ता मानिसहरुको थियो जसलाई किन्न सकेनन् । जसलाई डर, त्रासले छोएन । यो जानी–जानी भोट दिएका थिए कि सरकारको विरुद्धमा उनीहरुले दिइरहेका छन् ? यस्ता मानिसको यो भोट थियो, जागरुक र प्रतिबद्ध मानिसको भोट थियो । गुणात्मक रुपले यो २० लाख भोट धेरै राम्रो भोट थियो । जसमा २०३६,०३७ को कुरा हो । त्यस्तै प्रतिबद्धताको भोट आज नेपाली कांग्रेसमा खोइ त ? आजको कांग्रेस पैसा प्रिय र नातावाद भएकै कारण हो ।

अब संविधान बन्न थालेको छ । संविधानमा यो जित्ने पक्ष भन्नुप¥यो– भन्छन् र राजाले भनेका छन् कि यो दलविहीनको विजय हो । हाम्रो व्यवस्थामा त्यो छैन । त्यसमा हाम्रो विवाद चलिरहेकै छ । संविधान कस्तो बनाउने हो ? हामीलाई त्यस संविधानमा केही स्वतन्त्रता रहन्छ कि रहँदैन ? स्वतन्त्रता रहन्छ भने हामी त्यस संविधानभित्र काम गर्ने प्रयुक्त गर्नेछौँ । यसलाई फराकिलो बनाउने प्रयत्न गर्नेछौँ । त्यसका प्रजातान्त्रिक तत्वहरु फराकिलो पार्ने कोसिस पनि गरौँला । भएन भने देखि त हामी फेरि बाहिरको बाहिरै रह्यौँ ।

त्यो बडो निर्णायक अवस्था छ । यसमा मलाई सोधिएको थियो कस्तो संविधान हुनुपर्छ भनेर मसँग सल्लाह मागिएको थियो । मैले ४÷५ वटा कुराहरु, सम्झौताका उपायहरु दिएको छु । एउटा त मैले के भनेको छु भने दल वा दलविहीनताको कुरामा संविधान मौन रहनसक्छ । पार्टी दिने वा नदिने कुरामा संविधान चुप लागिदिने तर मौलिक हकहरुको जुन अध्याय छ त्यसमा वाक र प्रकाशन स्वतन्त्रता, संगठनसम्बन्धी स्वतन्त्रता दिएको खण्डमा दुवै पक्षको कुरा रहिरहन्छ । हामी जो भन्छौ यो विजय त दलविहीनको हो । त्यसको कुरा पनि रहिरहन्छ ।

हामी के भन्छौँ, यो विजय त दलविहीनको होइन, तिनको पनि कुरा रहिरहन्छ । त्यसो हुनाले मैले के सुझाव दिएको छु भने यो बीचको एउटा उपाय अबलम्बन होस् । त्यो मान्छन कि मान्दैनन्, मलाई थाहा छैन र राजाको जुन पहिलो घोषणा भयो जनमत संग्रहको परिणाम पछि त्यसमा उनले यो भनेकी मेरो बुबाले जुन एउटा व्यवस्था दिएका थिए । त्यसका प्रति यो जनताको सम्पत्ति जाहेर भएको छ । हाम्रो विचारमा त्यो एउटा गलत व्यख्या थियो ।
त्यो बेला वीपीको भनाइ थियो– त्यो बेलाको दूरदर्शिता, अहिले हाम्रो देश बडो दोधारमा छ । यो

जनताको तरिकाबाट प्रजातन्त्रको तरिकाबाट अगाडि जान्छ कि रहिरहन्छ ? द्वन्द्वसंघर्षको बाटो जान्छ, यो प्रश्न अहिले प्रमुख छ । हामीलाई अहिले के लाग्छ भने हामीले संघर्षको बाटो लिएनौँ भने देशको जस्तो अवस्था छ दक्षिण एसियामा जसरी अफगानिस्तानको घटना घटेको छ, यसले गर्दा त्यो सम्पूर्ण भू–भागमा एउटा अनिशिचता अएको छ । त्यस परिस्थितिमा हामी आपसमा नै लड्न थाल्यौँ भने हामीलाई शान्तिपूर्वक रहन दिँदैनन्, छिमेकी देशहरुले ।

किनभने त्यस बखतमा हिन्दुस्तानले चाहला कि जाहासम्म हुन्छ नेपालको राजनीतिलाई आफ्नो मुठ्ठीमा राखौँ, चिनियाहरु पनि त्यै चाहलान्, रुसीहरु पनि भयानक भएर आएका छन् । त्यसो हुनाले हामीले एउटा कुनै साझा राजनीतिको विकास गर्नु प¥यो । जसमा राजानीति, त्यसको मातहतमा रहन सकोस् र लोकप्रिय शक्ति पनि त्यसको मातहतमा रहन सकोस् । यो भएन भने हामीले आफ्नो देशलाई जोगाउन सक्नेछैनौँ ।

उतिबेलाको अग्रगामी सोच वीपीले राखेको विषयले ठ्याक्कै मेल खाएको छ । वीपीले भनेका छन्,– यो हामीले गर्न सक्यौँ, एक हुन सक्यौँ र प्रजातान्त्रिक व्यवस्था शान्तिपूर्ण उपाय ल्याउन सक्यौँ भने हाम्रो देशको भविष्य मात्र होइन । सम्पूर्ण दक्षिण एसियाको राजनीतिमा हाम्रो एउटा भूमिका पनि हुन्छ । हामी त्यो भूमिका खेल्न सक्नेछौँ । दक्षिण एसियाका ५÷५ वटा देशमा हाम्रो क्यै न क्यै आफ्नो भूमिका हुनेछ ।

त्यसो हुनाले कोेसिस गर्दैछु । सहमतिको उपायबाट, शान्तिपूर्ण उपायद्वारा अधिकार पाइयोस् भन्ने उहाँको प्रयास रहिरहेको थियो । नत्र भने संघर्ष भयो भने त्यसको भयानक ठूलो दुष्परिणाम हुन्छ भन्ने छ । अहिल्यै गर्न सक्ने कुरा त राजाको हातमा छ । त्यस तर्कलाई राजाको स्वीकार गरिकन सुम्पन्न तयार हुनुप¥यो राजाले । हामीले पनि हाम्रा तर्फबाट सबै शक्ति अहिले नै चाहिन्छ भनेर अड्डी लिनु पनि भएन । वीपीको भनाइमा उहाँ भन्नुभएको छ मलाई एक दुई जनाले सोधे यस्तै प्रश्नहरु गर्थे नेपालमा मसँग कि राजाले जनतासँग शक्ति साझा गर्न तयार होलान् ?

मैले जवाफ के दिए भने मैले जान्दिन तर के हामी तयार छौँ । राजासँग शक्ति शेयर गर्न ? त्यो पनि त हामीले हेर्नुपर्छ । केवल राजाले शक्ति शेयर गर्छन् गर्दैनन् भन्ने मात्र कुरा छैन । अहिले यस स्थितिमा जनमतसंग्रहपछि देशलाई यस दिसामा हामीले लगेका छौँ । जनमतको पक्षलाई यति बलियो पारेका छौँ कि हामीले पनि सोच्नु परेको छ । के हामी राजासँग पावर शेयर गर्न तयार छौँ ? अहिले नै सबै अधिकार हामीलाई दिनुप¥यो भन्यो भने त्यसको लागि राजा तयार हुँदैनन् ।

राजाले पनि यो अधिकार त सबै मसँगै रहनुपर्छ भने हामी पनि त्यस कुराको लागि तयार हुन्नौँ । यो स्वयम् महामानव वीपी कोइरालाको २०३७,३८ के समयमा उहाँबाट उहाँको विषयमा इतिहासमा दस्ता बनोस् भनेर हामीलाई छाडेर गएको एउटा छोटो अंश मलाई उजागरण गर्ने मनसायले सम्झना स्वरुप आजको राजनीति र हिजोको त्यो बेलाको अवस्था पनि जस्ताको तस्तै रहेछ । उबेला पनि उत्तर, दक्षिण अन्य पश्चिमाहरुको चपेटामै रहेको नेपालको राजनीतिक व्यवस्था आज पनि ज्युँका त्यु नै रहेको रहेछ । अझ आजको समयमा नेपालको राजनीति नेतृत्वको अडान् र आफ्नो देशको हैसियत बुझ्न नसकेको नेतृत्व रहेछ भन्ने उदाहरण वीपी बाबले भनेका छन्् ।