मेरो खुशी : अन्तर्राष्ट्रिय भूमिमा पदक जित्दा …

  •   
  •  

खेल क्षेत्रमा अघि बढ्दै गरेका युवा खेलाडी हुन्, गुमान घर्ती मगर । प्यूठानको विकट ग्रामीण क्षेत्रमा जन्मिएका उनी बाल्यकालदेखि खेलमा लागेका हुन् । खेल क्षेत्रमा अलराउण्डर खेलाडीका रूपमा परिचित गुमान छोटो समयमै रनिङ, भलिबल, बास्केटबल, बक्सिङ, कबड्डी, ज्यावलिङ्लगायतका विभिन्न विधाका खेल खेलेका छन् । साथै उनले आपूmले खेलेका अधिकांश प्रतियोगितामा पदक समेत हात पारेका उनी पछिल्लो समय मार्सल आर्टस् हाप्किडो खेल्दै आएका छन् ।

मार्सल आर्टस् हाप्किडो खेलमा भविष्य खोजिरहेका खेलाडी गुमानले सफलता समेत हात पार्दै गएका छन् । छोटो समयमै उनले जिल्लास्तरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेका छन् । विभिन्न प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरिरहेका उनले गत जुलाई १ र २ गते उज्बेकिस्तानको एसियन हाप्किडो च्याम्पियनसिपमा कास्य पदक जित्दाको क्षण आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको भएको बताउँछन् ।

‘नेपालमा विभिन्न प्रतियोगिता खेलेको थिएँ । आपूm खेलेको अधिकांश खेलमा कुनै न कुनै पदक प्राप्त गरेको छु’, उनले भने, ‘तर अन्तर्राष्ट्रिय स्तरमा खेल्न पाएको थिएन । जसले गर्दा पहिलो पटक बाहिरी देशका खेलाडीहरूसँग भिड्नुपर्दा डर लागिरहेको थियो । पदक प्राप्त गर्न सकिन्छ कि नाइ भनेर मनमा कुरा खेलिरहन्थो तर प्रतिस्पर्धामा मैले सोचेजस्तो गर्न नसके पनि कास्यपदक जित्न सफल भएँ । त्यो क्षण मेरो जीवनको ठूलो खुसीको क्षण हो ।’

उनले प्रतियोगितामा ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालबाट हाप्किडोमा ४ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा एसिया महादेशका विभिन्न २७ देशका खेलाडीको सहभागिता थियो । २०६१ बैशाख १ गते प्यूठानको नौबहिनी गाउँपालिका–१ स्वाउलीबाङमा बुबा तकवीर घर्ती मगर र आमा कुमारी घर्ती मगरको कोखबाट कान्छो सन्तानका रूपमा जन्मिएका गुमान ८ भाइबहिनीमध्येका कान्छो सन्तान हुन् । उनका ६ दाइहरू र एक दिदी छन् ।

गुमानका माइलो दाई शिव प्रोफेशनल बक्सिङ र मिक्स मार्शल आर्टस्का खेलाडी हुन् । उनैको प्रभावले आपूm खेल क्षेत्रमा लगेको बताउँछन् । घरमा दाइहरू रनिङ गर्नेदेखि बक्सिङ खेलमा लागेको देख्दा आपूmलाई सानैदेखि खेलप्रतिको आकर्षण बढ्दै गएको उनी बताउँछन् । ‘माइलो दाइ बक्सिङ र मिक्स मार्सल आर्टस्का खेलाडी हुनुहुन्छ । उहाँ खेलेको मैले सानैदेखि देखेको थिएँ’, उनले भने, ‘जसले गर्दा मलाई सानैदेखि खेलप्रति रुचि बढ्दै गएको थियो । त्यसको प्रभाव हो । अहिले म खेल क्षेत्रमा लागेको ।’

सानोमा गाउँमा अन्य खेलहरू हुँदैन थिए, त्यसैले मैले सुरुमा रनिङ गर्नेदेखि भलिवल खेल्ने गर्थे । उनी गाउँदेखि स्कूलमा हुने विभन्न प्रतियोगितामा सहभागी हुन्थे । आपूm सहभागी भएका खेलमा पदक तथा प्रमाणपत्रहरू जित्थे । गाउँमा प्रायः चाडपर्वको समयमा प्रतियोगिताहरू भइरहन्थे । ती प्रतियोगितामा उनी पनि सहभागी हुन्थे । करिब ५÷६ वर्ष अघिको कुरा हो, गाउँमा वडा कार्यालयको आयोजनामा खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगिता विभिन्न विधाका खेलहरू थिए, त्यसमध्ये म रनिङमा सहभागी भएको थिएँ ।

प्रतियोगितामा धेरै जना सहभागी भएका थिए, उनीमध्ये म सबैभन्दा सानो थिएँ । त्यसैले होला कतिपयले मलाई नदौड्न भन्नुभएको थियो तर मलाई सहभागी हुने रहर भएको बताउँथे । ‘रनिङ प्रतियोगिता सुरु भयो । प्रतियोगितामा धेरै प्रतिष्पर्धीलाई पछि पार्दै म तेस्रो हुँदाको क्षण मलाई धेरै खुसी लागेको थियो’, उनले भने, ‘आपूmभन्दा ठूलालाई रनिङमा जितेर नगदसहित मेडल र प्रमाणपत्र जित्दाको क्षण मेरो सम्झनामा सधैँ आउने गर्दछ ।’ प्रतियोगिताले मलाई पहिलो पुरस्कार दिलाउने मात्रै नभएर खेल क्षेत्रमा निरन्तर रूपमा लाग्न प्रेरित गरिरहेको उनी बताउँछन् ।

गाउँ रहँदा रनिङ र भलिबल खेल्ने गरेका उनी ०७६ सालमा पढाइका लागि घोराही आए पनि प्रहरी बोर्डिङ स्कूलमा भर्ना भए । प्यूठानमा कहिलेकाहीँ हुने विभिन्न प्रतियोगितामा सहभागी हुने गरेका उनलाई प्रहरी बोर्डिङ स्पोर्ट स्कूलका रूपमा बन्न पुग्यो । त्यहाँ उनले पढाइसँगै खेललाई समेत अघि बढाउने अवसर प्राप्त गरे । त्यस क्रममा उनले भलिबल, बास्केटबल, कवड्डी, बक्सिङ, ज्यावलिङ्लगायतका खेलहरू सिक्नथाले तर ती खेलहरूका जिल्लामा प्रतियोगिताहरू नहुँदा सिक्ने मात्र भयो । उनले आपूmले सिकेको सीप परीक्षण गर्ने ठाउँ पाएनन्।

जसले गर्दा उनलाई हाप्किडो खेलले तान्यो । उनी सम्झन्छन्, ‘म एक दिन घोराहीको भरतपुर मैदानमा रनिङका लागि गएको थिएँ, त्यहाँ आपूmजस्तै उमेर समूहदेखि स–साना भाइबहिनीहरू खेलेको देखेँ । खेलको बारेमा सोध्दा त्यो खेल हाफ्किडो खेल रहेछ । खेलको बारेमा गुरुसँग बुझेर र त्यसपछि सिक्न थालेँ ।’ हाप्किडो खेल सिक्नका साथै उनले विभिन्न स्कूलहरूमा अहिले खेल सिकाउन समेत थालेका छन् । त्यसमा उनको सहयोगी बनेका छन्, मार्सल आर्टस् हाप्क्डिो संघ दाङका अध्यक्ष भुवन बुढा मगर र हाप्किडो खेलका प्रशिक्षक खलजित बुढा मगर .. ।

खेल क्षेत्रमा लागेको छोटो समयमा तीन दर्जन बढी विभिन्न प्रतियोगितामा सहभागी बनेका उनले धेरै खेलमा मेडल जितेका छन् । हाप्किडो खेलको चौथो, पाँचौँ र छैठौँ राष्ट्रिय प्रतियोगितामा लगातार गोल्ड मेडल प्राप्त गरेका छन् । चौथो काठमाडौंमा, पाँचौँ प्यूठान र छैठौँ नुवाकोटमा भएका प्रतियोगिता गोल्डमेडल प्राप्त गर्दाका क्षणहरूले खेल जीवनमा अघि बढ्न थप हौसलासँगै खुसी थप्ने गरेको भन्दै उनी भन्छन्, ‘मैले विभिन्न प्रतियोगितामा उपाधि जितेको थिए तर लगातार तीनवटा प्रतियोगितामा जित्नसकेका थिएनन्, हाप्किडोमा लागेपछि जितेको छु । तीनवटा मेडल जित्दाको क्षण मेरो जीवनको खुसीको क्षण हो । सम्झनलायक क्षण हो ।’

खेलसँगै पढाइमा राम्रो गरेका उनलाई प्रहरी बोर्डिङले कक्षा ९ र १० मा स्कलरसिपमै पढाएको थियो । अहिले घोराहीकै जनज्योति बोर्डिङ स्कूलमा पनि स्करलसिपमा कक्षा ११ मा व्यवस्थापन संकाय पढिरहेका छन् । उनलाई प्रहरी बोर्डिङबाट कक्षा ७ मा अध्ययन गर्दा खेलेको कबड्डी प्रतियोगिताले धेरै खुसी दिएको बताउँछन् । ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत प्रहरी बोर्डिङबाट म खेलमा सहभागी भएको थिएँ । फाइनल खेल गोर्खा बोर्डिङका खेलाडीसँग प्रतिस्पर्धा गर्दाको क्षणलाई मलाई सम्झना छ’, उनी भन्छन, ‘उक्त प्रतियोगितामा प्रहरी स्कूलको टिम उपविजेता भए पनि त्यो खेलमा सहभागीबाट पाएको माया, हौसलाले धेरै खुसी मिलेको थियो । त्यो क्षणले खेल जीवनमा धेरै खुसी दिएको छ ।’

गाउँको श्री शिव माध्यमिक विद्यालय स्वाउलीवाङमा ६ कक्षासम्म पढेका उनले नेपाल पुलिस स्कूल गुलरियामा कक्षा १० सम्म अध्ययन गरेका हुन् । अहिले घोराहीकै जनज्योति विद्या मन्दिरमा व्यवस्थापन संकायमा ११ कक्षा अध्ययन गरिरहेका छन् । खेल क्षेत्रमा अघि बढिरहका उनले हाप्किडो खेलबाट वल्र्ड च्याम्पियन खेल्ने सपना देखेको बताउँछन् । खेलका माध्यमबाट आप्mनो, आफू जन्मिएको ठाउँसँगै देशको नामलाई खेलका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने धेय बोकेका खेलाडी भन्छन्, ‘हरेक खेलाडीको एउटा लक्ष्य हुन्छ, त्यो मेरो पनि छ । मलाई पनि वल्र्ड च्याम्पियन प्रतियोगिता खेल्न मन छ । त्यही कारण पढाईसँगै खेलमा संघर्ष गरिरहेको छु । आशा छ कुनै दिन त्यहाँ पुग्नेछु ।’

प्रस्तुती : लिलाधर वली