भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनल प्रवेश

दाङ,३१ भदौ । इतिहास मै पहिलो पटक नेपाली महिला फुटबल टिमले भारतीय महिला फुटबल टिमलाई 1-0 ले पराजित गर्न सफल भएको छ ।

त्रिपुरेश्वर स्थीत दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा रश्मीकुमारी घिसिङले  निर्णायक गोल गरेकी थिइन । पहिलो हाफको अन्तिम मिनेटमा उनले उत्कृष्ट गोल गर्दै नेपाललाई फाइनल प्रवेशका लागि ढोका खोलेकी थिइन् । दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

यो हारसंगै भारत नेपालमा जारी Saff Women’s Championship 2022 बाट बाहिरिएको छ भने नेपाल प्रतियोगिताकाको फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उपाधिको लागि नेपाली महिला टिमले बङ्गलादेशको महिला टिमसंग प्रतिस्पर्धा गर्ने छ ।