चुनावी नारा : जनता मारा, नेता सर्वहारा

  •   
  •  

मधुसूदन सुवेदी
चुनाव त्यस्तो कार्य हो जुन कार्य देश निर्माणका लागि असल पात्रको छनोट गर्ने एक महान् गतिविधि हो । यो गतिविधिलाई सञ्चालन गर्ने तिथि, मिति, र समय राष्ट्रिय पर्वकै रुपमा लिइन्छ र लिनु पर्दछ । एउटा राष्ट्रिय पर्व भनेको राष्ट्रिय उत्सव हो । हाम्रा राष्ट्रिय पर्वहरु धार्मिक, सामाजिक र राजनीतिक तहले ३ प्रकारका पर्वहरु पर्दछन् ।

धार्मिक पर्व भन्नाले तिज, दसैँ, तिहार, छठ, माघी आदि जस्ता हुन भने सामाजिक पर्व भन्नाले गौरा, ल्होसार, जात्रा, रथ यात्रा, उधौली, उभौली पर्व आदि जस्ता हुन् । यी सबै पर्वले नेपाली समाजलाई हर्ष, उललास, उमंग र मनोरञ्जन वातावरणमा राख्ने प्रयास गर्दछन् । जुनसुकै विधाका पर्व भए तापनि, जुनसुकै धर्म, जात र संस्कृतिका पर्व भए पनि राज्यले सम्मान गर्नु पर्दछ र यस्ता पर्वहरुमा नेपाली जनताका लागि आवश्यक पर्ने हरेक वस्तु र पदार्थहरुमा सर्वशुलभता प्रादान गराउनु पर्दछ ।

राम्रो देशमा आजसम्म यस्ता राष्ट्रिय पर्वसुलभता प्रदान गराउनु पर्दछ । हाम्रो देशमा आजसम्म यस्ता राष्ट्रिय पर्व आउँछ नेपाल सरकारको तर्फबाट र नेपाल राज्यको तर्फबाट त्यस्तो व्यवस्था गरिएको पाइँदैन । भर्खरै नेपालमा तिज पर्वले एक वर्षको लािग बिदा लिएको छ भने अब अर्को महिनामा महान पर्व विजयादशमी पर्वको आगमन हुँदैछ । यस्ता पर्वमा नेपाल सरकारले हिजो के ग¥यो ? आज के गर्दैछ र भोलि के गर्ला ? कुनै जवाफ नै छैन । पर्वको मुखमै आएर बजार अनुगमन गर्ने सरकारले रातारात मूल्य बढाइदिन्छ ।

खाद्य पदार्थमा कति अखाद्य पदार्थ छ भन्ने जाँचबुझ गर्दैछ र गरे पनि नाटक, अभिनय र देखाउनको लागि झारा टार्दछ । नेपाली जनतालाई यस्ता चाडपर्व मान्न, धान्न, तान्न, जान्न कति कठिन छ । त्यो कुरा बुझ्छ कसले ? पर्वको नाममा विकृति मिसिएको सरकारलाई चासो हुँदैन । पर्वका नाममा महँगी बढेको राज्यलाई गुनासो हुँदैन । पर्वका नाममा भाँडभैलो मच्चिएको नेपाल सरकारलाई चिन्ता हुँदैन । केवल औपचारिकता निभाउने र भइरहेको गतिविधिलाई रोक्न नसक्ने सरकारी नीतिका कारण जनता हरेक पर्वमा मारमा छन् ।

अब नेपालमा जनता चुस्नै यो बलयो समय हो । किनभने एकपछि अर्कौ पर्व लगातार महिनैपिच्छे आउँदै छन् । जति पर्व नजिकिन्छन् त्यत्ति नै जनताका सेवा र सुविधा टाढिँदै छन् । जनताको चिन्ता, चासो र गुनासो सुन्ने निकाय हिजोदेखि कै निकम्मा छ । जनताको एक वर्षमा एक पटक रमाउने सुविधा नदिने, नपाउने देशका नेताहरुका लागि भने दिनहुँ दसैँ र तिहार छ । उनै जनता यिनै जनताले छानेका जनप्रतिनिधिलाई सधैँ दसैँ र सधैँ चाडपर्व आउने तर तिनै नेता यिनै नेता छान्ने जनताका लागि पर्व मनाउन वर्षमा एकपटक पनि सुख मनले, शान्त मनले सुलभ वातावरणले सहजै ढङ्गले नपाउने, जहिल्यै महँगीको भय, त्रास, डर, आतंकमा रहनुपर्ने ?

यो कसको लागि किन गरिएको कर्म हो ? सधैँ जनता चुसेर देश चलाउने आशा राख्ने । सधैँ जनता पेलेर तेल चाट्ने भरोसा गर्ने यस्तो मतिले राज्यको धर्म निर्वाह हुन्छ ? चाहे यो सरकार होस् चाहे त्यो सरकार होस्, चाहे जोसुकै सरकार होस् सबैले पर्वकै मुखमा आएर मान्ने के हो भने अब दसँै आयो हामीले जनतालाई महँगीको चपेटामा पर्न दिन्नौँ र खाद्यान्नमा गुणस्तर कायम गर्छौँ । अब तिहार आयो, हामी जनतालाई हरेक सामा सर्वसुलभ बनाउँछौा र खाद्यान्नमा गुणस्तरको चेकजाँच गर्छौँ । अब छठ पर्व आयो हामीले जनताका आवशयकतालार्य सहज आपूर्ति गर्छौँ र खाद्य पदार्थमा भएको मिसावटलाई नियन्त्रण र निगमन गर्छौ ।

अब चुनाव आयो हामी जनतालार्य डर, त्रास, भय आतंकबाट मुक्त गराउँछौा र अति शान्तिप्रिय ढङ्गबाट चुनाव सम्पन्न गर्छाैँ । यो सबै ओठे बोली हुन् । यी सबै भजनका चुट्का हुन् । यी सबै सुनाउने गायत्रीमन्त्र हुन् र यी सबै बल्छीमा उनेर राखिएका गँड्यौला र कीरा हन् । नेता दसैँ आए पनि उठ्ने, तिहार आए पनि उठ्ने, छठ आए पनि उठ्ने र चुनाव आए पनि उठ्ने तर जनता सधैँ सुतिरहने । यो देशमा हरेक समयमा हरेक बेलामा र हरेक बखतमा उठिरहने तर जनता उठ्ने कहिले ? जवाफ कसैसँग छ ? चुनावी नारा के हो ? यसले के गर्छ ? यसले के दिन्छ ? यसले के भर्छ ? नारा कसका लाग ? नेता सधैँ सर्वहारा, जनता सधौ आँसुधारा किन लगाउने, नाटकी नारा । अब सबैमारा बन्द गर ।

लोकतन्त्रमा लोकको हालत देखियो । गणतन्त्रमा गणको अवस्था देखियो । नयाँ नेपालमा नेपालको स्थिति जातियो । समाजवादमा समाजको अवस्था जानियो । प्रजातन्त्रमा प्रजाको हरिविजोग थाहा पाइयो । सर्वहारा नीतिमा सर्वमारा नीति देखियो भने के हर्न बाँकी छ र ? अझ यसमा थपिएको आलंकारिक भाषा के भने – जनताको बहुदलीय जनवाद हो । यो भनेको के हो ? कहाँ छ, जनवाद ? जन भनेका को हुन् ? नेता कि जनता ?

नेपालको संविधानले लोक, प्रजा, जन भन्ने शब्दले कसलाई जनाएको छ ? कसलाई इंगित गरेको छ ? नेताभन्दा पर एकबित्ता पर नसरेको राजनीतिले जनतालाई कहाँ छोयो ? सर्वहारावर्गमा जनता कि नेता ? सर्वहारावर्गको सिद्धान्त के ? काले–काले मिलेर खाऔँ भाले । यही हो उन्नत समाजवाद भनेको ? जसरी भए पनि नेताको उन्नति, प्रगति, मान, मर्यादा, पहुँच र प्रतिष्ठा गुम्नै नपाउने हो ? यो भन्दा फरक ढङ्गले अर्थ लगाउने कसैको हिम्मत र तागत छ ? सक्छौा पुष्टि गर्न ? सक्छौ प्रमाण दिन ? अब नारा नलागऊ ।

नेपाल जस्तो सानो मुलुकमा नारा लगाइरहनु पर्ने कुनै जरुरी छैन । सक्छौ काम गरेर देखाउ सक्दैनौ झुठको खेती बन्द गर । मानिसमा भएको चेतनालाई मास्ने र नास्ने काम नगर । जनता जगायौँ भन्नेले आज जनता भगायौँ भन्ने अवस्था छ । जनता कहाँ जागे ? जनता जागेका होइन बरु उल्टै आफ्नो भारी, आफ्नो देश, आफ्नो भूमि, आफ्नो समाज, आफ्नो छिमेक, आफ्नो परिवार, आफ्नो सेरोफेरो छोडेर, त्यागेर, भुलेर, बिर्सेर परदेश, विदेशमा भाग्दै छन्, डाँडा काट्दै छन्, छोड्दैछन् । हतार–हतार नेपालको सीमानाबाट पार हुँदैछन् । यही हो जनता जगाएको उपलब्धि ? जनता भगाएर जगायौँ भन्ने ।