ज्यामिरे वन समितिमा नयाँ नेतृत्व, अध्यक्ष्मा बस्नेत

  •   
  •  

दाङ,२६ भदौ । घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे सामुदायिक वन उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको वन समूहको अधिवेशनले रिना बस्नेतको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।

वन समितिले स्थापना भएको करिव ३ दशकपछि पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष केशव केसी, उपाध्यक्षमा उपाध्यक्ष मनबहादुर पुन, सचिव अमृतबहादुर रोका, सहसचिव राजेन्द्र घर्तीमगर र कोषाध्यक्ष सुरजनी सुनार सर्वसहमतिमै चयन भएका हुन ।

त्यसैगरी सदस्यहरुमा वसन्त रोका, विनप्रसाद रोकामगर, सम्झना नेपाली, निमबहादुर गुरूङ्ग, रेखा पाण्डे, नीमबहादुर पुन र झमबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका हुन ।