जिल्लास्तरिय हाजिरजिवाफ प्रतियोगीता

तुलसीपुर,२४ भदौ । एन प्याव्सन दाङको आयोजनामा शुक्रवार जिल्लास्तरिय हाजिरीजवाफ तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोधकुमार डाँगीको प्रमुख आतित्थ्यता तथा तुलसीपुर शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी र ज्ञानज्योति माविका सिईओ सुरेन्द्र जिसीको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो ।

तुलसीपुरको ज्ञानज्योति माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा अमृत एकाडेमी शान्तिनगरका सुवर्णा विष्ट र निश्चल पाण्डेको समूह प्रथम भएका छन । प्रतियोगितामा डिभाईन टेम्पल एकाडेमी तुलसीपुर ६ का शुलभ रावत र जेनिसा विसीको समूह दितिय, जनप्रिय इग्लिस स्कुल बालापुरका साजन गिरी र रोजिना चौधरिको समूह तृतीय भएका थिए ।

त्यसैगरि प्रतियोगितामा सान्त्वना स्थान लोकप्रिय विद्यामन्दिर शान्तिनगरका किरण रावत र सोनु खडकाको समुह भएको थियो । सोही अवसरमा एसईई परीक्षा २०७८ मा नेशनल प्याव्सन दाङमा आवद्ध विद्यालय मध्यवाट सवैभन्दा धेरै जिपिए ३.९५ सहित उत्तीर्ण हुने ज्ञानज्योति माविका छात्रदय सुवास वली र रिक्किबाबु भट्टराई तथा छात्रातर्फ समेत ३.९० जिपिएसहित उत्तीर्ण हुने सोही विद्यालयका निशा योगी र मुना शर्मालाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल ज्ञानज्योति माविलाई समेत सम्मान गरियको थियो । प्रतियोगितामा प्रथम,दितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा एन प्याव्सन प्रदेश नम्बर ५ का सदस्य केपी न्यौपानेलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एन प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।