नेपाली समाजमा भूतपूर्वको महत्व

  •   
  •  

युवराज शर्मा
नेपाल यस्तो देश हो, जहाँ भूतपूर्वको नेपाली समाजमा धेरै महत्व छ । हुन त यहाँको समाज पनि भूतपूर्वहरुको बस्तीहरु देख्न पाइन्छ । त्यस्ता व्यक्तिहरुमा राजनीतिक पदबाट हटेका व्यक्तिहरु धेरै छन् ।

भारतीय सेना, ब्रिटिस सेना र नेपाली सेनाबाट रिटायर्ड भएका व्यक्तिहरुमा ब्रिटिस सेनाहरुलाई पहिलो भूतपूर्वको महत्व छ । त्यसपछि भारतीय सेनाका भूतपूर्व र अन्त्यमा नेपाली सेनाका भूतपूर्वको सम्झना हुन्छ । जस्तो जहिले देखिय । समस्यामा सल्लाहका लागि राष्ट्रपतिले बोलावट भएको अवस्था देखियो । यो बोलावटका सम्बन्धमा भूतपूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सेनाहरुको भूतपूर्वको बैठक संविधान सम्मत भएन भन्न सकेका थिए ।

आफैले बनाएको संविधानका सम्बन्धमा भूतपूर्व प्रधानमन्त्रीहरुलाई ज्ञान रहेनछ, नागरिकले बुझेका छन् – वर्तमान समयमा यी नेताहरुले आफूले बोलेको बोलीको महत्व छैन भन्ने हेक्का पनि राख्दैनन् । यिनीहरुको राजनीति जनता अगाडि भूत भएको छ । नेपालको संविधान २०७२ को निर्माणकर्ताहरु यिनै भूतहरु हुन् । नागरिकका लागि संविधानले ेही दिएन तर यस्ता भूतपूर्व प्रधानमन्त्रीहरुले गणतन्त्रका नाउमा लुटतन्त्र ल्याए । नागरिकलाई करको भारी बोकाएर ढाड सेकाएका छन् ।

देशमा बिहरीशैली भिœयाएर राष्ट्रियता नेपालबाट कता–कता पु¥याउने हुन् अत्तोपत्तो छैन । निर्वाचनमा मतदान गर्दा सचेत बनेर भूतहरुलाई धपाउनु पर्छ । नयाँ व्यक्तिलाई उसको गुणअनुसार पदमा पदस्थापन हुनुपर्छ । जसरी काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहलाई मतदाताले निर्वाचित गर्न सफल भए । उनीहरुले काठमाडौँबाट भूतहरुलाई धपाए ।

कुनै कार्यक्रममा त्यस कार्यक्रमका आयोजकहरुले भूतलाई महत्व दिएर भूतपूर्वको माननीयलाई धेरै महत्व दिएका हुन्छन् । यस्तो गर्नु राजनीतिज्ञहरुप्रति देखाएको चाकडी प्रवृत्ति हो । जसको बौद्धिक स्तर शून्य छ । तर ऊ भूतपूर्व हो । नेपाल स्वतन्त्र र सार्वभौम सम्पन्न देश हुँदाहुँदै पनि पराधीनमा बाध्न खोज्ने भूतहरुको महत्व हुनु खतराको घण्टी बजेको हो । गाउँघरमा पालिकाअन्तर्गतका भूतपूर्वका नेताहरुको महत्व छ ।

त्यस्तै जिल्लामा पनि भूतपूर्वको महत्व छ तर निजामति, न्याय, प्रहरी, सेना, संघसंस्था, समिति, कम्पनी, प्राधिकरणजस्ता सरकारी कार्यालयहरुबाट निवृत्त भएकाहरुलाई राजनीतिक व्यक्तिहरुले महत्वहीन व्यक्ति ठान्छन् । उनीहरुले बनाएका ऐन नियमहरुको कार्यान्वयन गर्नै क्षेत्रमा काम गर्नेहरु धेरै अनुभवी छन् तर उनीहरुप्रति राजनीतिज्ञहरुले नकारात्मक सोचाइ राख्छन् । जब कि उनीहरु नै कार्यक्षेत्रमा स्थायी सरकार हुन् । मन्त्रालयमा ६ महिने मन्त्रीको महत्व बढ्छ । तर समाजमा भूतपूर्व मन्त्रीज्यू, माननीय, आदरणीयका शब्दहरु बढी सुन्न पाइन्छ । यस्ता भूतपूर्वको जमघटले नेपालको अस्तित्व नै रहन्न कि भन्ने आशंका गर्छन्, युवाहरु ।

नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरुको जमघट भयो । त्यहाँ आ–आफ्नो परिचय सुनाउँदै थिए । कसैले आफू ५ पटकसम्म प्रधानमन्त्री भएको सुनाए भने एकजनाले कान्छो प्रधानमन्त्री भन्न चुकेनन् । तर कसैले पनि मेरो कार्यकालमा नागरिकका लागि यो–यो काम गरेँ भन्न सकेनन् । आफूहरु भूतपूर्व भएको महत्व दर्शाएका थिए । यो दृश्य देखेर उनीहरुका अंगरक्षकले भने – भूतपूर्वहरुको काम भूत नै भएछ ।

त्यस्तै डिभोर्स भएा पत्नीहरुको जमघट देखियो । त्यहाँ पनि आफ्ना भूतपूर्व प्रेमीहरुको प्रशंसा गरेका थिए । भूतपूर्व जनप्रतिनिधिहरुको जमघट भएको थियो । त्यहाँ पनि उनीहरुले भूतपूर्व भइयो भन्दै शोक मनाएका थिए । कसैले काठमाडौंमा घर बनाए भने कसैले सहरबजारमा घर बनाएको उपलब्धि सुनाए । उनीहरुमध्ये एकजना भूतपूर्व जनप्रतिनिधिले भने मैले घर बनाउन सकेन तर भूतपूर्व पत्नीलाई पुनः घरमा भिœयाएको कथा सुनाएका थिए । उनको भनाइ थियो – महत्व भूतपूर्वको हुन्छ । पञ्चायती शासनकालमा पनि भूतपूर्वका पदाधिकारी हुन्थे । उनीहरु राजदरबारमुखी थिए ।

बहुदलीय शासनकालका प्रजातान्त्रिक प्रधानमन्त्री, मन्त्री, माननीय, सांसद र धेरै जनप्रतिनिधिहरु छन् । उनीहरु भूत भएका छन् तर गणतन्त्रका भूतपूर्वहरुको महत्व छ । नेपालको परिवर्तन नै भूतपूर्व हुनु हो । त्यसको महत्व समाजमा धेरै हुन्छ । त्यसैले होला, गाउँदेखि सहरबजारसम्म नेपाली भूतपूर्वहरु वर्षेनी बढ्दै छन् । काले–काले मिलेर मिलेर खाऔँ भाले भन्ने उखान गणतन्त्रको शासन पद्धतिले देखाउँदै छ । भूतपूर्वको महत्व बढेको देखिन्छ ।

यस व्यवस्थामा धेरैभन्दा धेरै सार्वजनिक सम्पत्तिको व्यवस्था व्यवस्थित भएन । सञ्चालन प्रभावहीन बन्यो । जनप्रतिनिधिहरुमा बहुंख्यक कमाउ धन्दामा लागे । त्यसैले होला नागरिक भन्छन् – भूतपूर्व र वर्तमानका व्यक्तिहरु कमाउ धन्दामा लागे । जसले कमाउन सकेन त्यसको महत्व समाजमा छैन । राणाहरुले भन्थे एउटाको घर नरित्तिएसम्म अर्काको घर भरिन्न । वास्तवमा यो भनाइ नेपाली समाजमा सार्थक बनेको छ । वर्तमान समय मै खाउँ, मै लाउँ, मै मोजमजा गरुँको वातावरण बनेको छ ।

सामाजिक वातावरण हराएको छ । मान्छे देखेर मान्छे डराउनुपर्ने वातावरण बनिसकेको छ । कसैले समाजोपयोगी काम गर्छ भने त्यसलाई गुण्डा र राष्ट्रघाती भन्नेहरु सत्तासीनका मान्छे भएका छन् । यो देशमा विकास भन्दा विनाश चाहनेवर्गको संख्या धेरै बढेको छ । जसलाई भूतपूर्वहरुको आशीर्वाद भइरहन्छ । यस्तो वातावरणमा विकासको गति घट्छ । अपराधी प्रवृत्ति बढ्छ । समाजमा त्यस्तै वातावरण बनिरहेको छ । कसरी परिवर्तन भयो ? भूतपूर्वहरुको वृद्धिलाई परिवर्तन भनेको लाग्यो ।

परिवर्तन देशमा ल्यायौँ भन्नेहरुले सामाजिक अवस्थालाई देख्नुपर्छ । अन्धा नाचे तीन फन्को उदाहरण जनताको भनाइ छ । सडक नै देश विकासको आधार हो । ५ वर्षका लागि दिएको ठेक्का ठेकेदारले, १५ वर्षसम्म पनि पूरा हुँदैन । यसको दोषी हेक्का दिने भूतपूर्व हाकिम कि ठेकेदार ? प्रश्नको उत्तर छैन । जनताले दुःख भोग्नुपर्ने अवस्था छ । तर राष्ट्रको ढुकूटीबाट रकम खर्च भइरहेको छ । अहिले देश लथालिङ्ग, भताभुङ्गको वातावरणमा छ । कुनै पनि भूतपूर्वले नभने भयो– हामीले सडक बनाएका छौँ । समाज आउजाउमा पीडित छन् । गाउँघरमा भन्छन्– भूतपूर्वको काम नै भूत हो ।

नेपालको राजनीतिमा आत्मबल छैन । राजनीतिज्ञले राष्ट्र र राष्ट्रियताको अडानका लागि राजनीति गर्दैनन् । व्यक्तिगत स्वार्थ पूरा गर्न गर्छन्, भूतपूर्व बन्छन् । आफू भूत बनेको थाहा पाउँदैनन् । स्वार्थी जीवनशैलीका राजनीतिज्ञहरुको बोलवाला भएकाले भूतहरुले खेल खेल्छन् । राष्ट्रलाई भकुण्डो बनाएका छन् । कता बल फ्याक्ने हुन् अत्तोपत्तो छैन । बोलीको अडान भएका भूपू प्रधानमन्त्रीहरु र लहलहैमा निर्णय गर्ने निर्णायकहरुले राष्ट्रलाई कुन खाल्डोमा फ्याक्ने हुन् ? भन्न सकिन्न ।

सत्तालाई खेलमैदान बनाएका छन् । वर्तमान समयमा भूतपूर्वहरुलाई सम्बोधन गर्दा भूत शब्द हटाएर पूर्व मात्र भन्ने गरेको सुन्छौँ । यस्तो चलनको एउटै कारण हो पुराना जनप्रतिनिधिहरु नागरिकका सामु कमजोर अवस्था देखियो । उनीहरुलाई बल पुगोस् भनेर भूत शब्द झिकेको र पूर्व मात्र राखेर सम्बोधन गर्ने गरेको बुझिन्छ भन्छन्, जनप्रतिनिधिहरुको भाषण सुन्नेहरुले । यस्ता जनप्रतिनिधिहरुले देश र नागरिकलाई के दिए ? के दिने आश्वासन दिएर गए ? हाम्रा भूतपूर्व जनप्रतिनिधिहरुले किन महत्व दिइन्छ ? सम्झनै पर्छ । नेपाली समाजमा भूतपूर्वको महत्व पनि छलफलको विषय भएको छ ।