बङ्गलाचुली,२३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेस बिना लोकतन्त्र सम्भव नहुने भएकाले लोकतान्त्रिक व्यवस्थालाई बचाई राख्नका लागि आगामी निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २(क)को आयोजनामा बुधबार बङलाचुलीको कमिरेचौरमा भएको ´जनताको साथमा कांग्रेस`अभियानअन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यीय घिमिरेले कांग्रेसले चलाएको अभियानले सबैलाई अन्तरमनले कांग्रेसलाई आमजनताको साच्चीकै सुखदुखको साथी बनाउन भूमिका खेलेको बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि रहेका घिमिरेले नेपाली कांग्रेस बिना लोकतंत्र सम्भव नरहेकोले नेपाली कांग्रेस र लोकतंत्र एक आपसमा पर्याय भएको बताएका थिए । कार्यक्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं ´जनताको साथमा कांग्रेस`अभियानका प्रतिनिधि छन्द पहाराईले उठेका प्रश्नहरुलाई प्रष्ट पार्दै जनतालाई लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउने गरि कांग्रेसको अभियानमा जोडिन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति २(क)का सभापति प्रकाश श्रेष्ठको अभियानका बारेमा विषय प्रवेश गराएका थिए । कांग्रेस प्रदेशसभा क्षेत्रीय सभापति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरु बिरकेश्वरी गौतम, मोहनलाल वली, महाधिवेशन प्रतिनिधिहरु गोपालराज शर्मा,किरणकिशोर घिमिरे,बङलाचुली गाउपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण सुबेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा बङलाचुली १ का तरुण दलका अध्यक्ष जनक टोमटा,वडा सदस्य यमलाल बुढा,कार्यपालिका सदस्य गणेश बिश्वकर्मा,बङलाचुली वडा नं १ का वडाध्यक्ष बिष्णु कुँवर,वडा नं २ का वडाध्यक्ष मैते पुन मगर,वडा नं ४ का वडाध्यक्ष डांसबहादुर डांगी,वडा नं ६ का वडाध्यक्ष डोमबहादुर के सी, वडा नं २ का कार्यबाहक सभापति ईश्वर रोका,वडा नं ४ का सभापति शिवराज परियार,नेपाली कांग्रेस दाङका सदस्य निर्मलादेवी खनालले अभियानका बारेमा जिज्ञासासहित धारणा राखेका थिए।
नेपाली कांग्रेस बङलाचुलीका सभापति जागेश्वर अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं२(क)का सचिव शिशिर अधिकारीले गरेका थिए ।