पर्व र उत्सवमा बढ्दो सामाजिक सञ्जालको दबाब

  •   
  •  

भुवन पोख्रेल
अरुले के भन्लान् भन्ने दासतापूर्ण मानसिकतामा हामीले आफ्नो सिङ्गो जीवन व्यतीत गर्दछौँ । जीवन हाम्रो हो, त्यसर्थ अरुले के भन्लान् भन्दा पन िआफूलाई के कुरा जायज र मनासिव लाग्छ त्यो गर्न पाउँदा आफू अलिक स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्न पाइरहेको आभाष हुन्छ । हाम्रो जीवन निजी जीवन हो । यसलाई हाम्रै तरिका र शैलीमा व्यतीत गर्न पाउनु हाम्रो मौलिक अधिकार हो ।

अरुका लागि हाम्रो बनावटी हाँसो कति दिन हाँस्न सक्छौँ यदि आफ्नो मन खुसी र सन्तुष्ट छैन भने । सकी नसकी अरुलाई खुी पार्न खोज्दछौँ । अरुको गत्तिलो हुने चक्करमा हामीले आफ्ना रहर, इच्छा, चाहनालाई कुल्चन पुग्दछौँ । आफ्नो मन र चाहनालाई अरुले के भन्लान् भनेर दबाउँछौँ । अरुलाई प्रभावित पार्न र अरुको मन जित्नका लागि आफ्नो हृदयको आवाजलाई बेवास्ता गर्न पुग्दछौँ । आफ्नो आर्थिक हैसियत भइ नभइ अरुलाई देखाउनकै लागि सम्भ्रान्त परिवारले अपनाउने जीवनशैली अपनाउन कोसि गर्दछौा, अरुलाई देखाएर आफ्नो हैसियतको सान दिन्छौा ।

अब ामीले लगाइ, खुवाइ, हिडाइ, बोलाइमा मात्र होइन धर्म, संस्कृति, चाडपर्वमा पनि आफूलाई माथिल्लो स्तरको देखाउनका लागि तछाडमछाड गर्दछौँ । हामीलाई हरेक कुरामा अरुभन्दा जान्ने सुन्ने हुन परेको हुन्छ । देखाउनकै लाग भए पनि हामी सकी नसकी खर्च गरेर आर्थिक बोझ थपिरहेका हुन्छौँ । भर्खरै नारीहरुको महत्वपूर्ण चाड तिज बिदा भएको छ । यस्ता चाडहरु विशुद्ध सांस्कृतिक र धार्मिक रुपमा मनाउँदा सबैबीच सौहार्द सम्बन्ध स्थापित हुन पुग्छ तर आडम्बर र भड्किलो ढङ्गले मनाउँदा समाजमा विकृति र विसंगति झाँगिन्छ ।

पर्वहरुलाई आर्थिक हैसियतसँग जोड्ने हो भने पर्वको गरिमा र महिमा घट्न पुग्दछ । चाडपर्व भनेका सांस्कृतिक, धार्मिक महत्व बोकेका हुन्छन् । यही अवसरमा आफन्तहरु, साथीभाइ, छरछिमेकी एकआपसमा सुख–दुःख साटेर धुमधामसँग सौहार्दपूर्ण तरिकाले पर्वहरुलाई बिदा गर्नु पर्दछ । घाँटी हेरी हाड निल्नु पर्दछ भन्ने उखान त्यसै प्रचलनमा आएको होइन । अरु घोडा चढ्यो भनेर आफू धुरी चड्नु भएन ।

धर्मलाई अध्यात्मिक पक्ष मानिन्छ । धर्महरुलाई देखाउने वा देखावटीपन झल्कने कुरा वा विषय होइन । साउन महिनाभरि हरिया पोशाक हरिया चुरा–पोते लगाएरु हरेक सोमवार महिला दिदीबहिनी मन्दिरमा घुइँचो गर्दै लाइन बसेर पूजा अर्चना गरेको देखियो । ओहो ! साच्चै अब सबै शिवभक्तहरुको धार्मिक आस्था पहिलाभन्दा बढेकै हो त भनेर सोच्न वाध्य भइयो । भक्तजनको ताँती शिवमन्दिरमा मात्र सीमित रहेन ।

त्यो भिडले फेसबुकका भित्ता र टिकटकका भित्ता पनि खचाखच भरिएर लाइक, कमेन्ट, शेयर र कपिलिङ्कले । अब तपाईँ पक्कै भन्नुहुन्छ मान्छे साच्चै धार्मिक प्रवृत्तिका बढेका हुन् छि देखावटीपन् ? पुराना पुस्ताका कुरा सुन्ने हो भने साउन महिनामा महिनाभरि हरिया चुरापोते लगाएर हरेक सोमवार शिव मन्दिर धाउने प्रचलन थिएन । अहिले समाजमा यो प्रचलन गाँजिएको छ । तिज पर्व पनि महिना दिन अघिबाट पार्टीप्यालेसमा जमघट भइ डिस्कोमा मदिराको तालमा नाच्ने प्रचलन पक्कै थिएन ।

तिज पर्वको मौलिकतामै प्रहार हुने किसिमले आडम्बरपूर्ण तवरले भाद्र महिनाभरि रेष्टुरेण्ट, होटल र पार्टीप्यालेसमा मनाइरहँदा कसको आर्थिक हैसियत धान्नसक्छ, अधिकांश निम्न, मध्यमवर्गका व्यक्तिको । यसरी पर्वहरु खर्चिला, भड्किला भइदिने हो भने सर्वसाधारण अरुले के भन्लान् भनी अरुलाई देखाउनकै लागि ऋणको गह्रौँ भारी बोक्न बाध्य हुनेछन् । आर्थिक हैसियत नमिल्ने सँगसँगै बसेर पर्व मनाउन नसक्ने गरी महँगा भएका छन् ।

अहिले मान्छेमा देखावटी प्रवृत्ति बढ्नुको कारण रेडियो, टिभी, सामाजिक सञ्जाल, फेसबुक, टिकटक, स्टाग्राम, युट्यूब आदि हुन् । यस्ता सञ्चार माध्यम र सामाजिक सञ्जालको व्यापकताले गर्दा देखावटीपन बढेको छ र पर्व मनाउने हाम्रा मौलिकतामा प्रहार हुँदै गइरहेका छन् । वस्तु र सेवा व्यापार प्रबद्र्धनका लागि गरिने विज्ञापनको प्रचारले हामी त्यस्ता वस्तु तथा सेवाहरु आर्थिक हैसियत भए पनि नभए पनि खरिद गर्न र उपयोग गर्न लालायित बन्न पुग्दछौँ ।

अहिले फेसबुक, टिकटक, स्टाग्रामलगायतका सामाजिक सञ्जाल बढेसँगै सार्वजनिक रुपमा दुःख, सुख साट्ने प्रचलन बढेको छ । अब परिवारमा पत्नीको जन्म दिनको शुभकामना पतिले सार्वजनिक रुपमा फेसबुकका भित्तामा लाखौँ साथीहरुलाई साक्षी राखेर केक काटेर मैनबत्ती फु–फु परेर दिन रुचाउने भएका छन् । खुसी परिवारमा मात्र सीमित रहेन, हामीले केक नकाटी मन्दिरमा गएर आm्नो प्रियजनको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना पनि सामाजिक सञ्जालका भित्ताको सहयोग नलिइकनै गर्न सकिँदैनथ्यो र ।

कुनै पारिवारिक जमघट भएर मीठा परिकार खाएको, राम्रा कपडा लगाएको, सुख–दुःख साटेको नयाँ ठाउँमा घुमे डुलेका, उत्सव मनाएका तस्वीर अरु सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नै आम मानसिकता बढ्नुलाई आडम्बरपूर्ण र देखावटी व्यवहार प्रदर्शन गर्ने होडबाजीभन्दा अनुपयुक्त नहोला । ग्ल्यामर फिल्ड अँगालेका, निश्चित शो बिजनेस सम्हालेका, विज्ञापन गर्नुपर्ने, भिडको ध्यान आफूतिर आकर्षित गर्नुपर्ने, सधैँ चर्चामा आएर चिनिनुपर्ने, पेसागत सफलता पाउन भिडको आकर्षणको केन्द्र बन्नुपर्नेहरुलाई सामाजिक सञ्जालमा पोस्ट गर्नु रहर नभइ बाध्यता पनि हुनसक्छ तर हामी आम सर्वसाधारणका लागि अरुले जे गर्छन् त्यो नपछ्याउँदा असामाजिक भइने हो कि, असभ्य र पाखे भइने हो कि भन्ने डरले पनि देखावटी गरिरहेका हुन्छन् ।

अरुले के सोच्लान्, अरुले के भन्लान् भनेर भिडको पछि लाग्नुभन्दा पनि आफ्नो विवेकले कुन सही र कुन बेठकि छुट्याउन सक्नु पर्दछ । आफ्नालाई उपयुक्त छ भने त्यो कुराहरु पछ्याउनु पर्दछ । अरुलाई देखाउनकै लागि अनावश्यक प्रतिस्पर्धा गर्नु हुँदैन । यसरी भड्किलो ढङ्गले पर्व मनाउन र उत्सव गर्न नसक्नेहरुमा लघुताभाष पनि गराएको छ । समाजमा हुनेखोन, शक्तिशाली, क्षमतावान् र माथिल्लो स्तरकालाई मात्र पछ्याउने प्रवृत्तिका कारण विपन्नवर्गमा हीनताबोधको भावना बढ्नसक्छ ।

केहीवर्गमा आफूलाई समाजमा अरुले कमजोर ठान्लान् कि भनेर पनि सकि नसकी देखावटीपन गरेका हुन्छन् । समाजमा आफनो हुँदै नभएको आर्थिक हैसियत देखाउन खोज्नु, सामाजिक तडकभडक गर्नु, अनावश्यक रुपमा पार्टी र भोज भतेर गर्नु, नभएको बौद्धिक र शैक्षिक स्तर प्रदर्शन गर्न खोज्नु भनेको समाजमा आफ्नो रवाफ र ढोँगी प्रवृत्ति प्रकट गर्नु हो ।

नेपालमा विशेष गरी निम्न–मध्यम आर्थिक स्तर भएका व्यक्तिले आफ्नो कमाइको सम्पूर्ण हिस्सा लगाएर सन्ततीको शिक्षा–दीक्षामा खर्चेका हुन्छन् । उनीहरुसँग आफू र आफ्नो परिवार बिरामी पर्दा खर्च गर्ने पैसा हुँदैन । सन्ततीको शिक्षा–दीक्षा, स्वास्थ्य, औषधोपचारका लागि भनेर बचत दुःखले गरेको पैसा, विवाह, भोजभतेर, ब्रतबन्ध, पास्नीलगायतका संस्कारहरु खर्च गरेर सकाउँछन् । यस्तो आडम्बरपूर्ण तडकभडकयुक्त प्रवृत्तिलाई हामीले देखासिकी गर्नु हुँदैन । अब सडक यातायात पुगेका गाउँहरु दही, मही होइन केक, फेन्टा रुचाउन थालेका छन् ।

ती कुराहरुको लोकप्रियता ह्वात्तै बढ्नुको पछाडि स्वास्थ्यबद्र्धक र हितकारी भएर होयन सहरबजारका मान्छेको देखासिकी हो । राम्रो कामको देखासिकी गर्न उपयुक्त हो तर अलिक सम्भ्रान्तवर्गले खाने, पिउने सफ्ट, हार्ड ड्रिङ्क्स पनि पिउन थाल्नु, रोटी, चना, कोदो, फापरका परिकारलाई लत्याएर पिजा, बर्गर, मःम, चिकनचिल्ली, ललिपप, केएफसीजस्ता परिकारलाई अहिलेका पुस्ताले पहिलो रोजाइमा राखेका छन् । भुटेका मकै, मकैका रोटी, फापर, कोदोका रोटी खाँदा आफ्नो आर्थिक हैसियत घटेकोजस्तो महसुस गर्ने भएका छन्, अहिलेका पुस्ता ।

समाजमा यसरी देखावटी व्यवहार प्रदर्शन गर्दा न्यून आय हुने र आर्थिक हैसियत कम भएका श्रमिक, साना किसान, कर्मचारीलगायतलाई दिनानुदिन आर्थिक भार र बोझले थिचेको छ । छोराछोरीको शिक्षा–दीक्षा र औषधी उपचारमा सामान्य खर्च जुटाउन मुस्किल पर्ने कम आए भएका परिवारले पनि धर्म, संस्कारका नाममा फजुल खर्च गर्न बाध्य हुनु भनेको गह्रौँ ऋणको भारी बोक्नु हो ।

यदि कसैले आफ्नो आर्थिक हैसियत नभएका कारण विवाह, वर्तमान, पास्नी, जन्मदिन मनाउनबाट वञ्चित हुने त होइन, समाजले चाहे असभ्य भनोस्, चाहे असामाजिक भनोस्, चाहे असक्षम नै किन नठह¥याओस् तर यस्ता संस्कारमा ऋण काढेर धनको खोला बगाउनु बुद्धिमानी होइन । समाज त जहिले पनि हुनेखानेवर्गको पक्षमा छ, गरिब, निमुखातर्फ त समाज अन्यायी र विभेदकारी भैदिन्छ । खर्च फजुल गर्दैमा नैतिकवान र संस्कारी कदापि भइँदैन । धनीहरु मात्र संस्कारी हुँदैनन्, गरिबले पनि आफ्नो धर्म संस्कार र परम्परा रक्षा गर्नु पर्दछ । आडम्बरको प्रदर्शन गर्ने जमातलाई लत्याएर खाफ्नो क्षमता र स्तर अनुसार संस्कार अघि बढाउने हो ।

सामाजिक न्याय र समताको वकालत गर्ने व्यक्ति आडम्बरपूर्ण जीवनशैलीबाट टाढा नै रहनु पर्दछ । आर्थिक बोझ हुने किसिमले उत्सव र पर्वहरु नमनाउ र यस्ता पर्वहरुमा अरुलाई पनि बाध्य हुने किसिमले सामाजिक सञ्जालमा पोस्ट गर्दा अनावशयक समस्या र तनावको सामना गर्नु पर्दछ । हुनेखानेवर्गलाई मनोरञ्जनका लागि छुट्याइएको सामान्य खर्च जस्तो लागे पनि न्यून आय भएकालाई वर्षभरि मनाइने यस्ता पर्व र उत्सवहरुमा दिइने उपहार र लगाएर जाने पोशाक र पहिरनले अनावश्यक बोझ थपिदिएको हुन्छ ।

सामाजिक सञ्जालमा गरिने पोस्टले उही लुगा पटक–पटक लगाउँदा आर्थिक हैसियत कम देखिने तनाव हुन्छ । गहना, कपडा, प्रदर्शन गर्ने माध्यम फेसबुकलगायतका सामाजिक सञ्जाल बनेका छन् । न्यून आर्थिक स्तर हुनेहरुलाई उत्सव पर्वहरु बोझ र भारी बनेका छन् । अब हाम्रा सामू ठूलो पर्व दसैँ भित्रँदै छ । दसैँ दसा नबनोस्, सरल र सहज ढङ्गले मनाऔँ । हरेक पर्वमा आर्थिक हैसियत र देखावटीपनले पर्वको गरिमा र महिमा फिका हुँदैछ ।