Goraksha

National Daily

दमकलबाट किटनाशक औषधि छर्किदै

बालाराम खड्का

तुलसीपुर, २४ चैत । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न किटनाशक औषधि छर्कन सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा वढि भिडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्किन सुरु गरेको नगरप्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी दिएका छन् । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लवको व्यवस्थापनमा उपमहानगरपालिकाले औषधि छर्केकोहो ।

पहिलो चरणमा बढी भिडभाड हुने स्थान अस्पतालहरु, तरकारी पसल, बधशाला, बसपार्क तथा उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन क्षेत्रमा दमकल प्रयोग गरी किटनाशक औषधि छर्केकोहो । मानिसको वाक्लो वस्ति भएको र जमघट हुने वढि सम्भावना रहेका सबै क्षेत्रमा औषधि छर्कने रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष नविन राइले जानकारी दिएका छन् । उनले क्लवको तर्फबाट औषधिको व्यवस्था गरिएको जानकारी दिए । सामाजिक संस्था भएकाले विपद्को समयमा जनतालाई केही राहत होस् भनेर औषधि छर्किएको राइले जानकारी दिएका छन् । ‘‘क्लवको व्यवस्थापन र उपमहानगरपालिकाको सहयोगमा किटनाशक औषधि छर्केको हो, यस कार्यलाई निरन्तर्ता दिने छौं उनले भने ।

नगरका अन्य क्षेत्रमा पनि औषधि छर्कर्ने उपमहानगरपालिकाले जनाएको छ । मंगलवार राप्ती आँखा अस्पताल परिसर, गुरुजजुर माविमा स्थापना भएको क्वारेन्टाइन क्षेत्रलगायतका स्थानमा औषधि छकिएको छ ।