सन्ध्यामा सधैमरण, के हो विद्युत प्राधिकरण ?

  •   
  •  

मधुसूदन सुवेदी

हरेक बिहानीलाई सूर्योदयले स्वागत गर्दछ । हरेक दिनलाई सूर्यबाट प्रशारित किरणबाट घामले स्वागत गर्दछ । रहेक सूर्यास्तलाई क्षितिजले स्वागत गर्दछ । रहेक गोधुली साँझलाई हिमपर्वत वा हिमशृंखलाहरुले स्वागत गर्दछन् भने हरेक सन्ध्यालाई बत्तीले स्वागत गर्दछ वा उज्यालेले स्वागत गर्नुपर्दछ । विगत केही महिना अघिदेखि हरेक सन्ध्यामा बिजुली बत्ती झ्याप, झ्याप जाने गर्दछ र सन्ध्याको समयलाई जिस्काइरहेको छ ।

विद्युत प्रशारणमा खटिएका कार्यालय प्रमुख, फिल्ड वर्कर, प्राविधिक, वर्कर, प्रशारण टिमलगायत सबै कर्मचरी नेपालीमूलकै होलान् र उनीहरल्े थाहा पाएका होलान् कि सन्ध्या सँगसँगै कसको आगमन हुन्छ भनेर । यदि नेपाल विद्युत प्राधिकरणमा खटिएका सम्पूर्ण व्यक्ति, शक्ति, समूह, संगठन नै नेपाल संस्कृतिलाई जानेका, बुझेका र ज्ञान पाएका छन् भने यो कर्ममा किन उनीहरु कानमा तेल हाल्दैछन् ? यदि सिस्टमकै खराबी हो भने हरेक दिन एउटै समयमा एउटै अवधिभित्र जाने दैनिक कार्यतालिकाअनुसार बत्ती निभ्ने, मर्ने वा जानेलाई किन हटाउन सक्दैनन् ?

साधारण उपभोक्ताका लागि बिजुली चाहिने भनेको सन्ध्याकालदेखि उज्यालो नहुँदासम्म हो । यदि बत्ती बाल्ने बेलामा बत्ती निभ्छ, जन्छ, मर्छ र लाइन काटिन्छ भने विद्युत प्रशारणको अर्थ के हो ? दिनभर आउन वा जाने बत्तीसँग सामान्य जनता जनताको चासो हुँदैन । यद्यपि, विभिन्न संघसंस्था तथा सरकारी कार्यालयहरुमा १० देखि ४ को समय वा १० देखि ६ को समय बढी महत्व हुने भए पनि सन्ध्याको समयमा बल्ने बत्तीको अर्थ उत्तिकै महत्वपूर्ण छ ।

जुन राष्ट्रका राष्ट्रसेवक कर्मचारीले आफूलाई राष्ट्रको धर्म, अर्थ, काम र मोक्षका बारेमा जान्दैनन्, बुझ्दैनन् र थाहा पाउँदैनन् भने त्यस्ता कर्मचारीबाट सञ्चालन हुने कार्यले देशलाई कसरी दिगो, भरपर्दो र आशालाग्दो बनाउन सक्दैन । नेपाल देश आmैमा सुन्दर, शान्त र विशाल हुँदाहुँदै पनि यहाँको अवस्था किन यति नाजुक, कमजोर, निरीह र परनिर्भर छ ? यस्तै यस्तै स–साना गल्ती र कमजोरीले यो राष्ट्रमा उन्नति र प्रगतिमा ठूलो असर परेको छ । गुनासो ग¥यो भने विद्युत कर्मचारीका व्यक्ति र शक्तिले भन्लान्– ५ मिनेट जाँदा के सर्वस्व जान्छ र ? तर सन्ध्याकालमा ५ मिनेट होइन ५ पलको पनि महत्व छ ।

यदि सन्ध्याकालीन समयमा कसैको घरमा बत्ती बल्दैन, ठूलो–ठूलो आवाज आउँछ, बालबालिका रुन्छन्, कराउँछन्, चिच्चाउँछन्, झगडा हुन्छ वा शान्ति खल्बलिन्छ भने त्यो घर मसानघाटसरह मानिन्छ । त्यहाँ लक्षिणको अवस्था रहँदैन । त्यहाँ प्रगति र उन्नतिका बाटाहरु खुल्दैनन् । यो विषयमा विद्युत प्राधिकारण र यससँग संलग्न व्यक्रि तथा निकाय अत्यन्त गम्भीर बनून् । विगतको इतिहास कोट्याउने हो भने अठार–अठार घण्टा देशमा लोडसेडिङ भिœयाउने यही प्राधिकरण हो । आज त्यो अवस्था हटे पनि, टरे पनि, मुक्त भए पनि केही टाटा र धब्बा अझै पनि शेषका रुपमा बाँकी छन् ।

विद्युत आफैमा प्रविधिबाट सञ्चालन हुने जलउर्जा हो । यसभित्र अनेकौँ समस्या र चुनौतीहरु छन् तर महत्वपूर्ण घडी, महत्वपूर्ण बेला र महत्वपूर्ण समयमा बत्तीको प्रवाहलाई सुचारु राख्न सम्बद्ध व्यक्ति र निकाय लाग्नै पर्दछ । जोसुकै किन नहोस्, जहाँसुकै र जस्तोसुकै पदमा बस्ने किन नहोस् हरेकले मेरो देश यही हो, मेरो माटो यही हो, मेरो भूमि यही हो र मेरो घर पनि यही हो । त्यसैले मेरो मुलुकबासीको घर अँध्यारो हुनु भनेको म, हामी र मेरो कार्यालयमै अन्धकार हुनु हो भन्ने कुराको हेक्का सदैव हुनुप¥यो र जाग्नुप¥यो । सन्ध्याको समयलाई कहिलेकाहीँ भन्न पाइन्न । सन्ध्याको समयलाई हिजोको समय समय भन्न पाइन्न र सन्ध्याको समयलाई भोलिको समय पनि भन्न पाइन्न ।

कुनै पनि कालखण्डको सन्ध्यालाई बत्तीले स्वागत गर्ने पर्छ र हरेक नेपालीको घरआँगन उज्यालो पार्नै पर्दछ । विद्युतीय सेवा सप्लायर्स नभएको ठाउँमा बाहेक जहाँ–जहाँ बिजुली बत्ती बल्ने संयन्त्र तयारी भएका छन् त्यस्ता ठाउँमा हरेक सन्ध्याकालीनको कम्तिमा एकघण्टाको समयमा बत्ती झ्याप–झ्याप पार्नु हुँदैन । विद्युत अवरोध हुने वा विद्युत सर्ट हुने समयको लेखाजोखा हरेक कर्मचारीले दिनको समयमा निर्धारण गर्नु पर्दैन ? प्राकृतिक प्रकोप हावा, हुरी, तुफान, वर्षा, बाढीबाट हुने अवरोध त्यो प्राधिकारणको वशको कुरा होइन । अन्य समस्या त प्राधिकारणले बेलैमा सचेतना अपनाउन सक्छ नि ?

विद्युत प्राधिकारणकै कमजोरी, लापरबाही र मनोमानीले विद्युतको मरण भयो भने त्यसको जिम्मा कसले लिने ? बिजुली बत्ती मरण र जलनका बारेमा थाहा पाउने निकाय नै नेपाल विद्युत प्राधिकारण हो । तसर्थ, हरेक सन्ध्यामा सधैँभरि पाँच मिनेटकै लागि एउटै समयमा झ्याप–झ्याप हुने कुरा कमजोरीभित्रको रहस्य हो । हप्तामा एकपटक हुने, सातामा एकपटक हुने, पक्षमा एकपटक हुने र महिनामा एक पटक हुने प्राविधिक तथा आकस्मिक समस्या हो तर अधिकांश समयमा विद्युतलाई लुकामारी खेलाउनु उपभोक्ताप्रतिको गैरजिम्मेवारीपन हो ।

विद्युत ऐन तथा विद्युत प्रशारण नियमलाई हेर्ने नै हो भने विशेष परिस्थिति बाहेक सामान्य अवस्थामा उपभोक्तलाई सूचना नदिएर विद्युत काट्न, मार्न वा निभाउन पाइन्न । तसर्थ यसलाई सामान्यभन्दा पनि जटिल समस्या मानौा । सन्ध्याकालीन समयमा बिजुली मरण गराएर प्राधिकरण प्रश्न चिह्नको घेरामा नपरौँ । यसको सेवा चुस्त र दुरुस्त राखौँ ।