गोरक्ष समाचारदाता
तुलसीपुर, १८ भदौ । नेपाली कांग्रेस प्रदेश कार्य समिति क्षेत्र नं. ३ (क) दाङले प्रदेश सभाका लागि उम्मेदवारी सिफारिस गरेको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश कार्यसमितिले उम्मेदवारी सिफारिस गरेको हो । प्रदेश ३ क का सभापति देवेन्द्र रिजालको अध्यक्षतमा बसेको बैठकले प्रदेश सभाका लागि प्रत्यक्ष तथा सामानुपातिक तर्फका आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
प्रदेशको प्रत्यक्षतर्फ डिल्लीबहादुर चौधरी, शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, किरण शाह, डा. नहकुल केसी, युवराज खड्का र एकराज आचार्यको गरी ८ जनाको नाम सिफारिस गरेको छ ।
समानुपातिक पुरुषतर्फ जोगेन्द्र विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे (अरुण), प्रदीप खड्का, टेकबहादुर वली, चेतबहादुर शेर्पाइली, सुरेन्द्रबहादुर खड्का, अर्जुन गिरी, मदनराज धिताल, लीलाधर लम्साल, देवीप्रसाद हलुवाई, दलबहादुर विक गरी १२ जनाको नाम सिफारिस गरिएको छ ।
समानुपातिक महिलातर्फ शुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको सचिव तेजबहादुर डाँगीले जानकारी दिएका छन् ।