आवश्यकता कि प्रतिस्पर्धा ?

विनोद पोख्रेल
२०७७ चैत २४ गते
आज पनि तुँवालो उस्तै छ । हिजो एउटा प्रसंगमा काठमाडौँमा यस्तै भएको भए देशभरि विदा पर्थे होलान् भनेको थिएँ । बिहान हिँड्दा सास लिने क्रममा केही असजिलो महसुस गरेको थिएँ । आज सबै ढिलामै राखेको छ । त्यसैले बाहिर गएको त छैन । तर मौसम यथावत जस्तै लाग्छ । मैले झ्यालबाट देख्ने सडक पनि अलि बढी सुनसान जस्तो लाग्छ । ढिलो भएर हो कि आज तारमा चरो पनि छैन ।

अघोषित प्रतिस्पर्धा हुँदै गरेको जस्तो घरहरु बन्ने काम त्यसमा पनि अग्लो भागहरु रुखले छेक्न नसकेर पर–परका समेत देखिएका छन् । कहिलेकाहीँ यी घरहरुले पनि मेरो ध्यान तानेका हुन्छन् । रकम अलि धेरै खर्च भएको हुन्छ । सुविधायुक्त घरहरु हुन्छन् । हामी जुन भौगोलिक परिवेशमा छौँ त्यहाँ किरायामा घर दिने चलन भर्खरै चलेको छ । केही घरहरुका तल्ला फ्ल्याटहरु किरायामा गएका छन् । आमाछोरा मात्रै देखी तीनजना, चारजनाको परिवार र यति ठूलो घरमा लगानी ।

मैले कहिले चिन्ता पनि गर्छु । हामीसँग वा हाम्रो पछिल्लो पिढीसँग समेत न त क्पष्िि छ न त क्अजझभ । त्यसैले पैसाको सदुपयोग भनेको सुविधायुक्त घरबाहेक अरु केही हुन सकिरहेको छैन । घरमा भएको खर्चलाई अनुत्पादक खर्च भै गनिन्छ । कतिका घर किरायामा जालान् र जस्तो लाग्छ अनि अर्थनीति असफल मात्रै होइन, विस्फोट हुने डर पनि लाग्छ । तर अर्को पक्ष पनि छ । कृषियोग्य भूमिमा दोहोरो मार परिरहेको छ ।

एउटा शहरीकरणको नाममा जमिन महंगो बेच्नलाई प्लानिङ गरेर जमिन टुक्र्याएर बेच्ने । त्यो पैसा खर्च गर्न अन्य क्पष्िि र क्अजझभ नभएर घर बनाउने र अर्को खेती गर्ने जनशक्तिको अभावले गर्दा बाँझो राख्नभन्दा बेच्ने अनि त्यो पैसा काम लगाउने सोच बनाएर घर बनाउने । अथवा भनौ जमिन नभएर प्रयोग गर्न नसकेर वा जमिन नभएर वा थोरै भएर त्यसैबाट गुजारा गर्ने एउटा उपायको रुपमा घर बनाएर । हुन त आवश्यकताले उपाय आफै पनि खोज्छ । भोलि यिनै घरलाई पसल आदिमा प्रयोग गर्न पनि सकिएला ।

तर अहिले कति घरहरु अनुत्पादक लगानीकै रुपमा छन् । घर बनाउँदा आवश्यकता पनि हुन्छ । एउटा घडेरी किने । अरु आवास कमसेकम यो ठाउँमा छैन तर व्यापार आदि कारोबार यही छ भने घर वा आवास आवश्यकता नै हो । तर कति त रहर पूरा गर्न पनि घर बन्ने गरेका छन् । अहिले सुविधायुक्त घर बनाउनु एउटा आवश्यक फैसनजस्तो भइसकेको छ ।

बनाउन लागेपछि सुविधा त हेरिन्छ नै नजिकका घरहरुभन्दा अलि ठूलो, अलि फरक, अलि आकर्षक पनि बनोस् भन्ने अपेक्षा पनि हुन्छ । त्यसैले मैले अघोषित प्रतिस्पर्धा भनेको हुँ । म बसेको झ्यालबाट मात्रै पनि ४–५ प्रकारका घरका टुप्पाहरु (धुरीहरु भन्नेजस्ता छैनन्) देखिन्छन् । यो पनि एक प्रकारको परिवर्तन नै हो ।

अब घरभन्दा जे सामग्री र जस्तो नक्साको परिकल्पना गरिन्छ त्यो कुनै समयमा हाम्रै पालामा समेत कल्पना भन्दा बाहिर जस्तै थियो । त्यसैले यस्ता विषय समयले निर्धारण गर्ने विषय हुन् । मेरो चिन्ता वा चिन्तनको कुनै मतलब हुँदैन ।

२०७७ चैत २५ गते

आज मेरा लागि सम्झनायोग्य दिन । विपुल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा उठेको छ । आज मतदान हुने हो । दुईपल्टसम्म उपाध्यक्ष भइसकेको हो । तैपनि टुप्पीमा पुग्न मन लाग्यो होला । सम्मान बढ्ने, कति उपाध्यक्ष भए कसैको नाम याद छैन तर अध्यक्षहरुको नाम याद हुन्छ । त्यस्तै जुन संस्थामा काम ग¥यो त्यसको सर्वोच्च पदमा पुग्ने रहर वा महात्वाकांक्षा हुनु स्वाभाविक हुन्छ ।

त्यस्तै त्यस्तै भएर होला यसपल्ट अध्यक्षमा उठेको छ । उसका साथीहरु र केही संस्थाहरुले पनि सकारात्मक भूमिका निर्वाह गरे । अब मतदान हुँदैन आज । जितोस्, मेरो शुभकामना् र आशीर्वाद । तर पनि उसको खुट्टाको घाउ राम्ररी निको भयो कि भएको छैन । अन्य कुनै स्वास्थ्य समस्या छ कि छैन भन्ने पनि मनमा छ । यी कुराहरु अहिले सान्दर्भिक नहोलान् तर पनि एउटा बाबुको हैसियतले मनको कुनै कुनामा यी पनि छन् । तर यी सबै आफूमै सीमित राखेर निर्वाचनबारे मात्रै सोध्ने सोचेको छु ।

राति २ः३० अथवा ३ः०० बजेतिर घरमा आइपुगेको छ । अहिले सायद निदाएको छ । उठ्ने वित्तिकै जस्तो फेरि भेटघाटमा जाने हो । मसँग भेट भएको समेत छैन । तर छोरो घरमा छ, त्यही सन्तोषको विषय हो । यसपल्ट मत आफ्नै जिल्लामा हाल्ने व्यवस्था भएकोले ऊ जसरी भए पनि आइपुगेको हो । आफ्नो अभियानको अन्तिम चरणमा छ । वार्ता सफल भएको हो । मैले त २७ गते बिहान ५ बजे मात्रै थाहा पाएको छु । त्यसकारण पनि भोलि लेख्दा राम्रै होला भन्ने लाग्यो । ध्यान एकातर्फ विषय अर्कोतर्फै भयो भने पनि चित्त बुझ्दो लेखाई हुँदैन । फेरि यस्ता दिनहरु त सम्झने मात्रै न हो ।

यसबारे धेरै लेखिइसकेको हुन्छ अथवा बोली सकिएको हुन्छ । नयाँ कुरा केही हुँदैन । त्यतिबेलाको कल्पना र अहिलेको वास्तविकताको तुलना ग¥यो अनि आफ्ना असन्तुष्टिहरु पोख्यो । तर पनि कहिलेकाहीँ त्यति भए पनि गर्न मन लाग्छ । यो कुरो पनि पूर्ण इमानदारीसँग लेखिदिए आउने पिढीले केही कमी कमजोरी सच्याउन सक्छजस्तो लाग्छ । सबै कुरा मैले सोचेका हुन् । कति मानिस यही कुरामा पनि असहमत हुन पनि सक्छन् । यस्तै हो आजको लेखाई यस्तै भयो । राति निद्रा राम्ररी परेन । मुख्य कारण नढाँटेर भन्ने हो भने सुलोचनाको काठमाडौँ यात्रा हो ।

त्यसैमा चुनावको परिणाम थपियो । त्यसैमा एक–दुईवटा मच्छर थपिए । अहिले लेख्दा समेत कतिकति बेला नदेखेरै लेखेको जस्तो लागिरहेको छ । त्यस्तो भए त पक्कै होइन होला । यस्तो भयो भन्दा पनि घरमा भएकाहरु आत्तिन्छन् भनेर भन्न हुँदैन । समय प्रशस्त छ । जतिबेला निद लाग्छ त्यतिबेला सुत्नुपर्ला । पेट त हिजोको भन्दा थोरै भए पनि सजिलो नै भएको छ । आफ्ना कुरा आफैसँग राख्नुपर्छ । अनि चुनावको परिणा पर्खिनुमै रमाइलो मान्नुपर्छ ।