दाङमा प्रदेशस्तरीय तेक्वानदो संघको प्रशिक्षण

दाङ,१७ भदौ । नेपाल तेक्वानदो संघकाे प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम दाङको तुलसीपुरमा बिहिबार सम्पन्न गरेको छ ।

चारदिनसम्म सञ्चालन भएको प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका ७० बढी खेलाडी र रेफ्रिहरुको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो रेफ्री तथा रेफ्री रिफ्रेसर सेमिनार कार्यक्रममा मुख्य प्रशिक्षकमा नेपाल तेक्वानदो संघका सस्थापक तथा बर्तमान महासचिव दिपराज गुरुङ रहेका थिए।

त्यसैगरि प्रशिक्षकहरुमा प्राबिधिक सल्लाहकार टार्जन सुब्बा,सुमन घले,भीम बिकलगायत रहेका थिए ।
 लुम्बिनी प्रदेशसका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा तेक्वानदो संघका सस्थापक तथा बर्तमान महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष जीतबहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।    कार्यक्रमको सहजीकरण अन्तराष्ट्रिय खेलाडी मोहन सुनारले गरेका थिए ।