घोराही, १० भदौ । दाङ देउखुरी होटल व्यवसायी समितिले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिले शनिवार घोराहीको होटल माला ईनमा आयोजना गर्न लागेको भब्य तीज मिलन तथा दरखाने कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
समितिका अध्यक्ष दिपेन्द्र पुनले दिएको जानकारी अुनसार शनिवार दिउसो १ बजेबाट सुरु हुने तीज मिलन कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएका छन् । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिने छन् ।
गायीका टिका पुन, हास्यकलाकार कमल गाउँले, गायक प्रेमविवश घर्तीलगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुले कार्यक्रममा तीजका गित गाउँदै नाँच्दै सहभागीलाई मनोञ्जन प्रदान गर्ने छन् । साथै दर खाने कार्यक्रमअन्तरगत सहभागीहरुलाई खुवाउने दरको परिकारको तयारी समेत तयारी अवस्थामा राखिएको छ ।
नेपाली कला, संस्कृति र मौलिकतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीज मिलन कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ । समितिले शनिवार हुने कार्यक्रमका लागि एक साता पहिलेदेखि टिकट विक्रि वितरणका साथै व्यवस्थापकीय काम गर्दै आएको थियो ।