तुलसीपुर, ४ भदौ । चार्डपर्व सुरु भएसंगै बजार भरिभराउ हुने गरेको छ । यस अघि सुनसान हुने पसलहरु भरिभराउ छन् । बजारका विभिन्न गल्लीहरु र पसलहरुमा पनि भिड देखिने गरेको छ । बजारमा चहल पहल बढेसंगै व्यापार व्यवसायी पनि त्यानिकै बढेको छ । बजारमा पर्वका लागि किनमेल गर्नेहरु बढेका छन् ।
नेपालीहरुको चार्ड जनैपूर्णिमा पछि कृष्णाष्टमी, तीज आउनै लाग्दा बजारमा भिडभाड बढेको छ । यसअघि खेतीपातिका लागेका गाउँका स्थानीयहरु पनि अहिले फुसर्दिला भएका कारण पनि बजारमा भिड भाड हुने गरेको छ । किन मेलका लागि बजारमा सर्वसाधारण आउँदा बढी भिड देखिने गरेको छ । विशेष गरि कपडा, सुन पसल, कष्टमेटिक, श्रृंगार पसलहरुमा भिड लाग्ने गरेको छ ।
जिल्लाका मुख्यबजारहरु घोराही, लमही, तुलसीपुर र साना बजारहरुमा पनि चहलपहल बढेको छ ।
‘बजारमा अहिले भिडभाड छ व्यापारपनि राम्रो छ हिजोआज –स्थानीय व्यवसायी पदमा केसीले भनिन् । उनले यसअघि खासै व्यापार नभएपनि हिजो आज भने व्यापार बढेको बताइन् । ‘पर्व नजिकीय संगै व्यापार पनि बढेको छ उनले भनिन् । त्यस्तै यस अघिका बर्षहरुमा कोरोना भाइरसले थला पारेको व्यापार यस बर्ष भने राम्रो हुने व्यवसायीहरु बताउछन् ।
‘यो बर्ष बजारमा अचाक्ली भिडभाड छ पर्वहरु नजिकीएर होला गत बर्ष भन्दा बढी भिड छ व्यवसायी माधव केसीले भने । ’ उनले बजारमा अहिले रमाइलो समेत भएको बताए । परम्परागत लाखे नाचले पनि बजारमा रौनक थपेको छ । ‘पुरानो कला संस्कृतिले पनि बजारमा भरिभराउ गराउने गरेको छ स्थानीयहरु बताउछन् । ‘एक दुई बर्ष पहिले कोरोनाको कारण लाखे देखि अन्य जात्रा महोत्सव र लाखेनाच निकाल्न नसक्दा चार्डवाड आएपनि सुना सान हुने गरेको थियो यो बर्ष भने बजारमा ससिलो हुने गरेको छ –स्थानीय निमबहादुर श्रेष्ठले भने ।’
त्यस्तै बजारमा पछिल्लो समय भने सर्वसाधारणहरुको ढाड सेकिने गरि भएको मुल्यवृद्धिले भने जनाहरु निरास छन् । ‘हरेक चिज छोई नसक्नु छु दैनिक उपभोग्य देखि अन्य आवश्यक सामग्रीहरु –बजारमा किनमेल गर्दै गरेकी मिना वलीले भनिन् । ९० रुपैया दर्जन केरा एक सय ४० अनि अन्य खाद्यान देखि सवै कुरा बढेको उनले बताइन् ।
‘समानको भाउ किन बढ्यो भन्दा पेट्रोलियम पद्धार्थ बढ्यो अनि बढ्यो भन्नु हुन्छ उनले भनिन् । त्यस्तै विभिन्न बहानामा हुने मुल्य वृद्धिले आफुहरु जस्ता गरिखानेहरु मर्काका परेको सर्वसाधरणहरु बताउछन् । यसको नियन्त्रण र नियमन भने कहि कतैबााट हुन नसेको भन्दै सर्वसाधारणहरुले आक्रोस पोख्ने गरेका छन् । ‘जस्ले जे गरेपनि हुन्छ माथि बाट मुल्य बढ्यो भन्ने एउटै रेडिमेट जवाफ आउछ–स्थानीयहरुले भने ।’