जेसीजको सप्ताह कार्यक्रम सुरु

तुलसीपुर, ४ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बिद्युत प्राधिकरण बितरण शाखाले अटेर गरेको बताएका छन् । तुलसीपुर नगर जेसीज २०२२ को आयोजनामा जेसीज सप्ताह तथा हेल्थ डेक्सको शुक्रबार तुलसीपुरमा उद्घाटन गर्दै , बिद्युत प्राधिकरण बितरण केन्द्रको अटेरीका कारण सेवाग्राहीले कष्ट भोग्नु परिरहेको बताए । ‘नगरपालिकाको कार्यपालिकाका बैठकमा बोलाई प्राधिकरणले सुधार गर्नुपर्ने बिषयमा जानकारी गराईयो तर पनि वास्तै छैन्,– नगरप्रमुख खडकाले भने।’

सडकको बिच भागमा रहेका बिद्युत पोल स्थातान्तरण गर्न,बिद्युत मिटर सहज रुपमा बितरण गर्न, अनियमीत लोडसेडिङ र सेवा लिन प्राधिकरणमा जाने अपाङमैत्री,अशक्त मैत्री,जेष्ठ नागरिक मैत्री बनाउन भनिएको छ । ‘अव नागरिक समाजको तर्फबाट पनि दवाब दिनुपर्ने अबस्था आएको छ’ उनले भने । मालपोत र नापी कार्यालयको अबस्था पनि उस्तै भएको भन्दै संघिय सरकार,प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वयको अभावका कारण नागरिकहरुले अझै दुख कष्ट पाउने नगरप्रमुख खडकाले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले बिद्युत प्राधिकरण बितरण केन्द्रको लापरर्बाही र अटेरीका कारण नगरबासीले दुख पाईरहेको बताए । उनले तत्काल संबाद गरिदिनुहुन संबाद सहजकर्ताहरुलाई अनुरोध गरे । तुलसीपुर नगरजेसीजको साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो दिन उद्घाटन तथा हेल्थ डेक्स कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्ती, तुलसीपुुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजाल,तुलसीपुर चेम्वर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्ती,राष्ट्रिय बाणिज्य संघका होताराम आचार्यले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै,महिला अधिकारकर्मीहरु सुष्मा गिरी, यमुना शाह, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी,एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम,शान्ति समाज दाङका सभापति नबिन पोख्रेल,तुलसीपुर जेसीजका संस्थापक अध्यक्ष बलदेव शर्मा,त्रिभुवन जेसीजका पुर्ब अध्यक्ष गोपाल रावत,जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

तुलसीपुर नगर जेसीजले भदौ ४ गते जनप्रतिनिधीसँँग, ५ गते वक्तृत्वकला प्रतियोगीता,६ गते जनतासँग न्यायको पहुँच,७ गते निःशुल्क आँखा शिबिर,१० गते अन्तर बिद्यालय फुटवल प्रतियोगीता र भदौ ११ गते तिज मिलन कार्यक्रम तथा समापन कार्यक्रम गरिएको अध्यक्ष केशब राज केसीले जानकारी दिएका छन् । बिमल वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको बारे जानकारी कार्यकारी उपाध्यक्ष चुडामणी कँडेल र सहजिकरण महासचिव पूर्णबिक्रम डाँगीले गरेका गिए ।