‘राज्यको धर्म हुँदैन’

भूपेन्द्र सुवेदी
आजको राजनीतिक अवस्था भनेको समाजवादी पण्डितहरुको लहलहैमा दौडिएको छ । भन्नमा आइरहेको कुरा के भने पण्डितहरु अक्सफोर्ड युनिभरसिटीमा पढेको, उतैको सक्षी लिएर होला, राज्यको धर्म हुँदैन रे । यस्तो प्रपोगाण्डा फैलाएर गलत विश्लेषण गरेर सोझा सिधा नागरिकको मनमा कालो पर्दाले छोपिएको प्रपोगाण्डाको उपज आजको राजनीति अन्योलताको प्रतिफल हो ।

विश्वको के–कति देशहरुमा लागू भएको दर्शन–शिक्षा । त्यो दर्शन शिक्षा नेपालमा पनि आवस्यक छ । गलत विश्लेषणले गर्दा नागरिक धर्मको बारेमा अन्योवलग्रस्त रहेको छ । विश्लेषणले नै मानिएको विकास नै धर्म रहेछ । बामपन्थीहरुले पश्चगामीहरुको बुइँ चढेर गरेको धर्म निरपेक्षता होइन, धर्म सापेक्षता ल्याउनुपर्छ । आजको विकृति नै यही धर्म निरपेक्षताको उपज हो । धर्मको नाममा विभिन्न विकृतिको कारक भएको भनिन्छ । आजका सर्वपक्षको पहलमा संस्थागत पादरीहरुले बच्चाहरुको यौन शोषण समेत भएको विभिन्न सञ्चार माध्यामबाट सुन्न, पढ्न पाइन्छ ।

नेपालको संविधान २०७२ को भाग ३४ ‘क’मा अल्पसंख्याक भन्नाले संघीय कानुनवमोजिम निर्धारित प्रतिशतभन्दा कम जनसंख्या भएका जातीय भाषिक र धार्मिक समूह सम्झनु पर्दछ र सो शब्दले आप्mनै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाइराख्ने आकांक्षा रहेका, विभेद र उत्पीडन भोगेका समुह समेतलाई जनाउँछ भन्ने उल्लेखित भएकै छ । किन फेरि धर्म निरपेक्षताको हावा फैलाउने कामले अन्योलमा पारेको अवस्था छ ? भन्दा समानुपातिकको कोटा अल्पसंख्यक, निर्धारित प्रतिशतभन्दा कम जनसंख्या भएको वर्गको लागि भनिन्छ तर उसको ठाउँमा हुनेखाने पहुँचमा भएकाहरुको हक जमाएको अवस्था हो ।

आजको नेपलको व्यवस्थाले आ–आफ्नै भाषा भासीको वकालत गरिँदै आएको छ भने विभिन्न जातजातिले आ–आप्mनो वंशको खोजविनको निकै उत्साहपूर्ण सभासम्मेलन र आ–आप्mनो भाषाभासी सम्बन्धमा जागृत हुँदै आएको समय हो । यो पनि उही धर्मनिरपेक्षको उपज हो । नेपालको भाषाबारे राजा र विद्यमान व्यस्थाले प्रतिक्रियावादी नीति अपनाएको हुँदा अहिलेको सरकारको राष्ट्र भाषा प्रतिक्रियावादी शासकवर्गका हितहरुको प्रतिनिधित्व गर्दछ ।

कुनै पनि देशका प्रतिक्रियावादी शासकवर्गका हितहरुको प्रतिनिधित्व गर्दछ र आफूलाई सबैभन्दा बढी सुविधा हुने भाषालाई नै राष्ट्र भाषा घोषित गर्दछ र शोषित, उत्पीडित जनताका भाषालाई दबाउने नीति अपनाउँछन् । भारतमा त्यही हिन्दीलाई राष्ट्रभाषा घोषित गरेर बेग्लै भासी जनतामाथि हिन्दी भाषा लाद्ने नीति अपनाइएको छ । जसले गर्दा पूरै भारतमा तीव्र असन्तोष छ । सबैलाई आ–आप्mनो भाषा सुविधाजनक र प्यारो लाग्छ ।

नेपालमा पनि यहाँका शासकवर्गले नेपाली भाषालाई राष्ट्रियभाषा घोषित गरेर अन्य भाषाहरुलाई दबाउने नीति लिइरहेको छ । तराईका स्कूलहरुमा हिन्दी भाषाको अध्ययनमाथि रोक लगाउनु, रेडियो नेपालबाट केही वर्ष पहिलेसम्म प्रसारित गर्दै आएको हिन्दी भाषा र नेपाली भाषामा समाचार प्रसारित गर्न छोड्नु नीति अपनाउनु प्रतिक्रियावादी भाषा नीतिका ज्वलन्त उदाहरण हुन् ।

त्यसबाहेक देशका विभिन्न जनजाति र अल्पसंख्यक जातिहरुका भाषाहरुको विकासका लागि पनि कुनै प्रयत्न गरिरहेको छैन । भाषा विज्ञहरुको भनाइले यसप्रकारको प्रतिक्रियावादी भाषानीतिको विरोध गर्दै देशका सबै भागाहरुको विकासका लागि समान नीति अपनाउनुपर्नेमा आम नागरिकलाई सचेत गराउन आवश्यक छ ।

देशका होनहार नेताहरुले आपूmले गर्न नसक्ने आर्काले गरेको कामको टीकाटिप्पणी गर्नेमा नेपाल अग्रपंक्तिमै छन् । पहिले राजाले नेपाललाई भारतमा मिलाउे प्रस्ताव राखेका थिए भन्नेहरुले यो एउटा इतिहास बनिसकेका ९३ वर्षीय वयोबृद्ध खगेन्द्रकै भनाइ सुन्दा जोकोही पनि झस्केला । पञ्चायत ढाल्न जातीय दङ्गा मच्चाउन इन्द्रा गान्धीले प्रयोग गरेको पात्रको आरोप खेपेका तत्कालीन राजनीतिज्ञ खगेन्द्र गुरुङले जिवराम भण्डारी सँगको अन्तर्वार्तामा बोलेका केही कुराहरु यहाँ प्रस्तुत गर्न चाहेँ :

१. नेपाललाई भारतमा बुझाउन २००७ सालदेखि २०१७ सालसम्मै नेपाली कांग्रेस र कम्युनिस्ट नेताहरु भारत पुग्ने गरेका थिए ।

२. दाजु मात्रिकाप्रसाद र भाइ वीपी कोइराला बीचको विवाद मिलाइदिनु प¥र्यो भनेर कांग्रेसहरु तत्कालीन भारतीय प्रधानमन्त्री ज्वाहारलाल नेहरुकहाँ पुगेका थिए ।

३. इण्डियाद्वारा प्रस्तावित भारतको अधीनमा रहेको नेपालको राजा बन्न कुनै हालतमा तयार भएनन्, राजा महेन्द्र । भारतको इच्छा मान्न राजा महेन्द्र इच्छुक नभएकोले भारतले नेपाल खाने अवस्था आएमा चीनको सहयोगमा युद्ध गर्ने सोचमा समेत पुगेका थिए राजा महेन्द्र ।

४. भारतको अधीनमा बस्नुभन्दा बरु उत्तर–कोरियामा जस्तो कम्युनिस्ट नेता भएर बस्ने मनसुवा राजा महेन्द्रले चीनिया नेता माउत्से तुङसँग व्यक्त गरेका थिए ।

५. अर्निको (कोदारी) राजमार्ग बनाउने चीनिया नेता चाउ एनलाइको प्रस्तावलाई वीपी कोइरालेले इन्कार गरे ।

६. नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउने राजा महेन्द्रको प्रस्ताव रोक्न नेपालका कांग्रेसी नेताहरुले भारतीय प्रधानमन्त्री ज्वाहारलाल नेहरुलाई अनुरोध गरेको खुलासा गरे ।

७. भारतले नेपाललाई कुनै पनि दिन अधिनस्थ गर्ने सम्भावनालाई दृष्टिगत गरी नेपालमा संयुक्त राष्ट्रसंघको कार्यालय स्थापना गर्नको लागि पहल गरिदिन राजा महेन्द्रले चीनसँग अनुरोध गरेका थिए । किनकि त्यसो भएमा सोझै नेपालमा भारतले अतिक्रमण गर्न नसक्ने राजाको दूरदर्शी सोच थियो ।

८. २०१९ सालभन्दा अघि भारतले सार्वभौम नेपालका राजालाई न सम्मान ग¥यो न त विश्वास नै गर्दथ्यो । उसका पाल्तु खेताला नेपालका कांग्रेस, कम्युनिस्टमार्फत् नेपाल कब्जा गर्ने कांग्रेसलाई

०७ सालपछि सत्तामा राखेर इण्डियाले हिन्दी भाषा, हिन्दी पैसा, हिन्दी, सेना समेत नेपालभरि तैनाथ गरिसकेको अवस्था थियो । नेपाललाई सार्वभौम मुलुक नै मानेको थिएन । यही समयमा चीनले भारतको अरुणाचल आसामलगायतका राज्यहरुमा सैनिक कब्जा गरेपछि भारत टुक्रिने अवस्थामा पुगेको थियो ।

साथै नेपालको कलापानीको भूमि भएर चीनले भारतको राजधानी नयाँदिल्ली जुनसुकै बेला कब्जा जमाउन सक्ने भएपछि मात्रै भारतीय प्रधानमन्त्री नेहरुले राजा महेन्द्रलाई सार्वभौम देशको राष्ट्र प्रमुखको सम्मान दिँदै चीनबाट सुरक्षित रहन केही समय कालापानीमा भारतीय सेना तैनाथ गर्ने अनुमति माग्दै शरण परेकोले भारतीय सेनालाई बस्न दिएका हुन् ।

९. नेपालमा भएका कुनै पनि जनक्रान्ति २००७, २०३६, २०४६, २०५२, २०६२ साल कुनै पनि आन्दोलन र परिवर्तन नेपालीले गरेको नभइ भारतले गराएको हो ।

१०. टंकप्रसाद आचार्य बाहेक त्यस बेलाको नेपालका कुनै पनि नेता देशभक्त थिएनन् । सबै कांग्रेस, कम्युनिस्ट नेताहरुको दाउ नै देश भारतलाई सुम्पनि थियो ।

११. मैले चीनिया नेता माओलाई राजा महेन्द्रको सन्देश बोकेर भेट्न जाँदा माओले आपूmले विश्वका ठूला–ठूला नेतालाई भेटेकोमा राजा महेन्द्र र कम्बोडियाका राजा सिंहानुक जति देशप्रति इमानदार र देशभक्त भएको अरु कोही नपाएको बताएको कुरा गुरुङले खुलासा गरेका छन् ।

१२. भारतीय संस्थापन पक्ष राजा महेन्द्र कम्युनिस्ट हुन कि भन्ने आशंका गर्ने गर्थे । भारतीय नेताहरुले राजा महेन्द्रलाई बुझ्नै नसकेको आफूलाई बताएको गुरुङले खुलासा गरे ।

१३. राजा महेन्द्र राजसंस्था र हिन्दु राष्ट्र भन्दा देशको स्वतन्त्रता स्वाधीनता र जनताको आर्थिक विकासमा जोड दिन्थे । तथापि अहिले गणतन्त्रवादी चटके देश नबुझेका अवसरवादी मौसमी कारिन्दाहरु पलतिरको चाहनामा हिन्दु अधिराज्य नभनेर हिन्दु राष्ट्रको कुरा उठाउन थालेपछि चीन नेपालसँग सशंकित छ । राजसंस्थाको पुनःस्थापना भारतका जोगीहरुले गरिदिए झन अनर्थ हुन्छ । आप्mनै बलबुद्धिमा स्थापना हुनुपर्छ । पृथ्वीनारायणले आफ्नै बलबुतामा नेपाल एकीकरण गरेजस्तै ।

१४. वीपीले महेन्द्रलाई नपढेको भनी अपहेलना गर्ने गरेकाले राजा महेन्द्रले ठूला–ठूला दार्शनिक लेखकका किताबहरु खेजी–खोजी पढेर आप्mनो ज्ञानको क्षितिज बढाएका थिए । फलतः राजा महेन्द्रले कुनै प्रश्न उठाउँदा त्यसको तर्कसंगत जवाफ दिने क्षमता न वीपीसँग थियो न अरु कुनै नेताको थियो ।

१५. भारत चाहन्थ्यो नेपालको पाहाडी बजारहरु धनकुटा, काठ्माडौं, पोखरा आदि भन्दा उत्तरतिर कुनै विकास नहोस् । राजा महेन्द्रले ठूलो चलाखीका साथ कोदारीको बाटो बनाउन सकेका हुन् ।

१६. चीनका राष्ट्रपति सिजिङ पिङले नेपलको भ्रमण सकेर चीन फर्कनासाथ चीनबिरुद्ध कार्य गर्नेको हात–खुट्टा भाँचिदिन्छौँ भनेको कुरा महत्वको छ, स्मरणीय छ । राजा महेन्द्रका पालामा पनि नेपालमा भारतको हर्कत बढेमा चीनमाथि आक्रमण गरेको सम्झिने कुरा चीनका राष्ट्रपतिले सार्वजनिक रुपमै भनेका थिए ।

१७. नेपाल असफल राज्य भयो । दलहरु असफल भए । बाह्रबुँदे संयन्त्रमार्फत् जबर्जस्त लादिएको तथाकथित लोकतान्त्रिक संघीय गणतन्त्रवादी र राजतन्त्रवादी दुवै असफल भए ।

१८. अहिले देश ज्वालामुखी माथि उभिएको छ ।

१९. नेपाल अफ्गानिस्तान, सिरिया, युक्रेन, जुन हालतमा पनि जानसक्छ । राजालाई देशको माया छ, भुटान भएर बस्न चाहँदैनन् । नेपाललाई चीनले कोरियाजस्तो बनाउँछ या त यमसिसीका कारण नेटोको स्वीडेन हुँदै निकट भविष्यमै युक्रेनको हालत बढ्ने खतरा उत्तिकै छ ।