राष्ट्रिय लोक नृत्य छनौट चरणमा गोरखा प्रथम

दाङ, २८ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा हुन थालेको राष्ट्रिय लोक नृत्य प्रतियोगिताका लागि प्याब्सन दाङले जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न गरेको छ ।

शनिबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमकाबिच लोक नृत्य छनौट कार्यक्रम सम्पन्न गरेको हो । छनौट चरणमा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, ज्योतिष्मति विद्यापीठका विद्यार्थी द्वितीय र गोरखा मावि तुलसीपुरका विद्यार्थी तृतीय भएका थिए ।

कार्यक्रममा स्पेसल जुरी डा. गोविन्द आचार्य, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बुढा, प्याब्सन दाङका बरिष्ठ सल्लाहकार शरदकुमार शर्मा, लम्बोदर लामिछाने लगायतले मन्तव्य राखेका थिए । प्रस्तुत नृत्यको निर्णायक मण्डलमा स्पेसल जुरी डा.गोविन्द आचार्य, संयोजक राजेन्द्रकुमार श्रेष्ठ तथा सदस्यहरू धिरज देव र चाहाना झाँक्री रहेका थिए ।

कार्यक्रम प्याब्सनका दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार तथा निवर्तमान केन्द्रीय सदस्य केशव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विजय जिएमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

हाजिरीजवाफमा गोरखा घोराही प्रथम

त्यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङको आयोजनामा आधारभूत तह स्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । शनिबार दाङको घोराहीमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, राप्ती साउर्थन एकेडेमीका विद्यार्थी द्वितीय र मुनलाइट माविका विद्यार्थी तृतीय भएका हुन् । प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार केशब थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बरिस्ठ उपाध्यक्ष विजय जिएमको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सह सचिव विकास रजौरेले गरेका थिए भने क्विज सञ्चालन नवराज खत्रीले गरेका थिए