‘नागरिकतामा राज्यको विभेदकारी नीतिले समस्या’

  •   
  •  

निरला अर्याल
तुलसीपुर, २१ साउन । नेपालमा जन्मिएर पनि राज्यको विभेदकारी नीतिका कारण नागरिकता पाउन नसकेको एक कार्यक्रमका सहभागीहरु गुनासो गरेका छन ।

तुलसीपुर मधेसी समाज सेवा संघको १४ औं साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रममा सहभागीहरुले अहिलेको मुख्य समस्या नागरिकता नपाउनु बताएका हुन । उनीहरुले नागरिक नहुँदा राज्यको सवै खाले अधिकारबाट बञ्चीत हुनु परेको गुनासो गरेका थिए ।

मधेशीका अधिकार कार्यान्वयनको सवालमा जनप्रतिनिधि तथा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष दिपेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा तुलसीपुर उपामहानगर पालिकाका इन्जिनियर दिनेश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गोपालप्यारे चण्डेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अरुण लहरले, संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार गुप्ता, पूर्व वडा सदस्य नागर वैश्य, संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार गुप्ता, राजेश गुप्ता, जेष्ठ नागरिक सावित्रा देवी गुप्ता राजकुमारी गुप्ता, राजाराम गुप्ता, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल लगायतले मधेसी समुदायभित्र भएको दाइजो प्रथा, घरेलु हिंसा जस्ता विकृतिहरुलाई निर्मूल पार्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन रिजुकुमारी गुप्ताले गरेका थिए ।