लेखक संघ दाङद्वारा कवि गोष्ठी

  •   
  •  

घोराही,२१ साउन । लेखक संघ दाङको आयोजनामा शनिवार घोराहीमा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित स्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु डा.हिमलाल पन्थी, गोपाल भुसाल ‘अभिलासी’, दामोदर पौडेल, देवेन्द्र कुमार रिजाल, गोविन्द पोख्रेल, संगीता उपाध्याय, सन्ध्या रेग्मी, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’, सरिता देवकोटा, गुरुप्रसाद महरा, नारदप्रसाद भण्डारी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष डा.लोकराज पराजुली,गणेष विषम, कमलमणि देवकोटा र खगराज न्यौपाने लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा बाचन गरेका रचनाहरूको समीक्षा साहित्यकार उत्तमकृष्ण मजगैयाँले गरेका थिए । लेखक संघ दाङका सदस्य डा. हिमलाल पन्थीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरिता देवकोटाले गरेका हुन ।