नेपाली युवा विदेश पलायन

  •   
  •  

युवराज शर्मा
नेपाली युवायुवतीहरुमा विदेश पलायनको लहर चलेको छ । उनीहरुले भविष्यको खोजीमा विदेशिएका छन् । जीवनको महत्वपूर्ण समयलाई विदेशी भूमिमा पसिना बगाउनु, आर्थिक लोभमा विदेशिनु र धनपैसा कमाएर सपना साकार पर्ने भविष्य हेर्छन् । तर जुन देशमा काम गर्छन् त्यो देशमा बसेर कति खर्च लाग्छ ? त्यसको लेखाजोखा गर्दैनन् । उनीहरुलाई विदेशी मोह किन बढ्यो ? त्यसको अध्ययन, अनुसन्धान र परीक्षण कतैबाट भएको पाइन्न ।

विदेशमा युवाहरुलाई पलायन गराउने म्यानपावर कम्पनीका व्यक्तिहरु छन् । उनीहरुलाई नेपाल सरकारले युवाहरुलाई विदेश पठाउने अधिकार दिएको छ । यो आधारमा पढाइ भिसा, भ्रमण भिसा र कामदार भिसामा युवायुवतीहरुलाई विदेश पलायन गराउँछन् । गाउँले सर्वसाधारण नागरिकलाई भिसा लाग्यो मात्र भन्छन् । अलि बुझेका र पढेलेखेका व्यक्तिहरुलाई मात्र भिसाको वास्तविक भिसा भन्छन् ।

युवायुवतीहरुले घरको खर्च धान्न नसकेर होइन, रहर गरेर विदेशिने व्यक्तिहरु धेरै बढिरहेका छन् । नेपालको राजनीतिक व्यवस्थाले रोजगारको वातावरण बनाउन नसकेर युवायुवतीलाइृ विदेश पलायनको लहर चलाएका हुन् । संघीयता, धर्मनिरपेक्षताजसता नाराहरु दिएको गणतन्त्रले मनतन्त्र मात्रलाई बढावा दियो । नेताहरु मोटाए । नागरिक सुकुटी बने । करको भार बढ्यो । खाने मुखहरु धेरै भए । नेताहरुमध्ये धेरैजना भ्रष्टाचारमा डुबेको वातावरण बन्यो । के यही हो, गणतन्त्र ?

गाउँ छोडेर सहर, बजार बस्नेहरुमध्ये धेरै व्यक्तिहरु विदेशी धनपैसामा रमाएको देख्छन् । उनका छोराछोरीहरुले बोर्डिङ स्कूलमा पढ्छन् । राम्रो लुगा लगाइ सुकिलोमा हिड्छन् । घरमा कार गाडी छ । त्यसमा चढेर इष्टमित्रका घरमा जान्छन् । उनीसँग इष्टमित्रका छोराछोरीले सोध्छन्– विदेशी कमाइ राम्रो हुन्छ ? उनले बढाइ चढाइ भन्छन्– कमाइ राम्रो छ । मासिक एक लाख नेपाली रुपैयाँ बच्छ । त्यो एक लाखको मोह बढ्छ तर विदेश गएका व्यक्तिहरुले तलव होइन, कामको प्रकृतिका आधारमा घण्टाको दरले ज्याला मात्र पाउँछन् । दिनमा १६÷१७ घण्टा काम गर्छन् ।

जसले धेरै मिहिनेत गर्नसक्छ उसले धेरै ज्याला जोर्छ । त्यो पनि वर्किङ भिसामा गएकोले तर पढाइ भिसामा जानेहरुले एक वर्षको क्याम्पस फिस जम्मा गर्नुपर्छ । क्याम्पसले कुनै ठाउँमा ६ घण्टा कामको व्यवस्था गरिदिन्छ । त्इसबाट उसलाई बढाइ खर्च र खाना खर्च मात्र पुग्छ । घरमा धनपैसा पठाउनका लागि आफै बाहिर काम खोज्नुपर्छ । कम दाम पैसामा काम गर्नुपर्छ तर स्थानीय कजदुरहरुले हाम्रो काम खास्ने भन्दै कुट्न सक्छन् ।

त्यहाँ नेपालीले थोरै पैसामा काम गर्छन् तर स्थानीय मजदुरको जयाला सरकारी दर रेटमा मालिकले भुक्तानी गर्नुपर्छ । कानुन कडा हुन्छ । त्यसकारण स्थानीय मजदुरहरुको आवाज सरकारले सुन्छ । यदि भ्रमण भिसामा गएको छ र काम गरेर धनपैसा कमाउँछ भने प्रहरकिो फन्दामा प¥यो भने जेल चलान हुन्छ । देशमा फर्कने भिसा भएमा आफ्नो देशमा फर्काउँछन् । फर्कने भिसा नभएमा जेलको यातनामा जीवन बित्छ । भ्रमण भिसालाई भिजिट भिसा भन्छन् । गाउँबाट पलायन हुनेहरु धेरै भिजिट भिसामा म्यान पावर कम्पनीले पाउँछन् ।

नेपाल सरकारले युवायुवतीलाई विदेश पलायन गराएर विदेशी मोह बढाएको छ । राष्ट्र र राष्ट्रियता कमजोर पार्दै छ । युवायुवतीहरु विदेश पलायन गराएर उनीहरुले स्वदेश पठाउने रेमिट्यान्सबाट देशको अर्थ व्यवस्थामा चलखेल गर्ने नियत बुढा र थोत्रा थाङ्ने नेताहरुको सोचाइ देखिन्छ । उनीहरुको सोचाइ व्यक्तिगत फाइदा उठाउने हो । नागरिकका लागि अनुभूति गर्ने कार्यहरुमा सडक, विद्युत र खानेपानी नै हो । यी क्षेत्रमा सरकारको पहुँच हुनसकेको पाइनन । बस्ती छ, गाउँ बसेको छ ।

गाउँमा आउजाउ गर्ने सडक छैन, यातायातका साधनहरु आउजाउ गराउन सकिन्न । घरगाउँ अन्धकार छ । उज्यालोको लागि जुनेली रात पर्खनु पर्छ । घरभित्र बाहिर अँध्यारो छ । विद्युत गाउँमा पुगन सकेको छैन । खानेपानी जीवनको आधार हो । शुद्ध र सफा पानी खान हिउँदे मौसम पर्खनु पर्छ । खराब र धमिलो पानी खाएर रुघाखोकी, झाडापखाला, टाइफाइड, भाइरल ज्वरोजस्ता रोगले धेरै सताइएका नागरिकका भनाइ छन् । देशमा परिवर्तन ग¥यौँ भन्ने नेताहरुले आफ्नै जीवनमा आर्थिक परिवर्तन आएको लोकतन्त्रात्मक गणतन्त्रमा देखियो ।

समाजवादका नाउमा धेरै विकृतिहरु देखिए । नेतहरुले लाज पचाएर दलगत कार्यक्रमहरु गर्छन् तर उनीहरुले गर्ने कार्यक्रममा बूढाबुढीहरुको जमघट हुन्छ । युवायुवतीहरु देखिएनन् । उनीहरु नेपालमा छैनन् । खाडी मुलुक र भारतीय भूमिमा चौकीदारी, लेवर, अन्य कामहरुमा पैसा कमाउन गाएका छन् । देशमा रोजगारीको वातावरण भएन ।

भारतीय भूमिमा रोजगारी पाउन समस्या भएर खाडी मुलुक र पश्चिमा–पूर्वीया देशहरुमा दलालको सहाराले ऋणको भारी बोकेर जान बाध्य छन् । उनीहरुले कमाएको पैसाले घरखर्च चल्छ तर उपलब्धि सून्य हुन्छ । कसेको भाग्य सप्रेमा सहर बजारका गाउँघरमा पक्की घर बनाएको पाइन्छ । उनीहरुको जीवनशैलीमा खासै परिवर्तन भएको देखिन्न । परिवर्तन नै छोराछोरीको प्रगति हो । जो शिक्षाबाट नै प्राप्त हुन्छ तर पढाइ छोडेर विदेशिने छोराको भविष्य अन्धकार छ ।

देश चलाउन लायक नेताले शिक्षा र कृषिमा विकास गर्छ । जुन देशमा शिक्षा राम्रो छ त्यहाँ मात्र विकास भएको पाउँछौँ । चाहे त्यो देश सानो नै किन नहोस् । नेपालभन्दा कम जनसंख्या र क्षेत्रफल भएको देशमा गएको व्यक्तिलाई हेर्ने हो भने नेपालीको भौतिक, मानवीय र आर्थिक विकास गर्न धेरै वर्ष कुर्नु पर्दैन । प्राकृतिक, भैगोयिलक विविधता भए पनि सडक, विद्युत र खानेपानीका धेरै समस्या नागरिकले भोगेका छन् । मानवीय विकासका लागि शिक्षाको विकल्प छैन । आथिक विकासका लागि कृषि व्यवसाय नै उत्तम छ ।

कृषि कर्मबाट कच्चा पदार्थ, खाद्य सामग्री र रोजगारको वातावरण बन्छ । तब मात्र देश औद्योगगिकीकरण हुन्छ । पर्यटकहरुको आवागमन हुन्छ । होलट व्यवसायका लागि ९० प्रतिशत कृषिमा भर पर्नुपर्छ । सामुदायिक शिक्षण संस्थाहरु नेताका नातेदारहरुको लागि तलव नाने माध्यम बनेको छ । पढाइ चौपट छ । सरकारले समयमा विद्यार्थहरुका हातमा पुसतक दिन्न । शिक्षकहरुको स्कूलमा आयल गयलको वास्ता गर्ने निकायले गर्दैन ।

शिक्ष्ँकहरु राजनीतिक दलका कार्यकर्ता बन्छन् । योग्य शिक्षकहरु राज्यबाट उपेक्षित छन् । असल शिक्षकको कमीकमजोरीका कारण दक्ष जनशक्ति बन्न सकेन । त्यस्तै युवायुवतीलाई खाडी मुलुक पठाएर बुढाबुढीहरुबाट कृषि व्यवसाय भएको अवस्था छ । त्यसैले जमिन बाँझो रहने क्रम बढेको छ । कृषिमा अनुदान दिए पनि वास्तविक किसानले पाएका छैनन् । देशमा कृषि व्यवसाय र सामुदायिक शिक्ष्ाँको विकास नभएसम्म युवाहरु विदेश पलायन हुने अवस्थामा सुधार गर्न सरकारले सक्ने छैन ।