लमही,१९ साउन । दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ ।
बिहीबार विहान लमही नगरपालिका–६ देउपुरमा ट्रयाक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरी रहेकाको मृत्यु भएको हो ।
ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी लमही नगरपालिका–६ देउपुर निवासी हुन ।
लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।