दाङ, १७ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको ईञ्चार्जहरुको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरी ईञ्चार्जहरुको बिदाई तथा स्वागत गरेको हो ।
केन्द्रमा एक बर्षसम्म कार्यरत भई सरुवा भएर जान लागेका प्रहरी सहायक निरीक्षक दीपक शर्मालाई बिदाई र सामुदायिक प्रहरी सेवा केन्द्रको ईञ्चार्जमा सरुवा भएर आएका प्रहरी सहायक निरीक्षक दीपक थापालाई स्वागत गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाई भएर जान लागेका प्रहरी सहायक निरीक्षक शर्माले सामुदायिक सेवा केन्द्रमा रहँदा सामाजिक अपराधविरुद्धको सचेतना कार्यक्रममा अतुलनीय योगदान पु¥याएको बताएका थिए । बिदाई भएर गएका प्रहरी सहायक निरीक्षक शर्माले आफू सरुवा भएर जहाँ गए पनि समाज र राष्ट्रका लागि लागिपर्ने बताए ।
सामुदायिक प्रहरी सेवा केन्द्रमा सरुवा भएर आएका ईञ्चार्ज दीपक थापाले केन्द्रको संस्थागत विकास र समाजका लागि योजना बनाएर काम गर्ने बताए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, केन्द्रका सल्लाहकार दीपक शर्मा ‘समीर’, सह–सचिव मौसम आचार्य, कोषाध्यक्ष जीवन वली, सदस्यहरु सरस्वती सुवेदी, देबीराम न्यौपाने, प्रहरी जवान बिनोद आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव केबी घर्तीले गरेका थिए ।