५६ औं रक्त सञ्चार सेवा दिवस

तुलसीपुर, १३ साउन । रक्त सञ्चार सेवाको ५६ औं रक्तदान दिवस आज बिबिध कार्यक्रम मनाएको छ । दिवसका अवसरमा रक्तदान,रक्तदातालाई सम्मान र अन्तरक्रिया कार्यक्रम गरिएका छन् । रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटिले रक्त संचार केन्द्र सञ्चालन गरि सेवा दिदै आएका छन् ।

दाङमा नेपाल रेडक्रसले तुलसीपुर,घोराही र लमहीमा गरि ३ स्थानमा अन्तरक्रिया तथा संस्थागत रक्तदाताहरुलाई सम्मान गरेको छ । तलसीपुरमा आयोजीत कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले सिमित श्रोत,साधान र जनशक्तिका बाबजुत कालिका देवी रक्त सञ्चार तुलसीपुरबाट नेपाल रेडक्रस सोसाईटिले रगत अभाव हुन नदिएकोमा खुसी व्यक्तगरे । तर अस्पतालमा चिकित्सकहरु प्रति भने गुनासो गर्दै प्रादेशिक अस्पतालबाट नीजि अस्पतालमा बिरामी पठाउने तथ्य आफुले फेला पारेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर ओम अर्यालले रिफर सेन्टरका रुपमा राप्ती प्रादेशिक अस्पताललाई लगाईने आरोप प्रति असन्तुष्टि जनाएका थिए । त अस्पतालमा निमित्त मे.सु.ले लामो समयदेखि प्रशासनिक काम गर्न बाध्य भएको बताए। डाक्टर अर्यालले आफु निमित्तको पनि निमित्तको केहिदिनका लागि काम गरिरहेको बताए । प्रादेशिक अस्पतालमा ११ औ तहको मेडिकल सुपरिटेण्डीयन हुनुपर्नेमा १० औ तहले जिम्मेवारी पाएको छ ।

अन्तरक्रियामा रक्त संचार केन्द्र दाङका जिल्ला सदस्य एबम मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले दाङका रक्त सञ्चार केन्द्रको अबस्था,सम्भावना र चुनौतिका बारेमा आधारपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रेडक्रस दाङका संस्थापक मन्त्री नवराज रजौरे,नेपाली काग्रेसकी नेतृ देवा डाँगी,नेकपाका बिकास वली,अनेरास्वबियुका केन्द्रिय सदस्य सर्जन परियार,तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष मिनराज भण्डारी,चेम्वर अफ कर्मश तुलसीपुरका सचिब ऋषिराज भण्डारीले रक्त सञ्चार सेवा केन्द्रको दिर्घकालिन श्रोत ब्यबस्थापनको खोजीगर्नमा जोड दिएका थिए ।

मानव अधिकार तथा शान्ति समाज दाङका सभापति तुलसीराम सुनार,राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा,तुलसीपुर नगर जेसीजका सन्दीप भुषाल,समाबेशी सहकारी संस्थाका अध्यक्ष रुपबहादुर खत्री,युवा क्लवका सि.एम. बिश्वकर्मा लगायतले स्थानीय सरकारले यसको महसुस गरि रगत सबैका लागि आबश्यक पर्ने भएकाले दिर्घकालिन श्रोत ब्यबस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य शाखाका उप कोषाध्यक्ष ज्ञानप्रसाद आईतबारेले र सहजिकरण शाखाका जिल्ला सदस्य हरिहर पौड्ेले गरेका थिए । २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो ।

हाल सम्म नेपालका ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाईहरु मार्फत रेडक्रसले सेवा सञ्चालन गदै आएको छ । रेडक्रसले बिबिध मानविय कार्यहरु मध्य मानव जिवनसँग प्रत्यक्ष एव अत्यावश्यक सेवाको रुपमा रक्त संचार सेवा दिदै आएको छ ।

तत्कालिन राप्ति अञ्चलका रोल्पा,रुकम,सल्यान,प्युठान र दाङ लगायत बाँके,रुपन्देहीका जनताहरुलाई रगतको सहज आपुर्ति गर्ने उदेश्यले दाङ रेडक्रसको पहलमा यहाँका स्थानिय माजसेवि, चन्दादाता,बिभिन्न संघसंस्था एंव राजनीतिककर्मीहरुको सहयोगमा तन्त्कालिन महेन्द्र अस्पताल र हाल राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाताभित्र २०५९ सालदेखि रक्त संचार सेवा शुरु गर्दै आईरहेको छ ।

स्वच्छ नागरिकले बर्षमा ४ पटक सम्म रक्तदान गर्न सके स्वस्थ मानव बन्नमा सहयोग गर्छ भने उसले गरेको रक्तदानले अर्को ब्यक्तिको जिवन सक्छ । भने दाङका ३ स्थानमा गरि एक बर्षमा कम्तीमा ५ हजार २ युनिट रगत संकलन हुन्छ भने आपुर्ति ५ हजार ५२ युनिट रहेको छ ।