युवराज शर्मा
भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल पनि अग्रपंक्तिमा पर्छ । यो राजा पृथ्वीनारायण शाहको एकीकरण समयदेखि हुँद्यै आएको थियो । अहिले मौलाएको छ । आर्थिक भ्रष्टाचार, अनियमित कार्यशैलीको भ्रष्टाचार र ऐननियम मिचेर दफा सरपट चलाएर गरिने सामाजिक भ्रष्टाचार हुन् । यस्ता भ्रष्टाचारहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा भएका कर्मचारी र राजनीतिक दलहरुबाट हुन्छ ।
देश हाँक्ने जनप्रतिनिधि, नेता एवम् कार्यकर्ताहरुले गर्छन् । यसलाई नियन्त्रण गर्न विभिन्न निकायहरु छन् । उनीहरु सफल हुन सकेका छैनन् । त्यस्ता निकायहरु पनि प्रायः भ्रष्टाचारमा मुछिएको पाइन्छ । अहिले सबैको ध्यान आर्थिक लेनदेनलाई भ्रष्टाचार भन्छन् । भनिन्छ – धन देखेपछि महादेव शिवशंकरले पनि ध्यानमग्न अवस्थामा भएका बखत उनको पनि आफ्नो आँखा खोलेका थिए । त्यसकारण आर्थिक भ्रष्टाचारलाई नियन्त्रण मात्र होइन, त्यस्तो भ्रष्टाचार हुनै नदिने प्रजातान्त्रिक गणतन्त्रात्मक वाावरण बन्नु पर्छ ।
नेपालमा आर्थिक भ्रष्टाचार बढेको पनि धेरै राजनीतिज्ञहरुको नैतिकता कमजोर भएर हो । उनका अरौटे–भरौटे हुने कर्मचारीहरु भ्रष्टाचारको जालो बुन्छन् । त्यस जालोमा नेताहरु र कार्यालय प्रमुखहरु फस्दै आएको इतिास दोहोरिएको छ । ब्रिटिस सरकारले विश्वका ८१ देशहरुमा आफ्नो शासन जमाएको थियो । त्यस्तो देश ब्रिटिस शासनमा बाँधिएका थिए । उनीहरुले दासत्व वहन गर्नुपरेको थियो । त्यस समयमा देशलाई दासत्वमा बाँध्नका लागि शासकहरुलाई धेरै आर्थिक प्रलोभनमा पार्थे ।
लडाइँ जित्न शासकलाई भ्रष्टाचार गर्न प्रेरित गर्थे । अहिलेसम्म नेपालमा भ्रष्टाचार हुने गरिने भ्रष्टाचारका किसिमहरु सम्बन्धमा अध्ययन अनुसन्धान भएको छैन । राजनीतिज्ञहरुको प्रशासनिक कार्यशेली हेर्दा भविष्यमा पनि भ्रष्टाचारमा आर्थिक भ्रष्टाचार निर्मुल हुने छैन । अनैतिक तरिकाबाट कमाएको धनपैसा लामो समय टिक्दैन भन्नेहरु पनि छन् तर त्यस्तै व्यक्तिहरु सत्तामा राजनीतिक दलहरुले आफ्नो दलको योग्य व्यक्तिमा छान्छन् ।
त्यस्ता व्यक्तिहरुले भन्छन् – भ्रष्टाचारको रकममध्ये केही रकम पार्टीलाई चन्दा दिएपछि असल व्यक्ति बनिन्छ । उनीहरु भन्छन् – राजनीतिक दलका जिम्मेवार व्यक्तिहरु पनि भ्रष्टाचारी हुन् । अहिले पनि देशमा संघीय लोकतन्त्रात्मक गणतन्त्रको व्यवस्था छ । यस व्यवस्थामा तीन तहका सरकार छन् । सबैभन्दा बढी आर्थिक र सामाजिक भ्रष्टाचार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा हुने गर्छ । आफूले बनाएका नियम, ऐनकानुनलाई अक्षरसः सबै निकायहरुबाट पालना गराउने हो भने कुनै प्रकारको भ्रष्टाचार हुँदैन ।
भ्रष्टाचार नियन्त्रण गर्न राजनैतिक इच्छाशक्ति हुनुपर्छ । राजनीतिज्ञहरुमा सादा जीवन शैली, सरल स्वभाव, विशाल दृष्टिकोण, देशप्रेमको भावना र राष्ट्रियताको मानसिकता हुनुपर्छ । त्यसको प्रभाव कर्मचारीहरुमा पर्छ । तब मात्र लोकतन्त्रात्मक गणतन्त्र व्यवस्था सार्थक बन्छ । गणतन्त्रलाई भ्रष्टाचार गर्ने आधार राजनीतिज्ञहरुले बनाएपछि कर्मचारीतन्त्रमा आत्मानुशासन र सामाजिक व्यवहार देखिन्न । सेवाग्राहीका नजरमा पैसा दिएमा मात्र काम बन्छ भन्ने सोचाइ भइरहन्छ । अहिले नेपालमा त्यस्तै वातावरण सेवाग्राहीहरुले भोगिरहेका छन् ।
नेपालमा भ्रष्टाचार निर्मुल बनाउने नीति बनाउनु पर्छ । त्यसका लागि तीनै तहका सरकारले देहायका प्रविधिका नीतिहरुको कार्यान्वयन गर्नु गराउनु उपयुक्त हुने देखिन्छ : आर्थिक कारोबार गर्दा बैंकको पहुँच पुगेका ठाउँमा बैंकबाट गर्ने गराउने गर्नुपर्छ । यदि बैंक स्थापना नभएका स्थानहरु भएमा वडाध्यक्षहरुले पालिकामा राजस्व उठेको व्यहोरा जनाउने गर्नु पर्छ । यसबाट आर्थिक अनियमितता हट्छ । सामाजिक भ्रष्टाचारलाई नियम कानुनको पालना नागरिकमा गराउनु जिम्मेवार व्यक्रिको कर्तव्य र दायित्व हो । त्यसलाई कार्यान्वयनमा कमजोरी गर्नु हुँदैन ।
सबै प्रकारका जनप्रतिनिधिहरुको हरेक तहका सरकारले सम्पत्ति विवरण राख्ने र कर्मचारीहरुको पनि उपल्लो तहको सरकारले राख्नु पर्छ । पाँचवर्षे कार्यकालपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । आर्थिक भ्रष्टाचार गर्ने जनप्रतिनिधि र कर्मचारीलाई सम्बन्धित निकायहरुले कारबाही गरेको सार्वजनिक गर्नुपर्छ । अपराध ढाकछोप गर्ने पनि राम्रो काम होइन । त्यसलाई सजाय गर्ने निकायले तुरुन्तै सजाय गर्नुपर्छ । यदि निजले नगरेमा सरकारले समयमा सजाय गर्नुपर्छ । त्यस्तो सजायको विवरण सार्वजनिक गर्नुपर्छ ।
कुनै पनि नागरिकलाई विदेशी बैंकमा धनपैसा राख्ने नीति हटाउनु पर्छ । त्यस्ता धनपैसा र श्रीसम्पत्ति राष्ट्रियकरण हुने नीति तयार गरी दैत्य सम्बनध त्यस्ता देशहरुसँग गर्नुपर्छ । सम्पत्तिहरु जफत गरी सजाय गर्ने कानुन बनाउनु पर्छ ।
धेरै भ्रष्टाचार कर्मचारीहरबाट हुन्छ भनाइ राजनीतिज्ञहरुको सुन्नमा आउँछ तर विलासी जीवनशैली अपनाउनेहरुमा पार्टीका नेताहरु हुँदै आएका छन् । कर्मचारीहरुमा अर्थमन्त्रालय, गृहमन्त्रालय, परराष्ट्रमन्त्रालयहरुका निकायहरुमा देखिन्छ । त्यसलाई निर्मुल गर्न मन्त्रालय कमजोर भएको छ । आर्थिक र सामाजिक भ्रष्टाचार मन्त्रालयदेखि तल्लो निकायहरुसम्म बढिरहेको अवस्था छ ।
सरकार चलाउने जिम्मेवार व्यक्तिहरुमा जिम्मेवारी, जवाफदेही र पारदर्शी हुन सकेन भने आर्थिक, सामाजिक भ्रष्टाचार बढ्छ । त्यसो परिणाम नेपाल राज्यले भोगेको छ । नागरिकले दुःख भोगिरहेका छन् । सडक, विद्युत र खानेपानीको अभाव अधिकांश गाउँहरुमा छ । नागरिकका लागि सार्वजनिक स्कूलहरुको दूरावस्था छ । उपचारका लागि स्वास्थ्योपचारको समस्या छ । खेतीपाती गर्न मलको अभाव छ । पैसा तिर्दा पनि पाएका छैनन् । कतै पाएपछि पनि चर्का मूल्य तिर्नुपर्छ ।
नागरिकका लागि सरकारले कृष र शिक्षामा सामाजिक भ्रष्टाचार बढाएको छ । जुन दलको सरकार भए पनि कृषि र शिक्षामा रचनात्मक सुधार गरेनन्, गर्न पनि चाहेनन् । त्यसैले होला गाउँमा खेती गरेर जीवनयापन गर्नेवर्गको जीवनशैली अन्धकार बन्दैछ । प्रकृतिले पनि त्यही वर्गलाई दुःख दिएको छ । सार्वजनिक शिक्षण संस्थहरुलाई बिगारेर सामाजिक विकृतिहरु बढिरहेका छन् । आर्थिक भ्रष्टाचारमा डुबेको देश नेपालमा आर्थिक अवस्था कमजोर बन्दैछ । सामाजिक अवस्थालाई हेर्दा दलगत भेदभावको वातावरण गाउँघरमा बढेको छ । नेपाली समाजमा आर्थिक र सामाजिक भ्रष्टाचार मौलाएको छ । देशभर झाँगिएको छ । भ्रष्टाचारमय वातावरण बन्दैछ ।