शिवराज खनाल
लमही,९ साउन । दाङमा विद्यार्थीलाई यौन दुव्यवहार गरेको आरोपमा बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन ।
राप्ती गाउँपालिका–५ स्थित स्टार समिट इंग्लिस स्कुलमा कार्यरत ५० बर्षीय शिक्षक श्यामलाल चौधरीलाइ सोही विद्यालयमा अध्ययनरत पाँच बर्षीया छात्रालाई यौन दुव्यवहार गरेका आरोपमा प्रहरीले सोमवार पक्राउ गरेको हो ।
बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेको बताएपछि शिक्षकले दुव्यवहार गरेको रहस्य खुलेको हो । अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले नियन्त्रणमा लिएको थियो । अभिभावकको किटानी जाहेरीको आधामा शिक्षकमाथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।