दाङ ,३ साउन । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्कपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानमा उपकुलपतिकोरुपमा डा। विकास लामिछानेल जिम्मेवारी सम्हालेपछि आमा सुरक्षा कार्यक्रम निशुल्करुपमा सञ्चालन भएको हो ।
बैशाख १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानमा निशुल्क प्रसुति गराउन आउने महीलाहरु अहिले सेवा पाउँदा खुसी भएका छन् । प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले निशुल्क प्रसुति सेवा दिन थालेपछि विरामीको संख्या बढ्दै गएको बताए । थापाका अनुसार प्रतिष्ठानमा प्रसुति सेवा निशुल्क भएपछि गएको तिन महिनाको अवधिमा नर्मल डेलिभरी र शल्यचिकित्सा सेवावाट ६ सय ८२ जना महीलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।
प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइका अनुसार प्रतिष्ठानमा गएको वैशाखमा १ सय २८ जनाले महिलाले नर्मल डेलिभरी सेवा लिएका छन् भने निशुल्क शल्यचिकित्सा सेवावाट ७३ जना महिलाले प्रसुति सेवा पाएका छन् । उनका अनुसार जेठ महिलामा १ सय ४० जनाले नर्मल डेलिभरी र ९४ जना महिलाले शल्यकृया गरेर प्रसुति सेवा पाएकोे सुचना अधिकारी भट्टराइले बताए ।
त्यसैगरेर असारमा १ सय ४७ जना महिलाले नर्मल डेलिभरी र १ सय जना महिलाले शल्यचिकित्सावाट प्रसुति सेवा लिएको सुचना अधिकारी भट्टराइले जानकारी दिए । प्रतिष्ठानमा प्रसुति सेवा विभागवाट शिक्षाध्यक्ष तथा प्रसुति सेवा रोग विशेषज्ञहरु डा। वसन्त लामीछाने, डा शिशिर कवर, डा सुगन्ध श्रेष्ठ, डा। कृताञ्जलि घिमिरेले सेवा दिइरहनु भएको छ ।