व्यक्तिको चाख, क्षमता र राजनीतिक परिवेश

विनोद पोख्रेल
२०७७ चैत ८ गते
अलिकति चाँडो कापी–कलम पकडेजस्तो लागेको छ । सूर्य उदाएको छैन । उज्यालो भने प्रशस्त छ । गजवको क्षमता हुन्छ केही वस्तुहरुमा । सूर्य आफू नदेखिए पनि पहिले नै प्रशस्त उज्यालो दिन्छ । आफू आउने संकेत हो वा आmूबाट बचन अरुलाई समय हो । अथवा न आत्तिन भनेर प्रेरणा दिने शैली हो ।

यस्तै अरुमा पनि हुन्छ । आफू नदेखिए पनि आफूले आफूसँग भएको सुगन्ध लुकाउन सक्दैन । आफूमा भएका गुणहरु क्षमतामध्ये केही यस्ता हुन्छन् जसलाई देखाएर प्रमाणित गर्नै पर्दैन । ती आफै अनुभूति गर्न सकिन्छ । यस्ता राम्रा गुणले प्रेरणा पनि दिन सक्छन् भने केही यस्ता गुणहरु पनि छन् जसले सचेतताबस तर्क हुने मौका दिन्छन् ।

मानिसमा विशेष गरेर ममा त धेरै कमजोरीहरु नै छन् जस्तो लाग्छ । जो मैले चाहेर पनि लुकाउन सक्दैन । कुनै समय थियो, जब केही कमजोरीको आफैले पनि गर्वका साथ व्याख्या गर्दथे । ती कमजोरीहरु हुनुमा पनि केही इज्जत भएको जस्तो तर यो गलत हो । यो अनुभवले सिकायो । कमजोरहरु जहिले सकिन्छ र जति सकिन्छ हटाउँदै वा सुधार गर्दै जानु अनिवार्य हुन्छ । कमजोरीमा गर्व गर्ने कुनै ठाउँ हुँदैन ।

हामी सूर्यजस्तो प्रेरक तत्व नबने पनि कमजोरीको उदाहरण बन्न पनि हुँदैन । केही त गर्न सकिन्छ । जे गर्न सकिन्छ तीमध्ये राम्रो गर्ने र नराम्रो छोड्ने । जति राम्रो गर्न सकिन्छ त्यति गर्ने । प्रयास मात्रै भए पनि राम्रो गर्नको लागि गर्ने । यस्तो गरे मात्रै थोरैलाई नै सही प्रेरणाको स्रोत बन्न सकिन्छ । सूर्यको उज्यालोले सचेत गराएको जस्तो लाग्दैछ, आज । सूर्य उदाएको हेर्न पनि मुस्किल । म जहाँ बसेर लेख्छु त्यहाँ अहिले चश्मामा सूर्यका किरण परेर अलि झलमलजस्तो बनाएका छन् ।

मैले म बसेको स्थिति फर्न प¥यो, लेख्नका लागि । सुस्त–सुस्त तातो पनि बढ्ने हो । यही सूर्यका गर्मी केही दिन आझैसम्म कतिबेला भेटिएलाजस्तो लाग्थ्यो । घाम ताप्न कति आनन्द आउँथ्यो । अब सूर्यबाट प्रत्यक्ष रुपमा कसरी बच्ने हो भनेर सोच्ने बेला भएको छ । कतै यो भावनात्मक सम्बन्धको प्रतीक त होइन ?

सबै कुरा उस्तै हुँदाहुँदै पनि सम्बन्धहरु कहिले बढी गाढा र कहिले अलि टाढा हुने गर्छन् भन्ने शिक्षा पो हो कि ? अथवा सम्बनधमा परिवेशको प्रभाव पर्छ भन्ने प्रमाण पनि हुनसक्छ । यस्तै–यस्तै भएर त होला कुनै कविले ‘पैले बुझन् कठिन, बुझ्यो अति कठिन, झन झन बुझ्यो झन कठिन’, भनेर लेखेका छन् । बुझ्ने भन्ने कुरो आफ्नो क्षमतामा भर पर्ने हो ।

कक्षामा शिक्षकले बुझाउनकै लागि पढाउँदा पनि मैले शिक्षकको अपेक्षाजति बुझ्न सकेँ जस्तो लागेन । मैले बुझाउँदा या पढाउँदा पनि विद्यार्थीले मैले अपेक्षा गरेअनुसार बुझेको जस्तो लागेन । दुवै ठाउँमा कमजोरी मेरै हो कि जस्तो लागेर कतिपल्ट झस्के पनि । दिक्क पनि लाग्यो । ठिक कारण त मलाई अहिले पनि थाहा छैन तर व्यक्तिको चाख र क्षमतालाई यसको कारण मानेर चित्त बुझाएको हुँ ।

२०७७ चैत १० गते

समय प्रशस्त छ । मनमा भावनाहरु पनि नहुने कुरो भएन । कहिलेकाहीँ यस्तोमा पनि के लेखूँ भनेर अलमलमा परेको जस्तो लाग्छ । लेखाइले आफूलाई पूर्ण सन्तुष्टि दिनसके हुन्थ्यो भन्ने लाग्छ । सायद यही पूर्ण भन्ने शब्दले मलाई अलमलमा पार्छ । आज जति पन्छिन खोजे पनि मनमा राजनीतिकै पाटो अगाडि छ । य

सका पनि दुईवटा घटना, एउटा एमालेको किचलो यहाँसम्म पुग्यो कि ओलीले माधव नेपाललाई स्पष्टिकरण सोधेो पत्र नै पठाए । यसलार्य मैले एमाले फुटेको भनेर आmू निरपेक्ष छुँ भन्न सक्देन । जुनकुनै पनि शक्ति अलि सवल देखियो भने त्इसको विरुद्ध सबै लागेर त्यसलाई कमजोर बनाउने परम्परा नै बनेको छ, नेपालमा ।

०४६ सालको आन्दोलनको सफलतापछि मात्रै हेर्ने हो भने पनि कांग्रेस आज कुन हैसियतमा छ त्यो सबैको अगाडि छ । माओवादी भन्ने शक्ति जसरी उदायो त्यसैगरी हरायो । एमाले पनि दुर्घटनाो विन्दुमा पुगेको छ । स्पष्टिकरणले त अब मिल्न देला जस्तो लाग्दैन । हुन त कहिलोहीँ अचम्मका निर्णय र अचम्मकै परिणाम पनि देखिएका छन् तर यसपल्ट यस्तो केही होला जस्तो मलाई लाग्दैन ।

बरु नेपाली राजनीतिको डरलाग्दो रोगको रुपमा यसलाई बुझेको हुँ मैले । अझ रमाइलो कुरो हजिो एमाले फुटाउने बामदेव गौतमजस्तो मान्छे आज त्यही एमाले जुटाउन लागिपरेको छ भन्ने समाचारहरु सुन्दा वा पढ्दा एक्लो हाँस्ने गर्छु । यो घटनामा केही व्यक्तिको राजनीतिक व्यक्तित्व हटाउन पनि सक्छ र केही नयाँ अनुहारहरु आउन पनि सक्छन् । त्यसकारण नाम नलिएरै भन्छु केही व्यक्तिहरुप्रति सहानुभूति देखाउन मन लागेको छ ।

यो एउटा पक्ष भयो । अर्को पक्ष मेरो मनमा भएको भनेो राजनीतिमा सिद्धान्त, उद्देश्य, गन्तव्य ेही नचाहिनेजस्तो, जसरी भए पनि आफू सत्तामा पुगे सफल हुने जस्तो, चरित्रको विकास एकातर्फ देखिन्छ भने एउटा अतिविद्वान् समूहको पनि विकास भएको जस्तो लाग्छ । यो समूहमा राजनीतिबाट व्यक्तिगत वा सामूहिक लाभ लिन खोजेका र नपाएकाहरु, यति भए पनि यसबाट टाढा हुन नचाहकोहरु अथवा विद्वत्ताको नाममा गफ गर्न सौखिन र सिफालहरु, व्यवहारमा केही गर्न नसकेका, नपाएकाहरु पर्छन् ।

उनीहरुका अन्तर्वार्ता सुन्दा वा गफ सुन्दा सबैको कुरा उनीहरुलाई पहिल्यै थाहा भएको, उनीहरु जति अरु कसैले नजानेको, नबुझेको, हरेक व्यक्ति उसको व्यवहार उनीहरुले बुझेको, कोही ठिक नभएको अनि अन्त्यमा सबै देशीविदेशी चालको गोटी भएको जस्तो लाग्छ । हामीमध्ये धेरै यस्ता छौँ कि आफूले गलत मानेकोलाई गलत नै भनिदियो भने अति विद्वान् मानिदिन्छौँ र त्यही मानिसले आफूले सहानुभूति राख्ने पात्रलाई गलत भनिदियो भने उसको आलोचना गर्छौँ । सायद यही राम्रो कमजोरी सोचेर प्रवृत्तिका कारण यहाँ काम गर्नेहरु थोरै भए र विद्वानहरु धेरै भए । सत्यता के हो भने उचित परिवर्तन गफले होइन कामले देखाउन सक्छ ।