भुइँफुट्टा राजनीति मौलायो

युवराज शर्मा
नेपाल सानो मुलुक भए पनि राजनीतिमा विश्वप्रसिद्ध छ । वास्तवमा राजनीतिक व्यक्तिहरुको समूहले तानाशाही, जारशाही, नोकरशाही, सामन्तकारी, चोर, फटाहाहरुको समूह बनेर आफ्नो गुणहरुको व्याख्या आफै गर्छन् । भन्छन् राष्ट्र र सार्वभौमिकताको रक्षा गर्दै राष्ट्रियताको भावना नागरिकमा ल्याउने लक्ष्य छ ।

नेतृत्व प्रदान गर्ने नेता, पुच्छरे नेता, दलको उर्दीमा लड्न हिड्ने लडाकु कार्यकर्ता, वर्गी संगठन र संघका हुल्याहाहरु र पढ्न अल्छी विद्यार्थीहरु सामेल हुन्छन् । आफूलाई ठूलो र शक्तिशाली ठान्ने व्यक्ति राजनीतिक दलको अगुवा हुन्छ । अगुवा नेता भन्छन्– हाम्रो पार्टी समाजवादी, लोकतन्त्रवादी, अवसरवादी हो । तर यस्तो भन्दैनन् ः नोकरशाही, कार्यशैलीको पार्टी । व्यवहार देखाउने पुँजीवादी भन्ने गर्छन् आफूलाई समाजवादी ।

जन्मथलो कहाँ हो कहाँ भन्छन् आफूलाई नेपाली । पण्डितबाजे भन्छन्– गधालाई धोएर गाई भन्ने नेताहरु छन् ।शैक्षिक ज्ञान छैन, शासन गने सीप पनि छैन । शोषण गर्नेहरु छन्, शैक्षिक ज्ञान छैन । शासन गर्ने सीप पनि छैन । शोषण गर्नेहरु पढेका ज्ञानी बन्न सकेनन् । शैक्षिक योग्यताको घमण्ड छ । धेरै भेडाजस्तो कराउँछन् । कतिपयले कुकुर भुकेजस्तो भुक्छन् तर नागरिकहरुले उनीहरुको भुकाइ बुझ्दैनन् ।

नागरिकमा चेतना, ज्ञान छ । तैपनि नेताहरुका सामू बोल्दद अड्चन छ । यस्तो दलका नेताहरुले राजनीतिक दलको सिद्धान्त, राजनीतिक र आदर्शता सुरक्षित गर्न सकेका छैनन् । अहिले नेपालमा भुइँफुट्टा राजनीति मौलाएको छ । स्वतन्त्र भएर चुनाव लड्ने, जितेपछि काममा अग्रसर बन्ने तर राजनीति गर्नेहरुले स्वतन्त्रलाई नपत्याउने । आफूले पनि काम गर्न चाहन्नन् ।

जनतालाई सताउने, दुःख दिने र प्रभाव सिर्जना गर्ने काम मात्र गर्दछन् । यसैलाई प्रगति ठान्ने नेताहरु छन् ।बहुदलमा नेताको महत्व हुन्छ । दलको विकल्प दल नै हो तर दल भन्दैमा सोचाइ र विचार नभएको नेताले दललाई दिशानिर्देश गर्न सक्दैन । ऊ एउटा दलको पात्र मात्र बन्छ । धनपैसा कमाउने अवसरको खोजीमा हुन्छ । आफूभन्दा तलका कार्यकर्ताहरुलाई माथि उक्लन दिँदैन ।

२०४५ सालदेखिको राजनीतिमा उनै ठूलाठालुहरुको अगुवाइ र रजाइँ चलेकै छ । ३०६५ सालदेखि राजनीतिका अगुवाहरुले नोकरशाहीको प्रकृति र प्रवृत्तिहरु दलहरुमा भिœयाएर नातावाद र परियावादले बाहुल्यता जमाएको छ । त्यसैले होला, हरेक क्षेत्रमा परिवारवाद हाबी भयो । राजनीतिक दलका नेताहरुमा जनउत्तरदायी भावना भएन, जिम्मेवार पदमा बसेर के गर्न हुन्छ र के गर्नु हुँदैन भन्ने जवाफदेही देखिएन ।

पदमा बसेर धनोपार्जनको अवसर मात्र हो भन्ने सोचाइ भयो । यसको ज्वलन्त उदाहरण कृषिमन्त्री र अर्थमन्त्रीले देखाएका थिए । कृषिमन्त्रीले मलको आपूर्ति, समयमा पैसा तिरेर खरिद गर्न पनि किसानहरुले पाएनन् । अर्थमन्त्रीले बजेट बनाउँदा असार १४ गनेको त्यो घटनाले करको दायरा बढाउने र घटाउने समयको ज्ञान भयो । यस्ता कामबाट अर्थलाभ हुँदोरहेछ भन्ने बुझाइ नागरिकलाई भयो ।

मन्त्री बन्नु नै धन आर्जनका माध्यम हुन भन्ने सन्देश दिइयो । भूइँफुट्टा राजनीति मौलायो भने अवसरवाद हाबी हुन्छ । त्यसकारण नेपालमा अवसरवाद मौलाएको छ । नेपालीहरु आर्थिक दृष्टिले गरिब र विपन्न भए पनि कर्मक्षेत्रमा कर्मठ र मिहिनेती छन् । जस्तै गर्मी र जाडो भए पनि परवाह नगरी काम गर्छन् । खाडी मुलुकहरु र बर्फिला भूभागमा बसेर काम गरेका छन् । धनपैसा कमाएका छन् ।

सरकारलाई रेमिट्यान्सको कमिशनले विदेश युवाशक्तिलाई पठाउने वातावरण नेताहरुले बनाएकै छन् । बाँचुञ्जेल सत्तामा टाँसिने वातावरण भएकै छ । भन्छन्– नेपालमा युवाशक्ति बस्न चाहन्नन् । विदेशीने रहर गर्दछन् । नेपालभन्दा राम्रो अर्काको देशलाई सम्झन्छन् । नेपाल हाँक्ने बूढा नेताहरुले हो । उनीहरुको यो भनाइ कति सार्थक वा निरर्थक छ ? त्यो तेस्रो पिँढीले बुझ्ने छन् ।

देशलाई कंगाल बनाएर बिगार्ने नेताहरु नै भएका छन् । उनीहरुलाई ज्ञान छैन । सीपको विकास गर्न सकेनन् । त्यस्ता व्यक्तिहरुको बुद्धि विकास कसरी हुन्छ ? त्यसकारण नेपालको राजनीतिमा ७० वर्षका बूढाहरु नेता भएर दलको अगुवाइ गर्नु नै नेपालको अस्तित्व र नेताहरुको व्यक्तित्व खतरामा छ भन्छन्, युवाहरु । विभिन्न भ्रातृ संगठनहरु भएका दलहरुले, युवाहरुलाई भुलाउने र झुलाउने गरेकै छन् ।

उनीहरुलाई आन्दोलन, हुलदङ्गामा खटाउन र प्रहरीहरुसँग लडाउन सफल हुन्छन् । भन्छन्– घाइतेहरुको उपचार गर्छौँ । मृत्यु भएमा दश हजार राहत दिन्छौँ तर विधवा र टुहुरा बालबालिका, बृद्ध बुबाआमाप्रति सान्त्वनासम्म हुन्न । यस्तो वातावरणको राजनीतिले नेपालको विकास र नागरिकका लागि दललाई सम्झने आशा सेलायो भन्छन् गाउँले नागरिक ।

२०७९ असार १९ गते कान्तिपुरमा प्रकाशित राजनीति विश्लेषक प्रा.कृष्ण खनालले लेख्नुभएको थियो – वीपी अहिले हाम्रा सामू छैनन्, उनी बितेको ४० वर्ष भयो । जसले त्यो वर्गको सिर्जना गरेको थियो त्यसले पञ्चायत ढालेको थियो । त्यो पञ्चायत ढलेको पनि ३२ वर्ष नाघ्यो । पञ्चायतले निर्माण गरेको त्यो भुइँफुट्टावर्ग बलियो भयो । कांग्रेस, कम्युनिस्टको राजनीति रुपान्तरित भएछ, सिद्धान्त हराएछ ।

२०५२÷०५३ सालतिरको कुरा हो । कृष्णप्रसाद भट्टराईलाई भेट्न गएका बेला भट्टराईले खनाललाई भनेका थिए : स्कूल पढ्ने गरिब विद्यार्थीका लागि आफ्नो तर्फबाट २५÷२६ लाख रुपैयाँ राखेर एउटा कोष स्थापना गरेका थिए । सिडिओ अफिसमा दर्ता गरेको थियो तर खनालको भने किसुनजी, काम राम्रो गर्नुभयो तर कहाँबाट आयो पैसा ? तपाइँको सम्पत्ति भनेको सानो कन्तुर, सुराही र छाता मात्र नै हुन् । एक वर्ष प्रधानमन्त्री बन्नुभयो ।

त्यसबेलाको सबै पैसा जोड्दा पनि यति पैसा बन्दैन । कृषणप्रसाद भट्टराईको जवाफ थियो : हामीले पञ्चायत त ढाल्यौँ तर त्यसका सबै कूसंस्कार आफैले वरण गरेका छैन । उनको जवाफ मर्मस्पर्षि थियो । अहिले त्यो झन–झन ज्वलन्त हुँदै छ । तैपनि दलहरुका नेताहरुमा नैतिक र चारित्रिक सुधार आउन सकेको पाइन्न । तर अर्थमन्त्रीले गरका कामलाई दबाउँदै नैतिकताको आधारमा राजिनामा दिएको घोषणा गरेका थिए ।

नेपालमा भुइँफुट्टा नेताहरु धेरै बढेका छन् । जसलाई दलको सिद्धान्त, नीति र नियमहरु थाहा छैन । उनीहरुमा धनपैसाको मात चढेको स्वभाव देखाएँछन् । शिष्टता, नम्रता र धीरताका गुणहरुपाइनन ।तैपनि आफूलाई नेताको लाइनमा भएको सुनाउँछन् । भूइँफुट्टे राजनीतिज्ञहरुको वर्चश्व राज्यसत्तामा धेरै भएकोले नेपाल विकासमा पछि परेको हो । जहाँ निर्यात ३ खर्ब छ भने आयत १९ खर्ब पुगेको अवस्था छ ।

देशमा खाद्य समस्या छ । खाद्य आयातमा देश निर्भर छ । तैपनि राज्य सञ्चालकवर्गमा खेतीपातीको विकासमा निकास दिन सकेका वर्ग छैनन् । मन्त्रीहरु फेरिरहन्छन् । किसानहरु खाद्य उत्पादनमा समस्या भएर रोइरहन्छन् । बाँझो जमिन वर्षेनी बढिरहेको छ । भूइँफुट्टे नेताहरु देशमा चम्किरहेका छन्, मौलाइरहेका छन् ।