युनियनको पदाधिकारी र केन्द्रीय सदस्यमा रजौरे र रेग्मीद्वारा उम्मेदवारी घोषणा

तुलसीपुर, २७ असार । पत्रकार नारायणी रजौरेले नेपाल प्रेस युनियनको महाधिवेशनमा आफ्नो उम्मेदवारी रहने बताएकी छन् ।

रिपोर्टस् क्लवमा आइतवार पत्रकार सम्मेलन गरी केन्द्रीय पदाधिकारीमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । विगत २५ बर्षदेखि पत्रकारितामा क्रियाशील आफू रहेको र श्रमजीवी पत्रकारहरुको हकहित पेशागत सुरक्षा, प्रेस युनियनमा आवद्ध पत्रकारहरुको व्यावसायिक क्षमता विकास र संस्थागत विकासका लागि आफूले पहल गर्ने बताइन् ।

उनले कुन पदमा निर्वाचन लड्ने भन्ने विषयमा भने केही दिनमै टुङ्गो लाग्ने बताइन् । ‘यही साउन ६ र ७ गते हुने महाधिवेशनमा मेरो केन्द्रमा उम्मेदवारी हुनेछ कुन पद भन्ने बारे छलफल पछि टुङ्गोमा पुग्ने छु’, उनले भनिन् । रजौरेले आफूलाई निर्वाचनमा मत दिई विजय गराउन समेत आग्रह गरिन् ।

‘म जुन पदमा उठछु त्यसमा सबैको साथ र सहयोग रहनेछ’, उनले भनिन् । त्यस्तै पत्रकार चेतन रेग्मीले पनि आफू युनियनको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने भन्दै सबैको साथ र सहयोग रहने बताए । उनले आफूलाई मतदान गरी विजय गराउन पनि आग्रह गरे ।