अम्बिकेश्वरी दर्शन

युवराज शर्मा
घुम्दै जाँदा फराकिलो सडकपूर्व अम्बिकेश्वरी क्याम्पसमा पुगेँ । त्यो क्याम्पस अम्बिकेश्वरी माताको नामबाट घोराही उपमहानगरपालिका वडा नं. १५ झिँगौरा दाङमा खुलेको रहेछ । यसका संस्थापक क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल हुनुहुँदो रहेछ । उहाँको भनाइअनुसार २०७० साल असोज ७ गते आफूसमेत ७ जना सहयोगी भएर खोलेको बिएस्सीएसआइटीको कक्षा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पस हो ।

अहिले यो नौ वर्षमा सञ्चालित छ । यसमा तीनजना शेयरहरु थपेर दश जना संस्थापक हुनुहुन्छ । जसमा चन्द्रप्रकाश खनाल, द्रोण खड्का, निमबहादुर केसी, नवराज भण्डाी, पवन अधिकारी, नवराज बसेल, इन्द्रबहादुर खत्रीले प्रतिव्यक्ति तीन लाख पचास हजार पुँजी संकलन गरेको र पछि बसन्तराज भट्ट, केशव थापा र धनी खड्काले प्रतिव्यक्ति बीस लाख पुँजी समावेश गरेर निजी रुपमा संस्था चलाएको भनाइ क्याम्पस प्रमुखको थियो ।

बसन्त भट्टबाट चार कठ्ठा दश धुर क्षेत्रफल खरिद गरेको र दुई कठ्ठा भाडामा लिएर भौतिक संरचना गराएको बुझियो । भवन निर्माणमा समेत खर्च गर्ने गरी एनएम बैंक घोराही शाखाबाट दुई करोड पचास लाख ऋण लिएको समस्या क्याम्पस प्रमुखको थियो । अहिले क्यम्पसमा बिएससीएसआइटी, बिआइएम र बिसिएका विषयहरुमा पढाइ भइरहेको छ तर विद्यार्थीहरुमा पढाइ छोडेर विदेशिने सोचाइ राख्छन् भनाइ शिक्षकहरुको थियो ।

सरकारले सामुदायिक शिक्षण संस्थाहरुको सञ्चालन व्यवस्थामा सुधार गर्न सकेन । जब कि नेपालमा सरकारी सेवामा कर्मचारीहरुको बाहुल्यता छ भने विद्यालय वा क्याम्पस वा विश्वविद्यालय शिक्षण सेवामा शिक्षक, प्राध्यापक र अन्य कर्मचारीहरुको बाहुल्यता छ तर कतै पनि प्रभावकारी, जनउपयोगी र सेवादायी कार्यहरु भएको पाइनन । यस्तो किन ? प्रश्नको एउटै उत्तर छ – बढ्दो राजनीतिक प्रभाव । यस्तो अवस्था निजी स्रोतबाट चलेका शिक्षण संस्थाहरुमा प्रायः देखिन्न ।

त्यहाँ संस्थापकहरुको हैकम चल्छ । उनीहरुको भौतिक रुपमा संरचनाहरुमा अभिभावकहरुको मन जित्न सफल छन् । शिक्षण क्रिायकलापलाई सुधार गर्न शिक्षक र विद्यार्थीवर्गको नियन्त्रण, निर्देशन सफल छन् तर सरकारी निकायहरुमा कार्यालय प्रमुखको भूमिका सफल छैन । सामुदायिक शिक्षण संस्थाहरुका प्रमुखहरुमा हुनुपर्ने ममतापूर्ण व्यवहार, धीरतापूर्वकका कार्यशैली, सहनशीलता स्वभाव र दायित्वपूर्ण व्यवहार प्रयोग गर्ने क्षमताको अभावैअभाव देखिन्छ ।

तलव पकाउन र पचाउन जागिरे बनेको वातावरण नागरिकले देखेका छन् । सेवाग्राहीले दुःख पाएका र भोगेको अवस्था छ । सामुदायिक शिक्षण संस्थाहरुका शिक्षक, प्रध्यापक र अन्य कर्मचारीलाई हेर्दा समय बिताएर निवृत्त भरणको पर्खाइमा छन् । यस्तो खाले वातावरणमा आवश्यक जनशक्ति देशले पाउँदैन ।

रोजगारको वहानामा विदेशमा पढ्न पठाउने भिसालाई सरकारले वैदेशिक रोजगारमार्फत् विक्री गर्छ । युवाशक्तिलाई बर्बाद बनाइरहेको छ । यसतर्फ सुधारका लागि सरकारको ध्यान जान्न, जान पनि सक्दैन । सरकारमा भएा व्यक्ति पनि यस्तै–यस्तै काममा रमाइरहो छन् । कसरी शिक्षामा सुधार हुन्छ र सवल जनशक्ति देशमा तयार कहिले हुन्छ ? यो जटिल समस्या छ । समस्या समाधान गर्ने योजना छैन ।

शिक्षालाई निजीकरण गरियो भने पनि सरकारको दायित्व शिक्षण संस्था चलाउन स्वीकृति दिने र विश्वविद्यालयले अनुबन्धन गर्ने शिवाय कुनै प्रकारको नीति नियम, निर्देशन समन्वयात्मक कार्य गर्न सकेको छैन । संस्थापकहरुले आ–आफ्नै तरिकाले व्यवस्थापन, सञ्चालन र शिक्षण क्रियाकलाप गर्दै गएका छन् । त्यसमध्येको त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको अम्बिकेश्वरी क्याम्पस झिँगौरा दाङ पनि एउटा बिएस्सी सिएस आइटी कक्षाका विषयहरु पढाउने क्याम्पस रहेछ ।

बढ्दो वैज्ञानिक प्रविधिहरुको विकासका क्रममा टेक्नोलोजीको विकास गर्ने काम गर्न जनशक्ति उत्पादन गर्नु महत्वपूर्ण कार्य हो । वर्तमान समयमा विज्ञान पढ्ने विद्यार्थीहरुका लािग यो नयाँ विषय हो । नेपालमा भित्रिएको पनि १२ वर्ष नाघ्यो । हुन त विज्ञानमा बिएस्सी पढ्ने विद्यार्थीहरुले भौतिक शास्त्र, रसायन शास्त्र, बनस्पति शास्त्र, जीव शास्त्र, भूगर्भ शास्त, ज्योतिष् शास्त्रजस्ता विषयहरुमा विएस्सी, एमएस्सी र पिएचडी गरेका छन् ।

तर बिएस्सीबिएसआइटीको संख्या थोरै छ । जो विश्वका विकसित मुलुकहरुमा माग बढ्दो छ । शिक्ष बजारमुखी, विकासमुखी र आर्थिक स्रोत उत्पादनमुखी बन्नु पर्छ । त्यसैले विद्यार्थीहरुलाई राष्ट्रका कर्णधार मान्छन् । उनीहरुको भविष्य सपार्नु नै पढाउने वर्गको दाइित्व र कर्तव्य हो ।

दाङ जिल्लामा आर्थिक, सामाजिक, शैक्षिक वातावरण राम्रो थियो । अंग्रेजी शिक्षाको शिक्षण संस्था पनि यसै जिल्लामा खुल्यो । त्यसका संस्थापक प्रमुखको अगुवाइ स्व दामोदर शर्मा घिमिरेले गर्नुभएको थियो भने सहयोगीहरु स्व खगराज लोहनी, स्व टेकनाथ गौतम र स्व भूपेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । पद्मोदय पब्लिक स्कूलको नामबाट खोलेर केही वर्षपछि मावि भयो । भवन निर्माण गर्ने जग्गादाता स्व. भूपेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

इतिहास मर्दैन । जीवन्त रहिरहन्छ । पछिका पिढीहरुले सम्झना गर्छन् । स्वार्थीहरुले त्यस्ता संस्थाको रसस्वादन गर्छन् । संस्थापकहरुका इतिहासहरु मेटाउँछन् । दाङमा बिएस्सी, सिएसआइटी कक्षा सुरुमा त्रिभूवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरी २०७० सालदेखि निजी स्रोतमा सञ्चालन गर्ने प्रमुख व्यक्ति चन्द्रप्रकाश खनाल भएको इतिहासले देखायो ।

जसले अम्बिकेक्वरी क्याम्पस सञ्चालन गराउनुभो । उहाँका सहयोगी सुरुमा ७ जना र पछि थप ३ जना गरी १० जना भएको पुष्टि हुन्छ । संस्थापकहरुको फोटो टाँगिएको कतै छैन । संस्कृत र नेपालीमा लेखिएका शब्दोक्तिमा अंग्रेजी शब्दहरुका वाक्य देखिएनन्, झट्ट अम्बिकेश्वरी दर्शन गर्दा देखिनु पर्दथ्यो । सुधार गर्नुपर्छ ।

क्याम्पसका विद्यार्थीहरुमा अनुशासन, संयमित भावना, सहकार्य गर्नै धारणा, विषय अध्ययनप्रतिको झुकावले गर्दा विद्यार्थीहरु अध्ययनशील देखिए । अन्य शिक्षण संस्थाहरुमा विद्यार्थीहरु एक कक्षापछि अर्को कक्षा सुरु हुँदा शिक्षक प्रवेश कक्षामा नगर्दासम्म कोलाहल गर्थे र बरण्डामा घुमफिर गर्दा पनि होहल्ला गर्थे तर यहाँको व्यवस्थापकीय अनुशासनमा होहल्ला गर्ने प्रवृत्ति विद्यार्थीवर्गमा पाइएन ।

छात्रछात्राको सहशिक्षा भए पनि आदर्श व्यवहार देखियो । यो अवस्था क्याम्पसमा निरन्तर हुनुपर्छ । दाङमा धेरै निजी स्रोतका शिक्षण संस्थाहरु छन् । धेरैले विद्यार्थीहरुमा अनुशासन कायम गर्न सकेका छैनन् । भन्छन्– बदमास र अल्छी विद्यार्थीले पढ्ने नै निजी स्कूल हो । अभिभावकहरुको बुझाइ पनि त्यस्तै छ ।

यसमा सुधार भएको पाइन्न । जब कि स्कूलमा ६ घण्टा बिताउँछन् तर घरमा १८ घण्टा बित्छ । शिक्षक, अभिभावकहरुलाई एउटै चिन्ता छ, गुणस्तरीयता कसरी बढाउने ? यो व्यथा अम्बिकेश्वरीमा पनि रहेछ । अम्बिकेश्वरी दर्शनपछि गुणस्तरीय शिक्षाको चिन्ता सरकारको हो ।