शुभम् लघुउद्यम् सहकारी रक्तदान

दाङ, १९ असार । घोराही उपमहानगर पालिका वडा नं १४ मा रहेको अटो व्यावसायीहरु द्धारा सञ्चालित शुभम् लघुउद्यम् सहकारी संस्थाले आफनो १० औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

स्थापना दिवसलाइ रचनात्मक कार्य गरि मनाउने उदेश्यले यस प्रकारको कार्यक्रम गरेको संस्थाले जानकारी दिएको छ । त्यस अवसरमा २३ जनाले रक्तदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मुकेश भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले संस्थाले रचनात्मक कार्य गरेको बताएका थिए । यस प्रकारका कार्यलाइ निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

संस्थाका उपाध्यक्ष ज्ञानवहादुर फौदार क्षेत्रीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गोपी चौधरी, रक्तदाताहरु रेगवहादुर थापा,शुसिल कुवर, राप्ती अटो इनजीनियरीङ एशोसियन दाङ शाखा अध्यक्ष फैजुर रहमान, यमवहादुर के सी, वलिराम केसी राप्ती अटो इन्जीनियरीङ एशोसियनका कार्यालय प्रमुख लोकवहादुर के सी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण सचिव रत्नराम वञ्जाराले गरेका थिए ।