होटेल व्यवसायको विकासले पर्यटन क्षेत्रको विकास : मन्त्री चौधरी

  •   
  •  

शिवराज खनाल
दाङ, १८ असार । लुम्बिनी प्रदेश सरकारका पर्यटन, पूर्वाधार तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले होटल व्यवसायको प्रबद्र्धन भएमा मात्र पर्यटन क्षेत्रको विकास हुने बताएका छन् । लमहीमा निर्माण भएको लमही होटल व्यवसायी समितिको भवन उद्घाटन तथा प्रथम अधिवेशनमा बोल्दै मन्त्री चौधरीले पर्यटन क्षेत्रको विकासका लागि होटेल व्यवसायको विकास हुन आवश्यक रहेको बताएका हुन् ।

‘जबसम्म व्यवसायी फस्टाउँदैन तबसम्म पर्यटनको विकास हँुदैन’, मन्त्री चौधरीले भने, ‘त्यसका लागि व्यवसायी ज्ञानको जरूरी हुन्छ, ज्ञान, सीप सिक्न होटलकर्मीलाई दक्ष बनाउन समितिले योजना बनाउनुहोस्, त्यसका लागि प्रदेश सरकार तयार छ ।’ नेपालमा दुईखाले नेचुरल, संस्कति र धार्मिक पर्यटक आउने भन्दै मन्त्री चौधरीले अनुकूल टिपिकल खाना, गुणस्तर, सरसफाई, सुरक्षा, सेवासुविधान दिनसके मात्र पर्यटक तान्न सकिने बताए । देउखुरी क्षेत्र लुम्बिनी प्रदेशको राजधानी समेत रहेकाले यहाँको होटल व्यवसायीको महत्व बढेर गएको बताए ।

होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले होटल व्यवसायी राज्येको मेरूदण्डको रूपमा रहे पनि दोहोरो कर अशुल्ने तर राज्यको लगानी नभएको गुनासो गरे । उनले होटल व्यवसायी नफस्टाउँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताए ।

उनले प्रदेश सरकारले लुम्बिनी प्रदेशमा पर्यटन सूचना केन्द्रको माग गर्दै प्रदेश सरकारको पर्यटन बोर्डमा होटल व्यवसायीको प्रतिनिधि समावेश गर्न पर्यटनमन्त्री चौधरीलाई आग्रह गरे । प्रदेश अध्यक्ष काफ्लेले पछिल्लो समयमा खोलिएका होमस्टेहरू आप्mनो कल्चरभन्दा पनि आधुनिक खाना पस्कन थालेको बताउँदै यसलाई निगमन नगरे भविष्यमा समस्या पर्ने बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका सचिव चन्द्रराज पन्तलगायत छिमेकी जिल्लाका व्यवसायी समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो । सोही कार्यक्रममा होटल व्यवसायी समितिको नवनिर्माण भवनको मन्त्री चौधरीले उद्घाटन गरेका थिए । लुम्बिनी प्रदेशमा करिब १५ हजार साना–ठूला होटल छन् भने ६० हजारभन्दा बढीले रोजगारी पाएको होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष काफ्लेले जानाकारी दिएका छन् ।

होटल व्यवसायी समिति लमहीका अध्यक्ष हेमन्त पाण्डेको अध्यक्षतामा सम्पन्न कायक्रममा लमही नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, होटल व्यवसायी समिति दाङका दीपेन्द्र पुन, भालुवाङका महेश बेलबासे, गढवाका दयाराम थापा, बाँकेका रत्नबहादुर खड्का, कपिलवस्तुका शिवराज सापकोटा, देउखुरी उवासंघका अध्यक्ष खगेश्वर खनाल, पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष चुमा आचार्यलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव नारायण भुसालले गरेका थिए ।