आफ्नाहरूसँगको खुसी

  •   
  •  

विनोद पोख्रेल

२०७७ चैत ३ गते
हिजो पनि बिहान त अलि सुनै बित्यो । हामी दुई जना मात्र तर दिउँसोबाट रमाइलो भयो । खाना खाएर म निद्राबाट नव्युँझँदै प्रकाश (सालो) आयो । अलिबेर नै बस्यो । उतातर्फको हालखबर पनि थाहा भयो । मानिसको एउटा विशेषता छ, गफको विषय केही नभए पनि गफ कहिल्यै सकिन्न । त्यसैले गफ कुन–कुन विषयमा भए त्यो भन्न सक्दैन तर गफ भयो र समय रमाइलोसँगै बित्यो ।

हिजो बरु मैले अलि अस्वस्थ महसुस गरेको थिएँ । त्यसरी गफ गर्न वा सुन्न नपाएको भए अझ बढी धौ महसुस गर्थेँ कि ! त्यतिबेला नै ठूला भान्जले ‘हामी आउँदै छौा’ भनेर फोन गरे । प्रकाश नै दुई घण्टाभन्दा बढी बसेर समय कटाइदिएको थियो । उ गएको केही घण्टापछि भान्जाहरु आइपुगे । त्यो बीचको समयमा सुनोपनको महसुस भएन ।

प्रकाशको प्रभाव अलि बेर रह्यो भने मान्जाहरु आउँदै छन् भन्ने मानसिकताले अलि रमाइलो बनायो । उनीहरु आएपछि त रमाइलो भइहाल्यो । एकदुई दिन बस्ने गरी आएका छन् । उनीहरु यहाँ हुँदासम्म रमाइलो नै भयो । धेरै अपेक्षा गर्नु पनि हुन्न । घरमा ताल लगाएर ाएका छन् । सानोतिनो कारोबार पनि छ । त्यसकारण अलि दिन बसे हुन्थ्यो भन्ने लागे पनि रोक्न हुन्न भन्ने पनि बुझेको छु ।

विक्रम बिहान जाने र साँझ आउने गरेको छ । हिजो उसले भनेकोभन्दा चाँडै नै आयो । म कोठाबाट तल जाँदासम्म उ हिडिसकेको हुन्छ । आज पनि गइसकेको छ । भान्ज भएकोले आजको दिन पनि सजिलोसँग कट्ने विश्वास छ । मेरो विश्वासकै कुरा गर्ने हो भने उनीहरु गए भने पनि एकदुई दिन त त्यही रमाइलो सम्झनाले बित्छ जस्तो लाग्छ । नाता महत्वपूर्ण कुरा हो । त्यसलाई थप बलियो र प्रभावकारी सम्पर्कले बनाउँछ । यिनी भान्ज एक कक्षादेखि आइएसम्म यहीँ बसेर बढे । मैले पनि पढाएँ । अहिले पनि यिनका अलि धेरै मिल्ने साथी यहीँ छन् ।

परिस्थितिले टाढा भए । कहिलेकाहीँ आए भने धेरै कुरा आफै सम्झनामा आउँछन् । कति कुरा रमाइला हुन्छन् । केही नरमाइला पनि हुन्छन् तर पनि भेटले रमाइलो बनाइदिन्छ । अर्को कुरा स्वभावले पनि हुनसक्छ, मैले रमाइलोतर्फ नै ध्यान दिन्छु । यो भेटघाट केही वर्षकै लागि पनि हुनसक्छ । अलि पहिले भएको भए अन्तिम पनि हुनसक्ने अन्दाज गर्ने थिएा । अब केही आत्मविश्वास जागेको छ । मेल्े जति चाँडो सोचेको थिएँ त्यस्तो हुँदैन होला भन्ने लागेको छ ।

त्यसकारण केही वर्षलाई भन्ने मन लाग्यो । अपवाद बाहेक मानिसको एउटा स्वभाव मैले सबैमा देखेको छु । आफ्नो नजिककाहरु भेट्न पाए सबैले खुसी महसुस गर्छन् । मानिससँग भेट भएकोमा प्रतिक्रिया दिने होलान् तर दुःख त महसुस गर्दैनन् । आफ्ना मध्यको कुनै कारणले आफूले मन नपराएको मान्छे भेटे पनि खुसी महसुस नगरे पनि दुःख त पक्कै लाग्दैन ।

अकतिपल्ट त मन नपर्नुमा आफ्नो सोच र आफ्नो व्यवहार पनि जिम्मेवार हुन सक्छ । बै दोष र कमजोरी अरुकै हुने, राम्रो पक्ष भरि सबै आफ्नै हुने हुँदैन ।

२०७७ चैत ४ गते

मलाई थाहा छ मैले विचारभन्दा डायरीको रुपमा लेख्दै छु तर मनमा यही र यही लेखेँ । दिउँसो भन्जका दुई जना डुल्न, भेट्न भनेर भरतपुर गए । दिनभरि हामी मात्रै हुने मानसिकता बनाएर निर्धक्क भएको बेला माहिली र कान्छी भाउजुहरु आउनुभयो । उहाँहरु पनि उमेरले सँगसाथी नभएकाले एक्लो महसुस गर्नेमध्ये पर्नु हुन्छ ।

हामी बिरामी र भान्जको समेत मायाले उहाँहरु आउनुभयो । लगभग दिनभरि नै बेर फर्कनु भयो । पुरानाले मानिसले गर्ने पुराना कुरा, व्यक्तिगत रुपमा भोगेका मानिसले गर्ने पुराना कुरा, व्यक्तिगत रुपमा भोगेका सजिला अप्ठारा सबै प्रसंगबस उठेर अभिव्यक्त भए । यिनै कुराले पनि मलाई एउटा सोच दियो । नयाँ कुरा होइन ।

कतिपल्ट मैले यस्ता कुरा उदाहरणको रुपमा सार्वजनिक रुपमै पेश गरेको छु । तैपनि हम्रो पिढीसम्मको सासु, ससुरा र बुहारीको नाता अनि व्यवहार र लाउने, खाने निर्णयमा प्रभाव पर्ने आदिमा परिवर्तन मात्र होइन, प्रतिशतको आधारमा भन्ने हो भने उल्टेको जस्तो लाग्छ । तुलनात्मक अध्ययन गर्दा म अचम्म पर्छु भने म भन्दा १५–२० वर्ष जेठा भाउजुहरु अचम्म नपर्ने कुरा आउँदैन । यो पिढीमध्य केही त आफ्नो भोगाइ सम्झेर अहिलेको स्थिति देख्दा केही इष्र्यालु समेत देखिन्छन् ।

हुन त यो क्षणिक आवेश हो । समयसँगैको परिवर्तनलाई उहाँहरुले पनि स्वीकारिसक्नु भएको छ । समय सापेक्ष परिवर्तनलाई सहजै स्वीकार गर्न सकिन्छ र गर्नै पर्छ तर जबर्जस्ती गर्न गराउन खोजेको परिवर्तन समय सापेक्ष हुन सक्दैन । त्यसैले यसका विकृ िप्रभावहरु देखिन्छन्, कति त पूर्ण असफल समेत हुने गर्छन् ।

समय सापेक्ष परिवर्तनको अनुभव पनि ढिलो भएो जस्तो लाग्छ र आफै तुलनात्मक अध्ययन गरेपछि मात्र यसलार्य प्रष्ट बुझ्न सकिन्छ । यो पनि एउटा शिक्षा नै हो । फेरि यस्तो परिवर्तनलार्य संस्कार वा अनुशासन वा अन्य केही नाममा रोक्न पनि सकिँदैन । यो समाजको स्वाभाविकता हो । भाउजुहरु गएको एकैछिनपछि भान्जहरु आए । केहीबेर पछि विन्दु पनि आइ । रमाइलोसँग पूरै दिन बित्यो ।

आज भने बिहानैबाट छुट्टिने क्रम छ । विन्दुले साढे आठ बजेतिर लमही जाने भन्दै छ रे । भान्जहरु पनि ९ बजेतिर फर्कने कार्यक्रम बनाएका छन् । बिहानभरि रमाइलै छ । उनीहरु सबै गए भने सुनो हुने हो । आफै सायद साने आइपुग्ने कार्यक्रम छ । आयो भने केही न केही फरक पर्छ । टिकट नै भइसकेको खबर भएकोले आउला । म आफै पनि उसको उमेरमा घरबाट बाहिर गएर पढ्ने गर्थे । तर घरसम्म आउँदा अलमलिन्छ कि अथवा कतै अप्ठेरो पर्छ कि भन्ने चिन्ता लाग्छ ।

फेरि यही चिन्ता सम्झेर कतिपल्ट आफैसँग लाज पनि लाग्छ । ऊ कति सक्षम भइसकेको छ त्यसको मूल्यांकन नगर्ने र सधैँ बच्चा देख्ने बानी धेरैको हुन्छ । म पनि अपवाद होइन । अझ अरुभन्दा बढी नै छ कि यो कमजोरी । सत्य त जस्तो परे पनि भोग्नु तयार हुनु नै हो । आज साँझसम्म साने आउँछ । यत्ति सोचेर पनि आजको दिन कट्छ ।